काठमाडाैं–निजी क्षेत्रको आन्तरिक वायुसेवा कम्पनी तारा एयरले एउटा नयाँ जहाज थपेको छ। योसहित तारासँग अब सातवटा जहाज भएका छन्। यती एयरलाइन्सको भगिनी वायुसेवा ताराले ७० करोड रुपैयाँमा नयाँ जहाज ल्याएको हो। यसको आवरण (लिभरी) परिवर्तन गरी 'ग्रेट हिमालय ट्रेल' को लोगो समेत राखिएको छ।यो जहाज क्यानडाको भाइकिङ कम्पनीले उत्पादन गरेको हो। 'भाइकिङ डिएचसी ६–४००' सिरिजको यो जहाजलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले '९एन–एकेएल' कलसाइन दिएको छ । योसहित अब तारासँग चारवटा डिएचसी६–३०० सिरिजका ट्विअटर र दुईवटा डोर्नियर २२८–२१२ जहाज छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री कृपासुर शेर्पाले नयाँ लिभरीसहितको जहाज सार्वजनिक गरे। मुलुकको पर्यटन प्रवद्र्धन र विकासमा तारासँगको सहकार्यले नयाँ फड्को मार्ने उनले बताए ।
'यती र तारा एयरले डेढ दशकदेखि दुर्गम भेगको सर्वसाधारणलाई सरल र सहज हवाई सेवा उपलब्ध गराएर ठूलो योगदान पु¥याएका छन्,' उनले भने, 'अब पर्यटन विकास र प्रवद्र्धनमा थप योगदान पु¥याउन ताराले आफ्नो नयाँ जहाजमा ग्रेट हिमालय टे«ल्सको लोगो राखेका छन् । यसबाट सकारात्मक सन्देश पुग्ने विश्वास छ ।'
यती र ताराका समूह प्रमुख कार्यकारी अधिकृत उमेश राईले नयाँ जहाजबाट स्थानीय यात्रु लक्ष्य गर्दै दुर्गम भेगमा सस्तो दरमा उडान सञ्चालन गर्ने जानकारी दिए । यसमा ग्रेट हिमालय टे«ल्सको लोगोले थप आकर्षणसँगै पर्यटन प्रवद्र्धनको काम पनि गर्ने उनको भनाइ छ ।
'हामी विस्तारै पुराना ट्विनअटर जहाज विस्थापन गर्दै अहिले ल्याएको जस्तै जहाज थप्दै जाने योजनामा छौं,' उनले भने, 'असोजको दोस्रो साताभित्र यस्तै अर्को एउटा जहाज आउने तयारीमा छ ।'
यती र ताराका बजार प्रबन्धक भीमराज राईले नयाँ जहाजमा अत्याधुनिक प्रविधि जडान गरिएको र दुर्गम भेगका साना विमानस्थलमा यस्ता जहाज उपयुक्त हुने बताए ।