पोखरा–भूकम्पपछि पर्यटन पर्वद्धनमा सरकारी उदासिनता नेपाल हवाई खेलकुद संस्थाका उपाध्यक्ष सोभित बाँनियालाई मन परेको छैन्। सरकारीस्तरबाट पर्यटन प्रर्वद्धनलाई जसरी स्थान दिनुपर्ने थियो, त्यो सरकारले नगरेको उनको गुनासो छ।बैशाख १२ अघिसम्म पोखरामा पर्यटन व्यवसाय निकै फस्टाएको थियो। सबै होटल खचाखच भरिएका थिए, सबै व्यावसाय राम्रोसँग चलेका थिए। तर, भूकम्पपछि पोखरामा पर्यटकको चहलपहल ठप्प भयो। 'भूकम्पपछि नेपाल ध्वस्त भयो भन्ने नरकात्मक सन्देश विश्वभर फैलियो, जसको सोझो असर पर्यटन व्यवसायमा देखियो,' हवाइ खेलकुद संस्थाका उपाध्यक्ष बानियाले भने,'यसलाई पुर्ववत् स्थानमा फर्काउन सरकारीतवरबाट कुनै पहल भएन।'

भूकम्पपछिको पर्यटन व्यवसायलाई पुर्ववत स्थानमा फर्काउन सरकारीस्तरबाट कुनै पहल नभएपनि निजी क्षेत्रबाट भने प्रशस्त पहल भएका छन्। पर्यटन व्यवसायी स्वंय आफ्नो स्थानबाट भूकम्पपछिको नेपाल सुरक्षित रहेको सन्देश दिन लागिपरेका छन् भने केही नेपालका हितौषी विदेशी नागरिकहरुसमेत नेपाल सुरक्षित रहेको सन्देश फैलाउँदै एक पटक नेपाल भ्रमण गर्न आग्रह गर्दै आएका छन्।
भूकम्पपछिको नेपाल र त्यसमा पनि पर्यटकीय नगरी पोखरा सुरक्षित रहेको सन्देश दिन पर्यटन दिवसको अवसर पारेर पोखरामा 'एअर शो' कार्यक्रममो आयोजना गरिएको थियो। कार्यक्रमको मुख्य उद्देश्य नेपाल र त्यसमा पनि पोखरा सुरक्षित रहेको सन्देश दिनु रहेको आयोजनले जनाएको छ। नेपालको इतिहासमा पहिलो पटक आयोजना गरिएको 'एअर शो' मार्फत पर्यटन व्यवसायलाई पहिले कै अवस्थामा फर्काउनु रहेको आयोजकले बताए।

नेपालमै पहिलो 'एअर शो'
प्याराल्याइडिङ र अल्ट्रा उडानको गन्तव्य रहेको पोखरामा आन्तरिक तथा बाह्य पर्यटन भित्र्याउने उद्देश्यले आयोजना गरिएको 'एअर शो' कार्यक्रमको उद्घाटन संस्कृत, पर्यटन तथना नगरिक उड्यान मन्त्री कृपासुर शेर्पाले उद्घाटन गरे। सारङकोटमा आयोजना गरिएको कार्यक्रममा मन्त्री शेर्पाको मुखबाट सरकारले पर्यटन व्यवसायका लागि केही योजना सुनाउने अपेक्षामा बसेका पर्यटन व्यवसायीलाई निराश बनाउँदै निजीक्षेत्रबाट गरिएको कामको प्रषंशा गरेर आफ्नो मन्तव्य टुंग्याएका थिए। पर्यटन व्यवसायीहरुको संस्था नेपाल हवाइ खेलकुद संस्थाले आायोजना गरेको कार्यक्रममा स्वदेशी तथा विदेशी पर्यटकको राम्रो उपस्थिति थियो।
साहसिक खेलप्रति पर्यटक लोभिए
नेपाल हवाइ खेलकुद संस्थाले आयोजना गरेको 'एअस शो' मा स्वदेशी र विदेशी पर्यटकले आनन्द लिए। प्याराग्याइडिङ र अल्ट्रा उडान भर्न स्वदेशी र विदेशी पर्यटक पोखरा पुग्न थालेका छन्। अहिलेसम्म विदेशी पाइलट मात्र रहेका अल्ट्रा उडानमा पछिल्लो पटक नेपालबाटै प्रशिक्षित पाइलटसमेत तयार भइसकेका छन्।
'पहिला धेरैजसो अल्ट्रा उडानमा रसियाबाट पाइलट आउने गर्नुहुन्थ्यो,' नेपालमै तालिम लिएका पहिलो पाइलट सन्तबहादुर लामिछानेले भने,'अहिले नेपालमै तालिम लिएका धेरै पाइलट तयार भइसकेका छन्।' उनले आफ्नो भाइलाई पनि अल्ट्राको पाइलट बनाएका छन्। आकर्षक कमाइ र कम पैसामा अध्ययन गर्न पाइने भएकाले पनि अल्ट्रा पाइलटप्रतिको आकर्षण बढेको उनीहरुको बुझाइ छ। यसैगरी स्पोट्र्स नेपालले पनि फेवाताललाई लक्षित गरेर साइकलिङ र बोटिङको व्यवस्था गरेको स्पोट्र्स नेपालका संचालक सुनिलबहादुर भट्टराईले बताए।

