काठमाडौं- एक दशकभन्दा बढी अवधिदेखि घरजग्गा कर नतिर्ने अडान राख्दै आएका ठूला तारे होटलमध्ये राजधानीको सोल्टीमोडस्थित पाँचतारे होटल सोल्टीले ४४ लाख रुपैयाँ तिरेको छ। काठमाडौं महानगरपालिकाले सेवा सुविधामा कटौती गरेपछि सोल्टीले एक साताअघि कर तिरेको हो।प्रारम्भिक कर निर्धारणअनुसार सोल्टीले अहिलेलाई ४४ लाख रुपैयाँ चुक्ता गरे पनि पछि यो बढ्नसक्ने महानगरपालिकाको राजस्व महाशाखा प्रमुख धु्रव काफ्लेले जानकारी दिए। 'यसमा पनि थप रकम तिर्नुपर्ने वा नपर्ने भन्ने असोजअन्तिमपछि निश्चित हुन्छ,' उनले शनिबार नागरिकसँग भने, 'सोलटीको घरजग्गाको पूर्णविवरण आएपछिमात्र यसबारे प्रष्ट हुन्छ।'
उनका अनुसार सरकारले २०५७ सालमा स्थानीय निकायलाई घरजग्गा कर उठाउने अधिकार दिएपछि पहिलोपल्ट सोल्टीले कर तिरेको हो। सोल्टीले तिरेपछि अहिलेसम्म घरजग्गा कर तिर्नेमा पाँचतारे डेल अन्नपूर्ण र तीनतारे रोयल सिंगीसमेत तीनवटा पुगेका छन्। 'अन्नपूर्णले हालसम्म नियमित तिर्दै आएको छ,' उनले भने, 'रोयल सिंगीले अघिल्लो वर्ष कारबाही प्रक्रिया थालेपछि सबै कर चुक्ता गरेको थियो।'
सोल्टीले घरजग्गाबाहेक करिब ८ लाख रुपैयाँ व्यवसाय कर र बहाल कर पछिल्ला दुई वर्षको तिरिसकेको छ। यी दुई कर तिर्नेमा अन्य केही होटल पनि छन्। हालसम्म घरजग्गा कर बुझाउन नआउनेमा पाँचतारेहरू एभरेस्ट, र्याकडिसन, हायात, मल्ल र सांग्रिला छन् भने चारतारे शंकर र द्वारिकाज, तीनतारे माउन्टेन र मार्कोपोलो तथा ल्यान्डमार्क छन्।
'लामो प्रयासपछि सोल्टीले घरजग्गा कर तिरेको छ,' काफ्लेले भने, 'तर अझै अन्यले बेवास्ता गरिरहेका छन्, हामी जसरी पनि कर उठाएरै छाड्छौं।' ती तीन होटलले पहिलो पटक महानगरपालिकालाई घरजग्गा कर तिरेको उनले बताए।
उनका अनुसार होटलका भवनमा रहेका अग्नि नियन्त्रण प्रणालीको अवस्था जाँच गर्न महानरपालिकाले अस्विकार गरेपछि सोल्टीले वाध्य भएर कर तिरेको हो। अग्नि नियन्त्रण सामग्री जाँचेर त्यसको मर्मत गर्नुपर्ने वा नपर्नेबारे होटलले बर्सेनि दमकल कार्यालयबाट सिफारिस पाउने गर्छन्।
'अग्नि नियन्त्रण सामग्रीको अवस्था सिफारिस सुविधा रोकिने डर भएपछि सोल्टीले कर तिरेको हो,' उनले भने, 'त्यसैगरी अन्यलाई रोकिए पनि उनीहरूबाट हालसम्म प्रयास भएको छैन।' तारे होटलका 'फायर इक्विपमेन्ट' नवीकरण र जाँच जुद्ध बारुण यन्त्र कार्यालयले गर्छ।
