काठमाडौं-वाणिज्य तथा आपूर्ति मन्त्रालयले तयार गरेको वाणिज्य नीति २०७१ मन्त्रिपरिषदबाट स्वीकृत भएको छ। मन्त्रालयले पेस गरेको मस्यौदा केही बुँदा संशोधन गरेर गत साता बसेको मन्त्रिपरिषद बैठकले स्वीकृत गरेको हो।
साबिकको वाणिज्य नीति २०६५ ले व्यापार घाटा कम गर्न नसकेपछि सरकारले नयाँ नीति ल्याएको मन्त्रालयका सचिव ङइन्द्रप्रसाद उपाध्यायले बताए। नयाँ नीतिले व्यापार घाटा कम गर्न, उत्पादन र निर्यात बढाउन मद्दत पुग्ने उनको दाबी छ। 'संशोधित नीतिको मुख्य उद्देश्य निर्यात बढाउने र उत्पादन वृद्धि गर्नेमा केन्द्रित छ,' उनले भने।
उपाध्यायका अनुसार नयाँ वाणिज्य नीति उत्पादन र निर्यात एकसाथ बढाउनेमा केन्द्रित छ। स्वदेशमा उत्पादन सम्भावना भएकै वस्तु आयात गर्नुपर्ने बिडम्बनापूर्ण स्थिति हटाउन औद्योगिक र कृषिजन्य वस्तुको उत्पादकत्व बढाउने गरी नीति संशोधन गरिएको उपाध्यायले बताए। संशोधित नीतिमा योजना अवधिको अन्तिम वर्ष कुल गार्हस्थ उत्पादनसँग वस्तु निकासीको अनुपात ६ प्रतिशत, वस्तु तथा सेवा निकासीको अनुपात १२ प्रतिशत र व्यापार घाटा २० प्रतिशतमा झार्ने उल्लेख छ।
उत्पादित वस्तु र सेवालाई सजिलै बजार पुर्यातउन यातायात र पूर्वाधार विकासमा जोड दिइने छ। प्रशोधन नगरी निकासी भइरहेका प्राथमिक वस्तु प्रशोधन गरी थप मूल्यमा निर्यात गर्न प्रोत्साहित गर्ने र त्यसैका आधारमा सुविधा दिने नीति छ। निर्यातमा सेवा शुल्कबाहेक भन्सार महसुल, अन्तःशुल्क र मूल्य अभिवृद्धिकर लाग्ने छैन। निर्यातजन्य वस्तुको उत्पादन क्षमता र गुणस्तर बढाउन आवश्यक सीप, पुँजी र प्रविधिमा सरकारले सहयोग गर्नेछ।
सचिव उपाध्याय निकासी बठाउन काठमाडौंको अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्सलाई व्यवस्थित गरिने बताउँछन्। अन्य मुलुकका कार्गो विमानको उडान बढाउन पहल गर्ने पनि उनले जानकारी दिए। 'आवश्यकता र सम्भावनाका आधारमा विभिन्न स्थानमा सुक्खा बन्दरगाह निर्माण गर्ने व्यवस्था मिलाइने छ,' उनले भने। सुक्खा बन्दरगाह, शीत भण्डार, कन्टेनर फ्रेट स्टेसन, सडक लगायत भौतिक पूर्वाधारलाई अन्तर्राष्ट्रिय मापदण्डअनुकूल बनाइने पनि नीतिमा उल्लेख छ।
बढी मात्रामा कच्चा पदार्थ आयात, प्राथमिक र अर्धप्रशोधित वस्तुको निर्यातमा कमजोर मूल्यवृद्धि, समग्र उत्पादन तथा उत्पादकत्वमा गिरावट र औद्योगिक क्षेत्रको उत्पादन घट्दा निर्यात निराशाजनक भएको निष्कर्ष निकाल्दै निजी क्षेत्रलाई सहभागी गराउन अनुकूल वातावरण बन्ने गरी नीति बनाइएको उपाध्यायले जानकारी दिए।
नेपाल व्यापार एकीकृत रणनीति (एनटिआइएस) २०१० ले पहिचान गरेका वस्तु र सेवाको कमजोर निकासी, कमजोर गुणस्तर परीक्षण, प्रमाणीकरण, लेबलिङ र प्याकेजिङ, व्यापारजन्य भौतिक पूर्वाधारको नाजुक अवस्था, विशेष आर्थिक क्षेत्र कार्यान्वयनमा ढिलाइ, ऊर्जा संकट, असहज श्रम सम्बन्ध, कमजोर संस्थागत समन्वय लगायत कारणले निकासी व्यापार अपेक्षाकृत नभएपछि नीति संशोधन गरिएको मन्त्रालयले बताएको छ।
अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने गरी व्यापार व्यवसाय प्रवर्द्धन गर्न अनुकूल वातावरण निर्माण, आपूर्ति क्षमताको सुदृढीकरण र विश्व बजारमा बढी मूल्यका वस्तु तथा सेवाको निकासी बढाई व्यापार घाटा न्यूनीकरण, वस्तु र सेवा व्यापारलाई प्रतिस्पर्धी एवं सुदृढ बनाई आय र रोजगारीका अवसर बढाउने तथा गरिबी घटाउन सहयोग पुर्या उने गरी नीति बनाइएको मन्त्रालयको दाबी छ।
आधुनिक भन्सार मूल्यांकन प्रणाली अवलम्बन र भन्सारलाई यथार्थपरक बनाउन आवश्यक समन्वय, मुख्य भन्सार नाकामा क्वारेन्टाइन सम्बन्धी सेवा एकीकृत रुपमा प्रदान, कारोबार लागत घटाउन निकासीजन्य उत्पादनमा उपयोग हुने आयातित कच्चा पदार्थमा लाग्ने कर तथा महसुल सरल, शीघ्र तथा सहज ढगंबाट फिर्ता हुने व्यवस्था मिलाइने संशोधित नीतिमा उल्लेख छ।
भन्सार छुटाउने प्रक्रियालाई सरल र चुस्त बनाउन छिमेकी राष्ट्रका भन्सारसँग समेत समन्वय गरी एकीकृत जाँच चौकी निर्माण र विस्तार गर्ने नीतिमा उल्लेख छ। निर्यातकर्ता फर्मको नवीकरण, निर्यातजन्य उद्योगले पैठारी गर्ने कच्चा पदार्थको भन्सार महसुलसम्बन्धी प्रक्रिया, निकासी भएका वस्तुको भन्सार महसुल फिर्ता, मूल्य अभिवृद्धिकर सम्बन्धी व्यवस्था, निर्यात अर्डरको लागि नमूना लिने–दिने व्यवस्थालाई सरल, निर्यातमैत्री, छिटोछरितो र लागतप्रभावी हुने किसिमको बनाइने छ। संसोधित वाणिज्य नीतिले व्यापार घाटा कम गर्न ठूलो सहयोग गर्ने मन्त्रालयको भनाइ छ।