काठमाडौं– अनुदानमा दुध भारत निर्यात गर्ने कृषि मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को स्वीकृति र पटना डेरीसँगको सम्झौतासँगै अब दैनिक ३० हजार लिटरसम्म दुध पटना निर्यात हुने निश्चित भएको छ ।

प्रतिलिटर ५ रुपैयाँ ९६ पैसा अनुदान दिएर भारतको पटना डेरीलाई दुध निर्यात गर्ने प्रस्ताव मन्त्रालयले मन्त्रिपरिषद् बैठकमा लगेको थियो । शुक्रबार बसेको बैठकले उक्त प्रस्तावमा छलफल गरी स्वीकृति दिएको कृषि विकास मन्त्रालयका प्रवक्ता उदयचन्द्र ठाकुरले बताए ।
दुध निर्यातका लागि सम्झौता गर्न पटना गएका दुग्ध विकास संस्थानका महाप्रबन्धक गंगा तिमल्सिनाले पनि पटना डेरीसँग दुध निर्यातको सम्झौता गरी शुक्रबार नेपाल फर्किएको बताएका छन् । 'दुग्ध विकास संस्थान(डिडिसी)ले दैनिक ३० हजार लिटरसम्म दुध पटना डेरीलाई निर्यात गर्ने औपचारीक सम्झौता बुधबार नै भइसकेको छ,' उनले भने, 'सम्झौता गरेर शुक्रबार म नेपाल फर्कंदै छु।'
'सरकारको सहमति र पटना डेरीसँगको सम्झौतापछि अब अनुदान दिएरै भए पनि किसानको दुध खेर नजाने गरी भारत पठाउन सकिन्छ ।' पछिल्लो समय भूकम्प र चितवनका डेरी उद्योग बन्द भएको र तराइका बन्दले व्यापार व्यवसाय ठप्प हुँदा दैनिक उत्पादन हुने २५ देखि ३० हजार लिटर दुध बचत हुने गरेको छ । बचत वा बढी भएको दुध भारत पठाउन पाएको अवस्थामा नेपाली कृषकले दुध बाटोमा पोख्नु पर्ने वा 'मिल्क होलिडे'को समस्या समाधान हुने प्रवक्ता ठाकुर बताउँछन्।
पटना डेरीसँग भएको सहमतिअनुसार डिडिसीले दैनिक ३० हजार लिटरसम्म दुध प्रतिलिटर ४३ रुपैयाँ ६६ पैसामा खरिद गर्ने छ । तर, हाल नेपाली कृषकहरुले डिडिसीलाई प्रतिलिटर दुध ४९ रुपैयाँ ६२ रुपैयाँमा डिडिसीलाई बिक्री गर्दै आएका छन् । यसै कारण भारत निर्यात गर्दा घट्न आउने ५ रुपैयाँ ९६ पैसा सरकारले अनुदान दिएरै भए पनि दुध खेर जाने समस्या समाधान गर्न लागेको उनले बताए ।
यसअघि भदौ २१ गते प्रतिलिटर ५ रुपैयाँ ९६ पैसा अनुदान दिएर नेपालमा बढी भएको दुध पटना निर्यात गर्न अर्थमन्त्रालयले कृषि विकास मन्त्रालयलाई सहमति दिएको थियो । अनुदानका रुपमा अर्थ मन्त्रालयले निकासा दिने रकम कृषि विकास मन्त्रालयमार्फत डिडिसी हुँदै किसानलाई दिइने उनले बताए ।
'साउनदेखि पुससम्म नेपालमा दुधको उत्पादन बढ्छ,' ठाकुरले भने, 'यस वर्षको साउन र भदौ दुई महिना बितिसकेकोले असोज, कात्तिक र मंसिर महिनासम्मका लागि दुध निर्यात गर्न सम्झौता गरिन्छ ।' हाल भूकम्पपछि दुधको उपभोग घटेको, चितवनमा रहेको डेरी उद्योग बन्द भएको तथा मधेस बन्दका कारण समग्र उद्योग व्यापार नै बन्द भएकोले हाल दैनिक ३० हजार लिटरसम्म दुध खेर गइरहेको छ । किसाले उत्पादन गरेको दुध उद्योगले नलिएपछि सडकमा पोखेर विरोध गर्दै आएका छन् ।
आगामी ३ महिनाका लागि पटना दुध पठाएर किसानको दुध बिक्री नहुने समस्या समाधान हुन्छ । तर, त्यसपछिका दिनमा र अर्को वर्ष उत्पादन बढ्ने समयमा पनि किसानको दुध बिक्री होस् भन्नका लागि निर्यातको बैकल्पिक उपायहरु अपनाउनु पर्ने प्रवक्ता ठाकुरले बताए । 'भारतले आफूलाई नपुगेर नभइ ठूलो बजार भएकोले नेपाललाई सहयोग गर्ने हिसाबले नेपालकै आग्रहरमा दुध लैजान लागेको छ,' उनले भने, 'यसको विकल्प हामीले खोज्नै पर्छ ।'
डिडिसीले नै डेरी ह्वाइटनर बनाउने उद्योग स्थपना गर्न लागेकोले आगामी दिनमा दुधको खपत बढ्ने ठाकुरले बताए । त्यस्तै, पाउडरलगायत डेरी उत्पादनहरुको वृद्धि गरेर पनि दुध बचत हुने अवस्था आउन नदिने र डेरी उत्पादन आयातमा भन्सार दर वृद्धि गर्नेलगायत उपाय पनि अपनाउने उनले बताए ।
हाल नेपालमा दैनिक करिब ४६ लाख लिटर दुध उत्पादन गर्दै आएको छ । यस मध्ये ९ लाख लिटर दुध व्यापारिक प्रयोजनका लागि खपत हुँदै आएको छ भने करिब साढे ४ लाख लिटर दुध काठमाडौं उपत्यकामा मात्रै खपत हुने गरेको नेपाल डेरी उद्योग संघको तथ्यांक छ ।