काठमाडौं-डेरी उद्योगीले नेपालमा पनि दूधको मूल्य घटाए सुरु भएको मिल्क होलिडे टर्ने बताएका छन्। नत्र दैनिक २५ हजार लिटर दूध सडकमा पोखिने खतरा उनीहरुले औंल्याए।
'अहिले कायम उपभोक्ता मूल्यमा प्रतिलिटर ४ रुपैयाँ घटाए यो समस्या समाधान हुन्छ,' एक डेरी उद्योगीले नागरिकसँग भने, 'एकपटक दूधको मूल्य तोकेपछि कहिल्यै पुनरावलोकन नहुने परिपाटी र त्यही बेला विश्व बजारमा मूल्य ओरालो लाग्दा यहाँ समस्या आएको हो।'
अहिले दैनिक २५ हजार लिटर दूध मागभन्दा बढी उत्पादन भइरहेको उनको अनुमान छ। दूधको उपभोक्ता मूल्य प्रतिलिटर ६० रुपैयाँ कायम गरे सबै समस्या सामाधान हुने उनले बताए। अहिले प्रतिलिटर उपभोक्ता मूल्य ६४ रुपैयाँ छ।
मुलुकमा खुलेका पाउडर प्लान्ट पूर्ण क्षमतामा सञ्चालन गरे पनि मिल्क होलिडे हट्ने ती उद्योगीले बताए। 'पाउडर प्लान्ट चलाउनुभन्दा मूल्य समायोजन उपयुक्त विकल्प हो,' उनले भने।
मूल्य घटाए बजारमा माग बढेर होलिडे अन्त्य हुने उनको तर्क छ। किसानले मूल्य घटाउन नमाने समस्या समाधान नहुने उद्योगी बताउँछन्। किसानले भने स्वदेशमै पर्याप्त दूध उत्पादन भइरहेको बेला डेरी उद्योगले आयातित पाउडर प्रयोग गरेर नियतवस मिल्क होलिडे गराएको आरोप लगाइरहेका छन्।
नेपाल डेरी उद्योग संघका अध्यक्ष प्रदीप महर्जन अहिलेसम्म कुनै पनि डेरी उद्योगले विदेशबाट धूलो दूध आयात नगरेको दाबी गर्छन्। 'आफूसँग स्टक भएको पाउडर दूध प्रयोग गरेका मात्र हुन्,' उनले भने।
उद्योगीले वैशाख ११ अघि किनेको पाउडरबाट दूध लगायत अन्य पदार्थ उत्पादन गरेर बेचिरहेको महर्जनको भनाइ छ।
राज्यले चाहे २५ हजार लिटर दूध व्यवस्थापन गर्न गाह्रो नहुने पनि डेरी उद्योगी बताउँछन्। 'चितवन मिल्कले दैनिक डेढ लाख लिटर दूधको पाउडर बनाउन सक्छ। सुजल डेरीको क्षमता ५० हजार लिटर छ। दुग्ध विकास संस्थान (डिडिसी) सँग पनि दैनिक ३० हजार लिटर दूधलाई पाउडर बनाउन सक्ने प्लान्ट छ,' एक उद्योगीले भने, 'तीनवटै उद्योग पूर्ण रुपमा चलाउन सरकारले केही सहुलियत दिए अहिलेको समस्या समाधान हुन्छ।'
असोजदेखि पुससम्म अरु बेलाभन्दा बढी दूध उत्पादन हुन्छ। त्यो बेला अहिलेको तुलनामा ३० प्रतिशतसम्म बढी दूध उत्पादन हुने अनुमान छ। अहिले नै किसानले उत्पादन गरेको सबै दूध बिक्री हुन छाडिसकेकोले मुख्य सिजनमा समस्या अझ भयावह हुने अनुमान गरिएको छ। अहिले नै सरकारले राम्रोसँग सोचेन भने, भोलि विकराल स्थिति आउन सक्ने व्यवसायीको भनाइ छ।
डेरी उद्योगीहरु नेपालको दूध अन्तको तुलनामा महँगो भएको दाबी गर्छन्।