महानगरपालिकाले दमकलबाट पुर्या्उने अत्यावश्यक सेवाबाहेक यस्ता नियमित सेवा २०७० देखि रोकेको थियो। 'यो सेवा रोक्ने बेला उनीहरूले नवीकरण गरिसकेका रहेछन्,' उनले भने, 'अब अन्यले पनि नवीकरण गर्नुपर्ने बेला आइसकेको छ। कर नतिरेसम्म यो सेवा दिँदैनौं।'
महानगरपालिकाले २०६९ कात्तिकदेखि तारे होटललाई पटक–पटक सूचना जारी गरिसकेको छ। त्यही वर्ष माघमा दुई साताजति उनीहरूको फोहोर नउठे पनि कर तिर्न अटेर गरेका थिए। त्यसपछि महानगरपालिका प्रमुखको फेरबदलले यो विषयलाई जोड नदिँदा होटलले कर तिर्न छुट पाएका थिए।
२०७० वैशाख २८ मा व्यवसाय र बहाल कर तत्काल तिर्ने तथा घरजग्गा विवरण पेस गर्ने सम्झौता गरेपछि फेरि प्रभावित भएको थियो। त्यसपछि असोजसम्म तिरे करमा १० प्रतिशत छुट दिने र पुससम्म तिर्नेलाई बक्यौता जरिवाना नलिइने महानगरको निणर्य पनि उनीहरुले बेवास्ता गरेका थिए। स्थानीय स्वायत्त शासन ऐन २०५५ अनुसार कम्पनी र होटलको चल/अचल सम्पत्ती हस्तान्तरण रोक्न सम्वन्धित निकायलाई पत्र लेख्ने निर्णय भए पनि रोकिएको थियो।
महानगरपालिका, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र होटल एसोसिएसन नेपाल (हान) बीचको त्रिपक्षीय सम्झौताले पनि घरजग्गा कर उठाउन प्रभावित बनाएको सम्बद्ध स्रोतको दाबी छ। 'सम्झौतापछि घरजग्गा कर तिर्न आनाकानी गरिरहेका उनीहरुले फेरि जिते,' स्रोतले भन्यो, 'उनीहरुले मुख्य भवनको मात्र विवरण पेस गरे तर त्यतिले मात्र उनीहरुको कर निर्धारण गर्न मिल्दैन।'
सबै तारे होटलका संरचनाको नक्सा नगरपालिकासँग नहुँदा यिनीहरुले तिनुपर्ने घरजग्गा करको रकम पत्ता लगाउन समस्या परेको स्रोत बताउँछ। 'हामीले करका लागि प्राविधिक खटाएर नाप जाँच गरेर कर लिने गरिएको छ,' स्रोतले भन्यो, 'कर नतिर्नुको कारण उनीहरुको विवरण बाहिर आउँछ भनेर पनि नटेरेका हुन्।'
कतिपय होटल पर्यटन मन्त्रालयको मापदण्डअनुसार नबन्दा पनि उनीहरु कर तिर्न हच्किएको हुनसक्ने स्रोतको भनाइ छ। 'यदि नापेर कर लिन थाल्यो भने उनीहरुको मापदण्डविपरीत संरचनाको रहस्य खुल्छ भन्ने डरले जोगिन खोजेका हुन्,' स्रोतले भन्यो।
घर जग्गा कर ऐन २०१९ मा होटलसम्वन्धित बाहेकका संरचना निर्माण तथा सञ्चालन गरेमा मात्र कर तिर्नुपर्ने उल्लेख छ। ऐनले छुट दिएबाहेकको कर तिर्नुपर्ने भन्दै महानगरपालिका लागे पनि हेटल २०५६/५७ देखि नै घरजग्गा करको दायरामा आएका छैनन्। ऐनअनुसार होटलको कम्पाउन्डभित्र मजदुर आवास, सेड, ग्राहक बस्ने, खाने घर, जग्गा, सवारीसाधन पार्किङ स्थान र बगैंचालगायत होटलसँग सम्वन्धित क्षेत्रको घरजग्गा कर तिर्नपर्दैन।