काठमाडौं– सानिमा माई हाइड्रो पावर लिमिटेडले निर्माण गरेको माई हाइड्रो पावर आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिने भएको छ। उक्त आयोजनाको बिजुली बिहीबार साँझसम्म राष्ट्रिय प्रसारणलाइनमा जोडिसकिने कम्पनीका प्रमुख कार्यकारी अधिकृत(सिइओ) सुवर्णदास श्रेष्ठले बताए।

'लाइन जोडिसकिएको छ, प्राविधिक कारणले विद्युत् छोड्न मात्र बाँकी छ,' आयोजनास्थलबाट सिईओ श्रेष्ठले नागरिकन्यूजसँग भने, 'बिहीबार साँझसम्म विद्युत् चार्ज गरिसकिन्छ।'
उक्त आयोजनाबाट राष्ट्रिय प्रसारण लाइनमा २२ मेगावाट विद्युत् प्रसारण हुनेछ। आयोजना नदीप्रवाही भए पनि आगामी कात्तिक मसान्तसम्म नदीमा पर्याप्त पानी रहने भएकोले पूर्ण क्षमतामा उत्पादन हुने उनले बताए। आयोजनाबाट गत फागुनमै ४ मेगावाट विद्युत् राष्ट्रिय प्रसारणमा जोडिसकिएको थियो।

इलामको चिसापानीमा निर्माण भएको उक्त आयोजनाको बिजुली काबेली कोरिडोरअन्तर्गत इलामको गोदकदेखि झापाको दमकसम्म निर्माण भएको १३२ केभिए क्षमताको प्रसारण लाइनमार्फत राष्ट्रिय प्रसारणमा जोड्ने सम्झौता प्राघिकरण र आयोजनाबीच भएको थियो। तर, निर्धारित समयमा प्राधिकरणले उक्त प्रसारणलाइन निर्माण गर्न नसक्दा गत माघमै निर्माण सम्पन्न भएको उक्त आयोजनाको ४ मेगावाट बिजुली बैकल्पिक लाइनमार्फत् राष्ट्रिय प्रसारणमा जोडिएको थियो। प्रसारणलाइनकै अभावमा आयोजनाबाट अरु १८ मेगावाट विद्युत् खेर गइरहेको थियो। आयोजनाको परीक्षण प्रसारण सकिएर पनि गत फागुनबाट व्यावसायीक उत्पादनसमेत सुरु गरिसकेको थियो।

करिब रु. ३ अर्ब १० करोडको लागतमा आयोजना निर्माण पूरा भएको उक्त आयोजनामा गैरआवसीय नेपालीहरु उपेन्द्र महतो, जीवा लामिछाने र अरुण ओझाको लगानी छ।
माई हाइड्रोकै सहायक कम्पनीका रुपमा माई क्यासकेड आयोजनाको समेत निर्माण पूरा भइसकेको सिइओ श्रेष्ठले बताए। ७ मेगावाट क्षमताको उक्त आयोजनाबाट अब करिब २० दिनमा परीक्षण उत्पादन सुरु गर्न सकिने उनले बताए। माई क्यासकेड आयोजनाको बिजुली पनि सफलतापूर्वक प्रसारण लाइनमा जोड्न सकिए उक्त आयोजनाबाट मात्रै २९ मेगावाट विद्युत् राष्ट्रिय प्रसारणमा जोडिने छ।
भारतले नेपालमाथि लगाएको नाकाबन्दीका कारण भइरहेको ऊर्जा अभावलाई सम्बोधन गर्न उक्त आयोजनाको निकै ठूलो योगदान हुने देखिएको छ। 'विद्युत् प्राविधकरणले सम्झौताबमोजिम समयमै प्रसारण लाइन नबनाइदिएकैले उत्पादन शुरु गर्न नसकेका अन्य आयोजनाहरुको प्रसारण लाइन निर्माणलाई पनि प्राधिकरणले ध्यान दिनुपर्छ,' सिइओ श्रेष्ठले भने।