काठमाडौं–राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले आफ्नो व्यवस्थापन विदेशी कम्पनीलाई सम्हाल्न दिन मंगलबार आशयपत्र आह्वान गर्ने निर्णय गरेको छ।संस्थाको समग्र क्षमता सुधारका लागि व्यवस्थापन परामर्शदाता कम्पनी छनोट गर्न आशयपत्र आह्वान गर्ने निर्णय सोमबार गरिएको र यसलाई मंगलबार सार्वजनिक गरिने निगमका कर्पोरेट डाइरेक्टर तथा प्रवक्ता रामहरि शर्माले जानकारी दिए ।
'निगमको सम्पूर्ण व्यवस्थापन सुधारका लागि इच्छुक अन्तर्राष्ट्रिय ख्यातिप्राप्त कम्पनीहरूले तीस दिनभित्र आशयपत्र बुझाउन सक्नेछन्,' शर्माले सोमबार नागरिकसँग भने, 'संस्थाको समग्र सुधार गर्न व्यवस्थापन परामर्शदाता लिन लागेका हौं ।'
उनका अनुसार निगमको कमर्सियल, फाइनान्स, इन्जिनियरिङ र अपरेसनसहित सम्पूर्ण व्यवस्थापन सुधार गर्न विश्व स्तरीय व्यवस्थापन परामर्श सेवा आवश्यक भएपछि आशयपत्र आह्वान गर्न लागिएको हो ।
'आशयपत्र बुझाउने कम्पनीको कर फछ्र्यौट, कम्पनीको पूर्णविवरणदेखि उसको आधिकारिक दर्तासहित सबै अध्ययन गरिने छ,' उनले भने, 'तोकिएको अवधिभित्र प्राप्त आशयपत्र अध्ययन गरेपछि 'ग्लोबल टेन्डर' आह्वान गर्छौं ।'
निगमका अनुसार संस्थाको समग्र सुधारका लागि आवश्यक मूल्यांकन, संस्था उकासिन नसक्नुको अन्तर विश्लेषण तथा त्यसलाई आवश्यक सुझाव कार्यान्वयन गर्न परामर्शदाता लिन लागिएको हो । नयाँ जहाज थप्दै जाने कार्यक्रम पनि सँगसँगै अगाडि लगिने तथा यसका लागि परामर्शदाताले सहयोग र सरसल्लाह पनि दिन सक्ने छ । परामर्शदाता नियुक्तिका लागि आवश्यक बजेट व्यवस्था गर्न अर्थ मन्त्रालयसँग समन्वय गरिने छ ।
२०७१ फागुन पहिलो साता जर्मनीको सरकारी वायुसेवा कम्पनी लुफ्थान्सा एयरलाइन्सको सहायक कम्पनी लुफ्थान्सा कन्सल्टिङले निगमको सम्पूर्ण व्यवस्थापन जिम्मा लिने भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा प्रस्ताव पेस गरेको थियो ।
उक्त प्रस्तावबारे पर्यटन मन्त्रालयले कसरी अगाडि बढ्न सकिन्छ र के गर्दा उपयुक्त होला भन्दै २०७१ फागुन १५ मा निगम सञ्चालक समितिसँग राय मागेको थियो । समितिले दुई सातापछि लुफ्थान्सा कन्सल्टिङको प्रस्तावमा सैद्धान्तिक सहमति जनाएको थियो ।
त्यसयता निगमको व्यवस्थापन विदेशी कम्पनीलाई दिने कि नदिने भन्ने लामो बहस हुँदै आएको छ । निगमले व्यवस्थापन विदेशीलाई जिम्मा दिने उद्देश्यले ग्लोबल टेन्डरको तयारी पनि सँगसँगै गरिरहेको छ । यसका लागि 'रिक्वेस्ट फर प्रपोजल' (आरएफपी) को काम भइरहेको निगमले जनाएको छ । तोकिएको अवधिभित्र प्राप्त आशयपत्र अध्ययनपछि टेन्डरको काम अगाडि बढ्ने निगमको भनाइ छ ।
लुफ्थान्सामात्र नभई युरोपेली जहाज निर्माता कम्पनी एयरबसले पनि निगमको दुई महत्वपूर्ण विभाग अपरेसन र इन्जिनियरिङको सम्पूर्ण जिम्मेवारी सम्हाल्न गत असार दोस्रो साता प्रस्ताव गरेको थियो । निगमले झन्डै तीन दशकपछि खरिद गरेका दुई नयाँ जहाज एयरबसमै उत्पादन भएका हुन् । १ सय ५८ सिट क्षमतायुक्त 'ए३२०–२००' सिरिजका दुई जहाज निगमले हालै एयरबससँग खरिद गरेको थियो ।
निगमको महाप्रबन्धकमा हालै नियुक्त भएका सुगतरत्न कंसाकारले 'अन्तर्राष्ट्रिय उडानका लागि भविष्यमा एयरबसका जहाजमात्र प्रयोग गर्ने' घोषणा गरेका थिए । उनकै भनाइ 'पछ्याउँदै' एयरबसले निगमका ती दुई विभागको सबै व्यवस्थापन सम्हाल्ने प्रस्ताव गरेको थियो ।
