काठमाडौं– हुन्डाइको नेपालस्थित अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ स्टाइलको प्रिमियम एसयुभी 'क्रेटा' बिहीबार सार्वजनिक गरेको छ।

कम्पनीका अनुसार नेपालमा यसको मूल्य ४० लाखबाट सुरु हुनेछ। साथै यो गाडीमा तीन वर्षको वारेन्टी पाइने छ। तीन वर्षमा जति कुदाए पनि वारेन्टीमा फरक पर्ने छैन।
दक्षिण कोरियाको बुहचर्चित कम्पनी हुन्डाइले क्रेटालाई भारतमा जुलाइ २१ मा सार्वजनिक गरिसकेको छ। भारतमा सार्वजनिक भएको छोटो समयमै धेरैको चासो भएको यो गाडी नेपालमा पनि राम्रो व्यवसाय गर्ने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार भारतमा सार्वजनिक भएको महिना दिनमै १६ हजार बुकिङ भइसकेको छ। नेपालमा पनि सार्वजनिक भइसकेपछि बुकिङ खुला गर्ने कम्पनीले जानकारी दिएको छ।
एसयुभीको पछिल्लो संस्करण क्रेटा स्टाइलसँगै क्षमतामा पनि उच्च स्तरको रहेको कम्पनीले जनाएको छ। शक्तिशाली बडी, उच्च क्षमताको इन्जिन, टिकाउ र चलाउन आरामदायी यो सवारीले एसयुभीको बढ्दो बजारमा आफ्नो अलग्गै पहिचान स्थापित गर्ने विश्वास कम्पनीले लिएको छ। हुन्डाइ मोटरको 'फ्लुडिक स्कल्पचर २.० डिजाइन फिलोसोफी' मा आधारित क्रेटाले उपभोक्ताको आराम, सुरक्षा र स्टाइलमा विशेष ध्यान दिएको लक्ष्मी समूहका अध्यक्ष गणेशबहादुर श्रेष्ठले बताएका छन्।