पोखरा- कास्की फाइनान्सको साधारण सभा मंगलबार हुँदैछ। सेयरधनीलाई दिइने लाभांशको प्रस्ताव सभामा पेस हुनेछ। गएको वर्ष ६ करोड ४२ लाख रुपैयाँ खुद नाफा कमाएको फाइनान्स १८ प्रतिशत लाभांश दिनसक्ने अवस्थामा छ। 'लाभांश नगद होइन, बोनस हुनेछ,' सिइओ तोयराज अधिकारीले नागरिकसँग भने। कास्की फाइनान्सको चुक्ता पुँजी २८ करोड रुपैयाँ छ। बोनस सेयर वितरणपछि यसको पुँजी वृद्धि हुनेछ।
कास्की फाइनान्स जस्तै गएको वर्ष उच्च नाफा गरेका पोखराका बैंक तथा वित्तीय संस्था उत्कृष्ट लाभांश वितरण गर्नसक्ने अवस्थामा छन्। पुँजी वृद्धि गर्नुपर्ने राष्ट्र बैंकको पछिल्लो निर्देशन पालना गर्न सबैले नगदको सट्टा बोनस दिने भएका छन्। केन्द्रीय बैंकले समेत गएको वर्षको नाफाबाट नगदको सट्टा बोनस वितरणकै लागि प्रोत्साहन गर्न बैंक वित्तीय संस्थाहरुलाई यही भदौमा सर्कुलर पठाएको थियो।
खुद नाफाको २० प्रतिशत जगेडा कोषमा राखेर बाँकी रकमबाट मात्रै बैंक तथा वित्तीय संस्थाले लाभांश वितरण गर्न पाउँछन्। अघिल्लो वर्ष नाफा नगरेको संस्थालाई लाभांश वितरण गर्न कठिन हुन्छ। तर, पोखराका सबै बैंक वित्तीय संस्थाले अघिल्लाभन्दा पनि अघिल्ला वर्षहरुदेखि नै लगातार नाफा गर्दै आएका छन्।
पोखरालाई केन्द्र बनाएर सञ्चालनमा रहेका १० वटा बैंक वित्त संस्था सबैजसो न्यूनतम पनि १८ प्रतिशतभन्दा बढी नै लाभांश वितरण गर्न सक्ने अवस्थामा छन्। पोखरा फाइनान्स सबैभन्दा धेरै अर्थात ३७ प्रतिशत लाभांश वितरण गर्न सक्ने अवस्थामा छ। अपरीक्षित वित्तीय विवरण अनुसार ३३ करोड पुँजी रहेको पोखरा फाइनान्सको गत वर्षको नाफा १५ करोड ६४ लाख रुपैयाँ थियो। उक्त फाइनान्सका सिइओ राजकुमार गुरुङले पनि बोनस सेयर वितरणकै प्रस्ताव साधारण सभामा पेस गरिने बताए।
यहाँका बैंक वित्तीय संस्थामध्ये सबैभन्दा धेरै नाफा मुक्तिनाथ विकास बैंकले कमाएको थियो। २३ करोड ६७ लाख रुपैयाँ खुद नाफा गरेको यो संस्था २९ प्रतिशत लाभांश वितरण गर्नसक्ने अवस्थामा छ। ६४ करोड चुक्ता पुँजी रहेको मुक्तिनाथले अघिल्लो वर्ष पनि पोखराका सबैलाई उछिन्दै सबैभन्दा धेरै नाफा आर्जन गरेको थियो।
ओम फाइनान्स २६ प्रतिशत लाभांश वितरण गर्न सक्ने अवस्थामा छ। ३८ करोड रुपैयाँ चुक्ता पुँजी भएको यो संस्थाले गत आर्थिक वर्ष १३ करोड रुपैयाँ खुद नाफा गरेको छ। यसकै हाराहारीमा सिटी विकास बैंक पनि २६ प्रतिशत लाभांश वितरण गर्नसक्ने अवस्थामा छ। सिटीले १५ करोड रुपैयाँ खुद नाफा गरेको थियो। यसको चुक्तापुँजी ४६ करोड रुपैयाँ छ। लाभांशमा बोनस वितरण गरेर पुँजी ५८ करोड रुपैयाँ पुर्यारउने योजना बनाएको जानकारी सिटीका सिइओ विश्वमोहन अधिकारीले दिए। अपरीक्षित वित्तीय विवरण विश्लेषण गर्दा २६ प्रतिशत लाभांश दिन सक्ने देखिए पनि सेयर प्रिमियम लगायत कारण यो वर्ष सिटीले २८ प्रतिशतसम्मको लाभांश वितरण गर्नसक्ने उनले बताए।
ओम फाइनान्ससँग मर्जको तयारीमा रहेको कामना विकास बैंक २३ प्रतिशत लाभांश वितरण गर्नसक्ने अवस्थामा छ। २७ करोड रुपैयाँ चुक्तापुँजी भएको यो संस्थाले गत आर्थिक वर्ष ८ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।
३५ करोड रुपैयाँ चुक्तापुँजी रहेको गण्डकी विकास बैंकले गत आवमा १० करोड रुपैयाँ नाफा कमाएको थियो। त्यसअनुसार उक्त बैंक २२ प्रतिशत लाभांश वितरण गर्नसक्ने अवस्थामा छ। २० करोड चुक्तापुँजी रहेको मेट्रो विकास बैंकले गत आवमा ४ करोड नाफा गरेको थियो। यो संस्था १८ प्रतिशत लाभांश वितरण गर्नसक्ने अवस्थामा छ।
विश्व विकास बैंक र फेवा फाइनान्स मर्ज भएर बनेको फेवा विकास बैंक २१ प्रतिशत लाभांश वितरण गर्नसक्ने अवस्थामा छ। ८१ करोड रुपैयाँ पुँजी भएको यो संस्थाले गत आवमा गरेको खुद नाफा २२ करोड रुपैयाँ हो। अघिल्ला दुवै संस्थाले यसअघिका वर्षमा पनि २० प्रतिशतकै हाराहारीमा लाभांश दिएका थिए। गत आर्थिक वर्षको अपरीक्षित विवरणअनुसार यसपालि २१ प्रतिशत लाभांश दिन सक्ने देखिए पनि संस्थासँग पोहोरको सञ्चित नाफा भए लाभांश अझै बढी पनि हुन सक्छ।
७० करोड रुपैयाँ चुक्तापुँजी रहेको गरिमा विकास बैंक १८ प्रतिशत लाभांश वितरण गर्नसक्ने अवस्थामा छ। यो बैंकले गत आवमा १६ करोड रुपैयाँ खुद नाफा गरेको थियो। अनअडिटेड विवरणले १८ प्रतिशतको अवस्था देखाए पनि २० प्रतिशतसम्म लाभांश वितरण गर्न सकिने सिइओ गोविन्द ढकालले जानकारी दिए। पुँजीवृद्धि गर्नुपर्ने भएकाले लाभांश स्वरुप सेयरधनीलाई बोनस वितरण गरिने उनले बताए।
पुँजीवृद्धिको योजना भदौ मसान्तभित्र पेस गर्न राष्ट्र बैंकले सबै संस्थालाई निर्देशन दिइसकेको छ। पोखराका सबैजसो संस्थाले योजना तयार पारिसकेका छन्। सेयर बजारमा त्यसले प्रभाव पार्ने हुँदा योजना सार्वजनिक भने गरिएको छैन।