सार्वजनिक खरिद ऐनअनुसार लुफ्थान्सा कन्सल्टिङ वा एयरबसलाई सिधै व्यवस्थापनको जिम्मेवारी दिन नमिल्ने भएका कारण इच्छुक सबै कम्पनी सहभागी गराउन टेन्डर आह्वान गर्नुअघि आशयपत्र आह्वान गरिएको सम्बद्ध एक अधिकारीले जानकारी दिए ।
उनका अनुसार आरएफपी तयार भएपछि निगम सञ्चालक समितिले अनुमोदन गर्ने छ । त्यसपछि ग्लोबल टेन्डर आह्वान गरिने छ । विदेशी कम्पनीलाई पूरै व्यवस्थापन दिने वा कुन–कुन क्षेत्र सम्हाल्न दिने भन्नेबारे सबै विभागसँग राय मागिएको छ ।
निगमको व्यवस्थापन विदेशी कम्पनीलाई दिन लागिएको यो पहिलो पटक भने होइन । यसअघि ४५ वर्षअघि सन् १९७० मा फ्रान्सको सरकारी वायुसेवा कम्पनी एयर फ्रान्सले निगमको सम्पूर्ण व्यवस्थापन सम्हालेको थियो । एयर फ्रान्सले जिम्मेवारी लिएको दुई वर्षमा निगमले अमेरिकी जहाज निर्माता कम्पनी बोइङद्वारा उत्पादित 'बि७२७' सिरिजको दुई जहाज खरिद गरेको थियो । त्यही वर्षबाट निगम जेट इन्जिन जहाजमा प्रवेश गरेको थियो । तीन वर्ष व्यवस्थापन जिम्मा लिएपछि एयर फ्रान्स फिर्ता गएको थियो ।
यता लुफ्थान्सा कन्सल्टिङले तीन चरणमा निगमको व्यवस्थापन हेर्ने गरी प्रस्ताव पेस गरेको थियो । तीन चरणका लागि चार वर्षसम्म काम गर्ने, पहिलो दुई वर्षभित्र चारवटा 'न्यारो बडी' जहाज थप्ने पनि उसको प्रस्तावमा उल्लेख छ ।
निगमले युरोपेली जहाज निर्माता कम्पनीसँग हालै खरिद गरेको १ सय ५८ सिट क्षमतायुक्त 'ए३२०–२००' सिरिजका जहाज जस्तै चार थान थप्ने लुफ्थान्सा कन्सल्टिङको प्रस्तावमा उल्लेख छ ।
लुफ्थान्साले निगमको सञ्चालन (अपरेसन), बजारीकरण (मार्केटिङ) र इन्जिनियरिङ पक्ष हेर्ने र यसका लागि उसले निश्चित रकम दिनुपर्ने प्रस्ताव गरेको थियो । लुफ्थान्सा एयरलाइन्सकै अर्को सहायक कम्पनी लुफ्थान्सा एभिएसन क्यापिटलसँग साझेदारी गरेर लुफ्थान्सा कन्सल्टिङले निगमको व्यवस्थापन हेर्ने प्रस्ताव गरेको थियो ।
लुफ्थान्साको प्रस्तावअनुसार पहिलो चरणमा निगमको वर्तमान कार्यसञ्चालन सम्बन्धी सम्पूर्ण तथ्यांक संकलन गर्ने र त्यसलाई विश्लेषण गरिने छ । यो कामका लागि २ लाख ९५ हजार युरो (त्यसबेलाको ३ करोड १२ लाख ७० हजार रुपैयाँ) निगमबाट पाउनुपर्ने छ ।
त्यसैगरी निगमले गर्ने कुल आम्दानीको दुई प्रतिशत हिस्सा परामर्श शुल्कका रूपमा लिन पाउनुपर्ने सर्त पनि उसको छ । यो हिसाबमा लुफ्थान्सा कन्सल्टिङले सन् २०१५ मा ३५ लाख अमेरिकी डलर (३ करोड ५० लाख रुपैयाँ) पाउने छ किनकि निगमले यो वर्ष १७ करोड ५० लाख डलर (१७ अर्ब ५० करोड रुपैयाँ) आम्दानी गर्ने लक्ष्य लिएको छ ।
त्यस्तै २०१६ मा ४२ लाख डलर (४ करोड २० लाख रुपैयाँ) परामर्श शुल्क लिने छ । त्यसबेला निगमको लक्षित आम्दानी २१ करोड डलर (२१ अर्ब रुपैयाँ) रहने छ ।
यति परिमाणबराबरको आम्दानी गर्न निगमसँग त्यसबेला दुईवटा बोइङ ७५७, दुईवटा ए३२०, दुईवटा 'मोडर्न आर्क' (एमए–६०), चारवटा 'वाई१२–ई' र दुईवटा ट्विनअटर जहाज सञ्चालन हुनेछन् । बोइङ र एयरबस अन्तर्राष्ट्रिय उडान तथा बाँकी जहाज आन्तरिक उडानमा प्रयोग हुनेछन् । लुफ्थान्सा कन्सल्टिङले तेस्रो चरणमा निगमको पुनर्संरचना गर्ने प्रस्ताव गरे पनि विस्तृतमा केही उल्लेख भने गरेको छैन ।