किसानलाई अनुदानमा बीउ वितरण
१४ जेष्ठ २०७९
•
२ मिनेट पाठ
किसानलाई अनुदानमा बीउ वितरण
कोहलपुर नगरपालिकाले अनुदानमा उन्नत धानको बीउ वितरण गर्न सुरु गरेको छ। ५० प्रतिशत अनुदानमा नगर कृषि शाखाले शुक्रबारबाट धानको बीउ वितरण गर्न थालेको हो।




नगर प्रमुख पूर्णप्रसाद आचार्य, उपप्रमुख संगीता सुवेदी र प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले धानको बीउ वितरणको सुरुवात गरेका हुन्। यस वर्ष ८० क्विन्टल धानको बीउ वितरण गरिने नगर कृषि शाखाका प्रमुख चन्द्रबहादुर बुढाले जानकारी दिए।

उनका अनुसार त्यसमध्ये १० क्विन्टल मुल धानको बीउ अनुदानमा समूहलाई वितरण गरिनेछ। ‘कुल बीउमध्ये ७० क्विन्टल मात्र किसानहरुलाई अनुदानमा दिनेछौं,’ कृषि शाखा प्रमुख बुढाले भने, ‘१० क्विन्टल भने मुल बीउ रहेकोले समूहलाई आगामी वर्षका लागि बीउ उत्पादनको लागि पाउने छन्।’

यस वर्ष धानको बीउ खरिदका लागि कम मात्रै रकम विनियोजन भएकोले एक किसानलाई बढीमा १५ किलो बीउ दिने गरिएको छ। नगर कृषि शाखाले उन्नत राधाचार धानको बीउ ५० प्रतिशत अनुदानमा प्रतिकिलो ३० रुपैयाँका दरले दिइरहेको छ। उन्नत रामधान प्रतिकिलो ३५ र मुल बीउ ३७ रुपैयाँ ५० पैसा प्रतिकिलो किसानलाई दिइरहेको छ।

अनुदानमा धानको बीउ लिन सम्बन्धित वडाबाट सिफारिस ल्याउनुपर्ने नगर कृषि शाखाले जनाएको छ। कोहलपुर नगरभित्र करिब २७ सय हेक्टर जमिनमा धान खेती हुन्छ। धानको बीउ वितरण कार्यक्रममा बोल्दै नगर प्रमुख पूर्णप्रसाद आचार्यले संघीय सरकारले नै यस वर्ष कम रकम पठाएकाले आवश्यकतानुसार अनुदानमा किसानलाई बीउ दिन नसकिएको बताए।

‘यसपालि तपाईंलाई धानको बीउ धेरै चाहिन्थ्यो। सरकारले नै कम रकम पठाएपछि अनुदान बीउ दिन सकिएन,’ उनले भने, ‘सबैजनाले यसैलाई मिलाएर लिनूहोला। हामी निर्वाचित भएर आउनुभन्दा पहिले नै भएको निर्णय हो।’ कोहलपुरका किसानलाई वर्गीकरण गरेर अनुदानलगायतका सेवा सुविधा दिने आफूहरुको तयारी रहेको नगर प्रमुख आचार्यले बताए।

नगर उपप्रमुख सुवेदीले हुनेखानेले मात्र अनुदान पाउने पद्धतिको अन्त्य गरिने प्रतिबद्धता जनाइन्। ‘किसानको नाममा आएको अनुदान टाठाबाँठाको हातमा मात्रै पर्ने गरेको देखिएको छ,’ उनले भनिन्, ‘अब हामी किसानहरुको हातमा कृषि अनुदान पर्ने वातावरण निर्माण गर्नेछौं।’

प्रमुख प्रशासकीय अधिकृत ढकालले व्यवस्थित तरिकाले सबै किसानले पाउने गरी धानको बीउ वितरण गर्न कर्मचारीलाई निर्देशन दिए। गत वर्ष कोहलपुरमा एक सय ९४ क्विन्टल धानको बीउ अनुदानमा किसानलाई वितरण गरिएको थियो।
अर्को समाचार
किसानलाई अनुदानमा धानको बीउ वितरण
१४ जेष्ठ २०८२
•
२ मिनेट पाठ
किसानलाई अनुदानमा धानको बीउ वितरण
डुडुवा गाउँपालिकाले किसानलाई धानको बीउ वितरण सुरु गरेको छ। यस वर्षदेखि पालिकाले आफैं बीउ तयार गरी वितरण गरेको हो। धानको मूल बीउ उत्पादन गरेर उन्नत जातको बीउ तयार गरी भण्डारण गरेको छ।




पालिकाले समूह र सहकारीमार्फत १४ सहकारीलाई ५० प्रतिशत अनुदानमा धानको बीउ बिक्री गरेको कृषि शाखा प्रमुख सुशीलकुमार शर्माले बताए। उनका अनुसार १२० क्विन्टल उन्नत जातको र ८० क्विन्टल मूल बीउ सहकारीमार्फत अनुदानमा वितरण गरिएको छ। ८० क्विन्टल मूल बीउ लगाएपछि पालिकाले प्राविधिकबाट समय–समयमा परीक्षण गराई उत्पादनका आधारमा थप मूल बीउ खरिद गरी प्रशोधन र भण्डारण गर्नेछ। डुडुवामा धान खेतीका लागि २,५८० हेक्टर क्षेत्रफल छ, तर यस वर्षको बीउले एक हजार ४०० हेक्टरलाई मात्र पुग्नेछ।

यस वर्षदेखि बीउ भण्डारण सुरु गरेको डुडुवाले क्रमशः बीउ उत्पादनमा जोड दिने पालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए। पहिलो पटक धानको बीउ तयार गरेको पालिकाले यस वर्षदेखि गहुँको बीउ पनि प्रशोधन गर्ने तयारी गरेको छ। करिब २०० क्विन्टल गहुँ खरिद गर्ने लक्ष्य छ, र किसानको मागअनुसार थप वृद्धि गरिने शाखा प्रमुख शर्माले बताए। उनले गहुँ बालीको प्राविधिकमार्फत ल्याब परीक्षण भइरहेको जानकारी दिए। पालिकाले आफैं बीउ वितरण गरेपछि कृषि उत्पादन बढ्ने र किसानले अन्यत्र बीउ खोज्न नपर्ने सुविधा भएको छ।

डुडुवामा ९० प्रतिशत किसान खेतीमा निर्भर छन्। त्यसैले पालिकाले किसानको सहजताका लागि बीउ उत्पादन गरी घरसम्म पुर्‍याउने लक्ष्यसहित विशेष कार्यक्रम ल्याएको अध्यक्ष चौधरीले बताए। उनले बीउमा आत्मनिर्भर बनाउन अत्याधुनिक प्रशोधन प्लान्ट जडान गरी सञ्चालनमा ल्याइएको जानकारी दिए। आगामी दिनमा सबै कृषि बालीको बीउ उत्पादन र भण्डारण गरिने कृषि शाखाले जनाएको छ। बीउ प्रशोधन र बजारीकरणका लागि डुडुवा–२ मा ७०० मेट्रिक टन क्षमताको भण्डारण केन्द्र स्थापना गरिएको छ। रासस
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
समाज
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
Whatsapp
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
यो पनि पढौँ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
खेल
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस