काठमाडौं– वाणिज्य तथा आपूर्ति मन्त्रालयले व्यापार तथा निजी क्षेत्र विकास परियोजना (टिपिएसडी) कार्यान्वयनमा ल्याउने भएको छ।
व्यापारको माध्यमबाट आर्थिक वृद्धि, वाणिज्य नीतिको विकास, गुणस्तरीय पूर्वाधार र मूल्य श्रृखलाको विकास गर्ने उद्देश्यले परियोजना कार्यान्वयनमा ल्याउन लागेको मन्त्रालयका सचिव ङइन्द्रप्रसाद उपाध्यायले बताए। मन्त्रालयलका अनुसार आगामी महिनाबाट कार्यान्वयनमा ल्याउनेछ ।
बढ्दो व्यापार घाटा कम गर्न मन्त्रालयले युरोपेली युनियन (इयु)को सहकार्यमा परियोजना ल्याउन लागेको हो । मन्त्रालयका सहसचिव तोयानारायण ज्ञवालीले गुणस्तरीय प्रयोगशाला निर्माण, मूल्य श्रृखला, नीति कार्यान्वयन, उत्पादन वृद्धिलगायतका क्षेत्रमा परियोजनाले काम गर्ने बताए।
सचिव उपाध्यायले नेपालमा उत्पादनको प्रचुर सम्भावना भएको क्षेत्र कफीमा लगानी गर्ने योजना रहेको बताए। 'कफीको उत्पादन, प्रसोधन, तथा बजारीकरणमा लगानी हुन्छ,' उनले भने, 'इयुको बजारमा नेपाली कफीको असाध्यै धेरै माग छ।'
नेपालका लागि इयु राजदूत रेन्स्जे टिरिन्कले कफीको मूल्य श्रृखला हुनुपर्ने बताइन्। 'कफीको उत्पादन र पूर्वाधारमा लगानी आवश्यक छ,' व्यापार तथा निजीक्षेत्र विकास परियोजना सार्वजनिक कार्यक्रममा उनले भनिन्, 'गुणस्तरीय कफी इयुको बजारमा धेरै माग छ ।'
स्न २०१८ सम्म सञ्चालन हुने परियोनजाको कूल रकम ७ करोड रुपैयाँ रहेको छ । उक्त रकम उत्पादन, प्रशोधन, गुणस्तरमा लगानी गर्न टिरिन्कको आग्रह छ । बाणिज्य मन्त्री सुनील थापाले सम्भावना भएका क्षेत्रमा मन्त्रालयले लगानी गर्ने बताए। 'कफीको सम्भावान अत्यन्तै छ,' उनले भने, 'त्यस क्षेत्रको उत्पादन, प्रसोधन तथा प्याकेजिङमा लगानी गर्छौं ।'
टिरिन्कले नेपालको कफी हिमालयको देशमा उत्पादन भएको हो। 'यो अग्र्यानिक हुनुपर्छ,' उनले भनिन्, 'अग्र्यानिक कफी इयुका बजारमा धेरै राम्रो माग छ।' विश्व बजारमा बार्षिक ६ हजार टन कफीको माग छ,' उनले भनिन्, 'तर, आज नेपालबाट ३ सय टनभन्दा बढी कफी निर्यात भएको छैन ।'
कफी व्यवसायी महासंघका अध्यक्ष श्यामप्रसाद भण्डारीले नेपालमा वार्षिक ५ सय ३० टन कफी उत्पादन हुने बताए। 'सो परिमाणको कफी निर्यातका लागि योग्य छ,' उनले नागरिकसँग भने, '३ सय टनको तथ्यांक आधिकारिक होइन।' उनका अनुसार यो परियोजनाले सर्वप्रथम उत्पादन वृद्धि गर्नका लागि लगानी गर्नुपर्छ।