काठमाडौं- मिल्क होलिडे हटाउन भन्दै कृषि विकास मन्त्रालयले हाल पाउँदै आएको ५० प्रतिशत भ्याट अनुदानलाई ९० प्रतिशत पुर्या इदिन अर्थ मन्त्रालयमा प्रस्ताव पठाएको छ।घिउ, पनिर, धुलो दूध, आइसक्रिम र दहीमा भ्याट अनुदान ९० प्रतिशत पुर्यााउन प्रस्ताव गरेको मन्त्रालयका सचिव उत्तमकुमार भट्टराईले जानकारी दिए।
उनका अनुसार यो मिल्क होलिडे अन्त्य गर्ने प्रयासको एक हिस्सा हो। 'अनुदानले पाउडर प्लान्टलाई सहयोग हुन्छ,' भट्टराईले भने, 'मिल्क होलिडे रोक्न यो जरुरी छ।'
९० प्रतिशत भ्याट फिर्ता हुँदा मिल्क होलिडेको सम्भावना घट्ने डेरी उद्योगी बताउँछन्। 'कृषिको प्रस्ताव स्वीकृत भए तत्कालका लागि समस्या समाधान हुन्छ,' नेपाल डेरी एसोसिएसन एक पदाधिकारीले भने।
भ्याट छुट भए होलिडे नहुने दाबी गरेका भट्टराईले यसमा अर्थ मन्त्रालय सकारात्मक देखिएको पनि बताए। 'तर, निर्णय भइसकेको छैन,' उनले भने, 'अर्थका पदाधिकारीसँग भएको कुराकानीले त्यस्तो संकेत दिएको छ।'
अर्थ मन्त्रालयका राजस्व महाशाखा प्रमुख लक्ष्मण अर्यालले कृषि मन्त्रालयबाट भ्याट छुटका लागि प्रस्ताव आएको र त्यसमा छलफल भइरहेको बताए। 'आन्तरिक छलफलपछि निर्णय गछौं,' अर्यालले भने।
दूध बिक्रीमा समस्या आएपछि कृषिले भदौ ७ गते तत्कालीन समाधानको रुपमा उक्त प्रस्ताव पठाएको हो। मिल्क होलिडे हुँदा सबै क्षेत्रलाई असर गर्ने भएकाले अहिले नै सहुलियत दिएर समाधान गर्न खोजिएको मन्त्रालयको भनाइ छ।
सचिव भट्टराईले अरु विकल्पमा पनि छलफल भइरहेको जानकारी दिए। 'दूधको मूल्य घटबढ गर्ने कि भनेर पनि सोच्यौं,' उनले नागरिकसँग भने, 'मूल्य घटाउँदा किसान तथा उद्योगी दुवै समस्यामा पर्ने अवस्था आयो। त्यसैले अनुदान दिएर दूध भारत निकासी गर्ने र भ्याटमा ९० प्रतिशत अनुदान दिने प्रस्ताव पठाएका हौं।'
कृषिले विदेशबाट आयात हुने धुलो दूधमा लाग्ने भन्सार महसुल बढाउन पनि प्रस्ताव गरेको उनले जानकारी दिए। स्वदेशमा दुग्ध पदार्थको खपत बढाउन मन्त्रालयले मातहतका सबै निकायलाई अन्य पेय पदार्थको सट्टा नेपाली दुग्ध पेय पदार्थ उपभोग गर्न निर्देशन दिएको छ। साथै, राष्ट्रिय दुग्ध विकास बोर्ड र दुग्ध विकास संस्थानलाई देशभित्र दुग्ध उत्पादन खपत गराउने तत्कालीन कार्य योजना एक महिनाभित्र पेस गर्न निर्देशन दिएको छ।
विनाशकारी भूकम्पपछि दुग्ध पदार्थ खपत घटेको बताइन्छ। यसैबीच राष्ट्रिय दुग्ध विकास बोर्डले करिब १२ लाख केजी चिल्लोरहित धुलो दूध र १४ लाख केजी बटर (घिउसमेत) मौज्दात छ। ६ महिनाको लागि बाह्य मुलुकबाट चिल्लोरहित धुलो दूध, घिउ, नौनी आयतमा कडाइ गर्न समेत कृषिले अर्थलाई अनुरोध गरेको छ।