काठमाडौं- स्वदेशी डेरी उद्योगीले आगामी महिनाबाट दैनिक करिब २ लाख लिटर दूध खेर जाने बताएका छन्। असोजताका दूध उत्पादन बढ्ने तर डेरी उद्योगहरुसँग त्यो किन्ने क्षमता नभएकोले खेर जाने उनीहरुको भनाइ छ।ठूलो मात्रामा उत्पादित घिउ स्टक रहेकोले थप दूध किन्न सक्ने अवस्था नरहेको डेरी उद्योगीको भनाइ छ। यतिबेला करिब सवा अर्ब रुपैयाँको स्वदेशी घिउ डेरीको गोदाममा थन्किएको छ। त्यो बेच्न नपाए थप दूध किन्न नसक्ने डेरी उद्योग बताउँछन्। 'स्टकमा रहेको घिउ नबेचेसम्म दूध किन्न सकिन्न,' एकजना डेरी उद्योगीले भने, 'दूध किनेर मात्रै के गर्नु घिउ बिक्री हुँदैन।'
विदेशबाट आयात हुने सस्तो घिउका कारण स्वदेशी नबिकेको उद्योगी बताउँछन्। स्वदेशी उत्पादन बिक्री हुने वातावरण बनाउन सरकारले आयातित घिउमा लाग्ने भन्सार महसुल बढाउनुपर्ने उनीहरुको माग छ।
विदेशबाट आयात हुने घिउमा कम भन्सार लाग्ने गरेकोले त्यो स्वदेशीभन्दा सस्तो परेको र सस्तोसँग महँगोले प्रतिस्पर्धा गर्न नसकेको डेरी उद्योगको भनाइ छ।
डेरी उद्योगीले कृषि मन्त्रालयलाई आयात हुने घिउको भन्सार महसुल नबढाए किसानबाट दूध किन्न नसकिने जानकारी गराइसकेका छन्। उद्योगीको भनाइसँग मन्त्रालय पनि सहमत छ।
असोजबाट दूध उत्पादन बढ्छ। यस्तो बेला राज्यले दूध किन्ने वातावरण नबनाए मिल्क होलिडे हुने सम्भावना छ। गाईपालनमा किसान र राज्यको गरी १० अर्बभन्दा बढी लगानी छ। राज्यले गाईपालनमा लगानी बढाउने तर दुग्धपदार्थ आयातमा भन्सार महसुल नबढाउने हो भने उक्त लगानी बालुवामा पानीसरह हुने सरकारी अधिकारी पनि स्वीकार गर्छन्।
नेपाल डेरीले ६ सय टन घिउ स्टक रहेको जनाएको छ। यसको मूल्य ५० करोड रुपैयाँ पर्छ। दुग्ध विकास संस्थानसँग ४० करोड रुपैयाँ बराबरको ५ सय टन घिउ स्टक छ। नेपाल डेरी एसोसिएसनले सदस्य उद्योगसँग २ सय ५५ टन स्टक रहेको जनाएको छ। यसको मूल्य २० करोड १२ लाख जति पर्छ।
दुग्ध विकास संस्थानका महाप्रबन्धक गंगा तिमल्सेनाले स्टक धेरै हुँदा दूध किन्न सक्ने अवस्था नरहेको बताए। 'बटर धेरै नै स्टक छ,' उनले भने, 'घटाउन सकिएन भने, दूध किन्न सकिन्न।' असोजबाट दूध उत्पादन अहिलेको भन्दा २५ देखि ३० प्रतिशत बढ्न सक्ने उनको अनुमान छ। 'यस्तो बेला कसरी दूध किन्न सकिन्छ?' उनले प्रश्न गरे।
पशुपालन बढाउन ठूलो लगानी गर्ने तर बजारीकरणमा ध्यान नदिने हो भने सरकारी लगानीले प्रतिफल दिन नसक्ने उनको भनाइ छ। नेपाल डेरी एसोसिएसनका अनुसार घिउमा डेरीलाई घाटा छ।
घिउको स्टक बढिरहेकै बेला सरकारले गाईपालकलाई सहुलियत दरमा ऋण, घाँसको बिरुवा खरिदमा अनुदान दिएको छ। डेरी उद्योगलाई चिलिङ मेसिनमा ५० प्रतिशत अनुदान दिएको छ।