पोखरा- संविधान मस्यौदा समितिले प्रस्ताव गरेको प्रदेश नं ४ जलविद्युतमा सबैभन्दा अगाडि देखिएको छ। मुलुकभर अहिले उत्पादित बिजुलीमध्ये सबैभन्दा धेरै यो प्रदेशबाट आपूर्ति भइरहेको विद्युत विकास विभागको तथ्यांकले देखाउँछ।
विभाग प्रवक्ता तथा सिनियर डिभिजनल इन्जिनियर बाबुराज अधिकारीका अनुसार अहिले मुलुकमा ७ सय १८ मेगावाट बिजुली उत्पादन हुन्छ। त्यसमध्ये ३ सय ५८ उत्पादन प्रदेश नं ४ को छ। मुलुककै सबैभन्दा धेरै क्षमतायुक्त १ सय ४४ मेगावाटको आयोजना कालिगण्डकी 'ए' पर्ने जिल्ला स्याङ्जा प्रदेश नं ४ कै हो। त्यसपछिका क्रमशः देशकै दुई ठूला आयोजना मध्यमर्स्याङ्दी र मर्स्याङ्दी लमजुङ र तनहुँमा पर्छन्।
इन्जिनियर अधिकारीका अनुसार १–२ वर्षभित्रै पूरा हुने देशमा अरु ठूला आयोजना छैनन्। त्यसैले केही वर्षसम्म जलविद्युतमा सबैभन्दा धेरै योगदान यही क्षेत्रले दिने देखिन्छ। एकाध वर्षमा सकिने आयोजना २५ मेगावाटको खानीखोला धादिङमा छ। त्यसपछि पूरा हुने २२ मेगावाटको सानिमा हाइड्रो प्रदेश नं १ मा पर्छ।
'अहिलेसम्मको सीमांकनलाई मान्ने हो भने मात्रै होइन पछि पनि यही प्रदेशको जलविद्युतमा देश निर्भर हुने देखिन्छ,' नेपाल उद्येाग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले नागरिकसँग भने, 'त्यसैले यो प्रदेशको आर्थिक विकास झनै तीव्र रुपमा अघि बढ्न सक्छ।' जलविद्युतमा अहिले मुलुक नै प्रदेश नं ४ सँग निर्भर हुनुपरेको उनले बताए।
उत्पादन दिइरहेका बाहेक निर्माणाधीन आयोजनाबाट अबको केही वर्षभित्र प्रदेश नं ४ मा करिब ५ सय मेगावाट विद्युत उत्पादन हुन लागेको मुल्मी बताउँछन्। साना आयोजनाको निर्माण तिव्र गतिमा भइरहेको छ। कुनै बाधा अवरोध नभए अबको २ वर्षभित्र अधिकांश साना आयोजना पूरा हुनेछन्। त्यसले जलविद्युत क्षेत्रमा यो प्रदेशलाई अझै अब्बल बनाउनेछ। त्यसमध्ये सबैभन्दा ठूलो सेती नदीमा तनहुँ हाइड्रोपावर बन्नेछ। यो आयोजना १ सय ४० मेगावाटको हुनेछ। विद्युत प्राधिकरणले बनाउन लागेको यो आयोजनाको काम जग्गा अधिग्रहण सकिएर परामर्शदाता नियुक्तिको चरणमा पुगेको छ।
यो प्रदेशभित्र निर्माणाधीन आयोजनाको क्षमता ४ सय ७७ मेगावाट छ। केही वर्षभित्रै उक्त क्षमताको बिजुली यो प्रदेशमा फेरि थपिनेछ। अनुमति लिएर निर्माण सुरु गर्ने साइत पर्खिएका आयोजनाको क्षमता झन्डै ३ सय मेगावाट छ। साइत पर्खेका आयोजना पूरा हुँदा यो प्रदेशबाट उत्पादित विद्युतको योगदान अझै बढी हुने मुल्मीको भनाइ छ।
'अहिलेसम्म यही प्रदेशभित्र पर्ने विभिन्न जिल्लाका आयोजनामा सिंगो नेपालको बिजुली धानिएको छ। अन्य प्रदेशमा प्रस्तावित कुनै ठूला क्षमताका आयोजना पूरा नहुँदासम्म यसको योगदान बढी नै हुनेछ,' उनले भने। मुल्मीका अनुसार बिजुली हुनु भनेको उद्योग तथा कलकारखानाको आकर्षण हुने एउटा महत्वपूर्ण सम्भावना हो। अहिले मुलुकका उद्योगले बेहोरेको सबैभन्दा ठूलो समस्या ऊर्जा भएकाले विद्युत उत्पादन हुने प्रदेश उद्योगीको रोजाइमा पर्न सक्छ। उद्योगको उत्पादन आपूर्तिका लागि सहज हुने नवलपरासीको समथर भाग पनि यो प्रदेशमा पारिएको छ। अहिले पनि उक्त क्षेत्रमा मुलुकको अर्थतन्त्रका महत्वपूर्ण उद्योग छन्।
सिमांकन अनुसार गण्डकी र धवलागिरीका १० जिल्ला सहित लुम्बिनीको नवलपरासीको पूर्वी भाग यही प्रदेशमा पर्छ। नवलपरासीको गण्डक क्षेत्रको विद्युत आयोजना पनि यही प्रदेशमा पर्दा यो प्रदेशको योगदान जलविद्युतमा अझै बढ्ने मुल्मीले बताए।
स्वतन्त्र ऊर्जा उत्पादक संघ (इपान) अध्यक्ष खडगबहादुर विष्टका अनुसार सबैभन्दा बढी जलविद्युत प्रदेश न. ४ बाट उत्पादन छ। सरकारी तथा निजी दुवैको क्षेत्रले यही प्रदेशमा लगानी गरेर विद्युत उत्पादन गरिरहेका छन्। भविष्यमा प्रदेश नं ६ मा जलविद्युतमा अग्रणी हुनसक्ने सम्भावना भए पनि अहिलेलाई ४ कै अग्रता रहेको उनले बताए।
प्रदेश नं ४ को महत्वपूर्ण सहर पोखरा पर्यटनका हिसाबले मुलुकको दोस्रो गन्तव्य हो। काठमाडौं उपत्यकापछि सबैभन्दा धेरै पर्यटक यहीं आउँछन्। प्रकृतिले सिंगारिएको यो सहरबाहेक पर्यटकलाई लोभ्याउने आकर्षक गन्तव्य अन्नपूर्ण क्षेत्रको सबै भाग प्रदेश नं ४ मै पर्छ। पर्सा र चितवनसँग जोडिएको चितवन राष्ट्रिय निकुञ्जको धेरै खण्ड नवलपरासीको पूर्वी भेगमा पर्ने भएकाले त्यहाँ पर्यटक तान्न सकिने मुल्मी बताउँछन्।