पर्यटकलाई पोखरेलीको सत्कास
पर्यटन व्यवासायीले पोखरा सक्षम छ भन्ने सन्देश दिन पर्यटन दिवसको अवसर पारेर विमानस्थल र पर्यटक बसपार्क हुँदै भित्रिने विदेशी पर्यटकलाई स्वागत गरे। पर्यटन व्यवसायीले विदेशी फिल्मकर्मी पोखरा ल्याउने, आकाशमा साहसिक र रोमाञ्चक गतिविधि गर्ने, सडक महोत्सव, फेवाताल सरसफाइ, वृत्तचित्र प्रदर्शनका कार्यक्रमको आयोजना गरे। पोखरा पर्यटन परिषद् (पिटिसी)ले आइतबार विहान पोखरा विमानस्थल र दिउँसो पर्यटक बसपार्कमा पर्यटकको स्वागत कार्यक्रम राख्यो । जहाज र बसबाट ओर्लने तीन–तीनजना विदेशी पर्यटकलाइ व्यवसायीले फूलमाला र खादा सहित पञ्चेबाजा बजाएर स्वागत गरियो । उनीहरुलाई विभिन्न प्याकेज पनि उपलब्ध गराइएको थियो ।

यसैगरी रेस्टुरेन्ट एण्ड बार एशोसिएसन अफ नेपाल (रेबान) पोखराले दिवसकै दिन पारेर आइतबार एकदिने 'सडक महोत्सव' आयोजना गरेको थियो। रेबान अध्यक्ष गोपिबहादुर भट्टराइले पर्यटकलाई मनोरञ्जन दिलाउन महोत्सव गरेको बताए। बाराहीचोकदेखि अम्बोटसम्मको दुरीमा सडक महोत्सव गरिएको थियो । महोत्सवमा सडकमै राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका खाना खाने व्यवस्था मिलाइएको थियो ।
नेपाल एशोसिएसन अफ टुर्स एण्ड ट्राभल एजेन्टस (नाट्टा)ले चिरपरिचित फ्रेन्च फिल्म निर्देशक एरिक भ्यालीलाइ पोखरा ल्याएको थियो। पोखराको पर्यटन प्रवद्र्धमा सघाउ पु¥याउने भन्दै नाट्टाले चलचित्रका विश्वप्रख्यात निर्देशक भ्यालीलाई पोखरा डाकेको थियो । नेपालाई अधिक माया गर्ने भ्यालीले भने, 'भूकम्प गएको थाहा पाएपछि मलाई चिन्ता लागेको थियो । नेपाल र काठमाडौं के भयो भन्ने लागेको थियो । तर सामान्य क्षति मात्र पुगेको रहेछ' उनले भने, 'अवस्था सामान्य पाए ।'
सबै तस्विर साैजन्य सुभक महताे