काठमाडौं– वैदेशिक रोजगारीमा जाने युवाको संख्या गत वर्ष घटेको भए पनि साउदी अरब जानेहरु भने बढेका देखिएको छ।

अघिल्लो आर्थिक वर्ष(आव–२०७०/७१)को तुलनामा आर्थिक वर्ष (२०७१/७२) मा साउदी अरब जाने युवाको संख्या १३ दशमलव ४ प्रतिशतले बढेको वैदेशिक रोजगार विभागको वार्षिक तथ्यांकले देखाएको छ।
अघिल्लो आवमा ८६ हजार ६ सय ५३ जना युवा साउदी अरबको रोजगारीमा गएको थिए। यसभन्दा ११ हजार ६ सय ३३ ले बढेर आव २०७१/७२ मा कुल ९८ हजार २ सय ४६ जना युवाले साउदी अरबका लागि अन्तिम श्रम स्वीकृति लिएको तथ्यांकले देखाएको छ। तर, वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने युवाको कुल संख्या भने अघिल्लो आवको तुलनामा २ दशमलव ८ प्रतिशतले घटेको देखिएको छ।
वैदेशिक रोजगारीका प्रमुख पाँच गन्तव्यका लागि अन्तिम श्रम स्वीकृति लिने युवाको संख्या
अघिल्लो आवमा ५ लाख २७ हजार ८ सय १४ जना युवाले वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिएका थिए। तर, गत आवमा ५ लाख १२ हजार ८ सय ८७ युवाले मात्र अन्तिम श्रम स्वीकृति लिएको देखिएको छ। यो अघिल्लो आवको तुलनामा १४ हजार ९ सय २७ जना(२.८ प्रतिशत)ले कम हो।
किन बढे साउदी जाने कामदार ?
साउदी अरबमा हाल घरेलु कामदारको माग ठूलो संख्यामा भइरहेको छ। नेपालसँग समझदारी गरेर साउदी अरबले घरेलु कामदार लाने मनसाय पटकपटक व्यक्त गर्दै आएको वैदेशीक रोजगार विज्ञ एवं समाजशास्त्री गणेश गुरुङ बताउँछन्। 'एमओयू गरेर नै हामीलाई ठूलै संख्यामा घरेलु कामदार देऊ भनेर साउदीले नेपालसँग माग गरिरहेको छ,' गुरुङले भने, 'साउदी कामदार पठाउँदै आएका अन्य देशले कामदार आपूर्ति कटौती गर्दा पनि नेपालमाथि दबाब परेको छ।'
रोजगार विज्ञ गुरुङका अनुसार साउदीमा घरेलु कामदार पठाउँदै आएको श्रीलङ्काले वैदेशिक रोजगारीमा घरेलु महिला कामदारको संख्या निकै कटौती गरिसकेको छ। करिब १ दशकअघि घरेलु कामदारका रुपमा जाने श्रीलंकाली मध्ये ८५ प्रतिशत महिला र १५ प्रतिशत मात्र पुरुष हुने गरेका थिए। वैदेशिक रोजगारीमा जाने घरका छोरीहरुले बाबुको गर्भधारण गर्नेजस्तो सामाजिक–सांस्कृतिक विचलन बढेपछि श्रीलङ्का सरकारले हाल उक्त तथ्यलाई उल्ट्याएको छ। हाल श्रीलंकाबाट वैदेशिक रोजगारीमा जाने महिलाको संख्या १५ प्रतिशत र पुरुषको संख्या करिब ८५ प्रतिशत पु¥याएको छ।
फिलिपिन्सले पनि घरेलु कामदारको साउदी आपूर्ति घटाएको छ। यसले कम्बोडिया र नेपालमाथि साउदीलाई घरेलु कामदार आपूर्तिको दबाब बढेको छ। अर्कोतर्फ व्यक्तिगत रुपमा रोजगार अनुमति ल्याउनेहरु पनि बढेकाले साउदी जाने कामदारको संख्या गत वर्षहरुको भन्दा बढेको देखिएको बताइएको छ।
किन घटे वैदेशिक रोजगारीमा जाने युवा ?
अघिल्लो आवको तुलनामा आव २०७१/७२ मा वैदेशिक रोजगारीमा जाने युवाको संख्यामा १४ हजार ९ सय २७ जनाले कमी आएको छ। यसको प्रमुख कारण गत आवको वैशाख १२ गते आएको भूकम्प र व्यवसायीको आन्दोलनलाई नै मानिएको छ। राष्ट्र बैंकले जारी गरेको आव २०७१/७२ को अवस्था अध्ययन प्रतिवेदनले भूकम्प र व्यवसायीका आन्दोलनका कारण वैदेशीक रोजगारीमा जाने युवाको संख्या गत वर्ष २ दशमलव ८ प्रतिशतले कमी आएको उल्लेख गरेको छ।
विज्ञहरुले पनि भूकम्प र व्यवसायीको आन्दोलनलाई नै कारण मानेका छन्। 'वैशाख १२ गते भूकम्प आएपछि वैशाखको १८ दिन, जेठ, असारसम्म भूकम्पले नै असर विदेश जाने काम भए,' उनले भने, 'त्यसपछि सरकारले ल्याएको निशुल्क भिसा र निःशुल्क टिकटको प्रावधानको विरोधमा व्यवसायीहरुले थालेको आन्दोलनले पनि अन्तिम श्रम स्वीकृति लिनेको संख्या कम भयो।'
मलेसिया, कतार, साउदी अरब, युनाइटेड अरब इमिरेट्स(युएई), कुबेत, बहराइन र ओमन गरी खाडिका सात मुलुकमा कामदार पठाउँदा लागत शुन्य बनाउने सरकारको निर्णयको विरोधमा व्यवसायीहरुले जेठ र असार दुई महिनासम्म अन्तिम श्रम स्वीकृति पाएका कामदारलाई पनि रोजगारीमा पठाएनन्। त्यसले पनि विदेश जाने युवाको संख्या घटेको देखिएको हो। गत आवमा वैदेशिक रोजसगारीका लागि श्रम स्वीकृति लिने युवाको संख्यामा कमी आउनुमा अन्य कारण नरहेको रोजगार विज्ञ गणेश गुरुङको बताउँछन्।
'भूकम्प नआएको र व्यवसायीले आन्दोलन नगरेका भए वैदेशीक रोजगारीमा जानेको संख्या गत वर्ष घट्दैनथ्यो र त्यस्तो विपत्त नआए चालू आवमा पनि त्यस्तो बढ्छ,' उनले भने।