काठमाडौं—विनाशकारी भूकम्पपछि सरकारले पहिलो पटक सर्वोच्च शिखर सगरमाथा आरोहण खुला गरेको छ। यसपालि शरद ऋतुका लागि सगरमाथा आरोहण अनुमति खुला गरिएको हो।
गत वैशाख १२ मा गएको भूकम्पका कारण सगरमाथामा पहिरो जाँदा डेढ दर्जन आरोहीले ज्यान गुमाएका थिए।त्यसपछि वसन्त ऋतु (चैतदेखि जेठ) सम्म हुनुपर्ने आरोहण स्थगित भएको थियो । सगरथा शिखर चुम्न आएका संसारभरका सयौं आरोहीले सहधर्मीको नाममा आरोहण स्थगित गरेका थिए । वसन्त ऋतु सगरमाथा आरोहणका लागि सबैभन्दा उत्तम याम मानिन्छ ।
शरद ऋतुमा आरोहण गर्न कठिन हुने भएका कारण यो याममा आरोहीले सगरमाथा जान त्यत्ति रुचि दिँदैनन् । तर, भूकम्पका कारण रोकिएको आरोहण अहिले शरदमा आएर पुनः हुन लागेको हो ।
यसपालि शरदमा सगरमाथा शिखर जाने पहिलो आरोहीको अनुमति जापानका नोबुकाजु कुरिकीले पाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आइतबार आयोजना गरेको कार्यक्रममा मन्त्री कृपासुर शेर्पाले कुरिकीलाई सगरमाथा आरोहण अनुमतिपत्र प्रदान गरे ।
‘विनाशकारी भूकम्पपछि शरद ऋतुमा सगरमाथा आरोहणका लागि अनुमति जारी गर्न पाउँदा हामी खुसी छौं,’ पर्यटन मन्त्री शेर्पाले भने, ‘भूकम्पबाट पर्यटन क्षेत्रमा परेको प्रभाव र त्यसबाट विश्वबजारमा गएको नकारात्मक सन्देश चीर्न सगरमाथा आरोहणले उल्लेख्य मद्दत गर्ने विश्वास छ ।’
कुरिकी मंगलबार हेलिकोप्टरबाट सगरमाथा जानेछन् भने भदौ अन्तिमतिर शिखर पुग्ने लक्ष्य लिएका छन् । ‘मेरो आरोहणको मुख्य उद्देश्य भनेको भूकम्पपछि पनि पर्वतारोही र पदयात्रीका लागि नेपाल सुरक्षित छ भन्ने सन्देश संसारभर फैलाउनु हो,’ आरोहण अनुमतिपत्र लिएपछि ३३ वर्षीय कुरिकीले भने, ‘यसमा सफल हुन्छु भन्ने बलियो आत्मविश्वास छ ।’
सगरमाथा आरोहणका लागि आरोही कुरिकीको यो पाँचौं प्रयास हो । यसअघि चार पटक शिखर पुग्न असफल भएका उनले सन् २०१२ मा हिउँले खाँदा हात र खुट्टाका नौवटा औंला गुमाएका थिए । कुरिकीसहित यसपालि शरदमा सगरमाथा जान १४ दलले अनुमतिका लागि आवेदन दिएको मन्त्रालयअन्तर्गतको पर्यटन विभागले जनाएको छ ।
सरकारले बढीभन्दा बढी विदेशी पर्वतारोही आकर्षित गर्ने उद्देश्यले २०७१ पुस १९ बाट सगरमाथा आरोहण अनुमति शुल्क (रोयल्टी) आधाभन्दा बढीले घटाएको थियो । पर्यटन विभागका अनुसार प्रत्येक विदेशी आरोहीले अब दक्षिणपूर्वी मोहोडा (नर्मल रुट) बाट वसन्त ऋतुमा सगरमाथा आरोहण गर्न ११ हजार अमेरिकी डलर (११ लाख रुपैयाँ) रोयल्टी तिर्नुपर्छ । यसअघि यस्तो शुल्क २५ हजार डलर (२५ लाख रुपैयाँ) थियो । नर्मल रुटबाहेक सगरमाथा आरोहण गर्न प्रत्येक विदेशी आरोहीले १० हजार डलर (१० लाख रुपैयाँ) रोयल्टी तिर्नुपर्छ । यसअघि १५ हजार डलर (१५ लाख रुपैयाँ) थियो ।
त्यसैगरी नर्मल रुटबाट सगरमाथा आरोहण गर्न विदेशी आरोहीले शरद ऋतुमा प्रतिव्यक्ति ५ हजार ५ सय डलर तथा शिशिर र वर्षामा २ हजार ७ सय ५० डलरमात्र तिरे पुग्छ । यसअघि १२ हजार ५ सय र ६ हजार २ सय ५० डलर तिर्नुपथ्र्यो । यो रुटबाहेक शरदमा ५ हजार तथा शिशिर र वर्षामा २ हजार ५ सय डलर लाग्छ । यसअघि २० हजार र १० हजार डलर छ ।