काठमाडौं- चिनी मिललाई उधारोमा उखु बेचेका किसानले त्यसको भुक्तानी पाए, नपाएको अनुगमन गर्न बनेको समितिले ५ महिना हुँदा पनि काम थालेको छैन। गत फागुनमा गठित समितिले गृह मन्त्रालयबाट सैद्धान्तिक सहमति नआउँदा काम गर्न नसकेको हो।भुक्तानी भए, नभएकोे अनुगमन नहुँदा उद्योगीले उखु किसानलाई दिनुपर्ने पैसा रोकेका छन्। किसानलाई मर्का परेको छ। पाउनुपर्ने पैसा नउठ्दा किसान घर खर्च चलाउने रकम अभाव र चर्को ब्याजको समस्या झेल्न बाध्य छन्।
'अनुगमन समिति बने पनि अहिलेसम्म गृहबाट सैद्धान्तिक सहमति आएको छैन,' नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनालीले भने, 'अनुगमन नहुँदा उद्योगीले उखु किसानको पैसा रोक्न पाएका छन्।'
फागुनमा सम्बन्धित प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा उखु किसान, चिनी उद्योगी, जिल्ला कृषि विकास कार्यालय र उखु तथा चिनी विकास समितिका प्रतिनिधि सम्मिलित ५ सदस्यीय समिति बनेको थियो। समितिले उखुको भुक्तानी भए, नभएको अनुगमन गर्ने जिम्मा पाएको थियो।
समिति बनेपछि कृषि विकास मन्त्रालयलले अनुगमनको लागि गृह मन्त्रालयसँग सैद्धान्तिक सहमति मागेको थियो। गृहले सहमति नदिँदा अनुगमन हुन नसकेको समितिका एक सदस्य मैनालीले बताए।
किसान र चिनी उद्योगीबीच उखुको मूल्य र भुक्तानीमा विवाद भएपछि संसदको उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण र कृषि तथा जलस्रोत समितिले फागुन २० गते कृषि मन्त्रालयलाई अनुगमन समिति गठन गर्न निर्देशन दिएको थियो। संसदीय समितिले जिल्लास्तरीय अनुगमन समिति गठन गरेर तालिका बनाई किसानलाई समयमै भुक्तानी गर्ने बन्दोबस्त मिलाउन कृषि विकास मन्त्रालयलाई निर्देशन दिएको थियो।
कतिपय मिलले भुक्तानीमा आनाकानी गरेकाले उखु उत्पादन हुने जिल्लामा अनुगमन टोली बनाउनुपर्ने समितिको निर्देशन थियो।
उखुको मूल्य समयमै निर्धारण हुन नसकेपछि किसान, उद्योगी र सरकारबीच चिनीमिलले ३ सय ५० रुपैयाँ प्रतिक्विन्टलका दरले किसानलाई पेस्की दिने सहमति भएको थियो। कतिपय मिलले पेस्कीसमेत नदिएको मैनालीले बताए। सरकारले चैत अन्तमतिर उखुको मूल्य प्रतिक्विन्टल ४ सय ६१ रुपैयाँ तोकेको थियो।
अहिले चिनी उद्योगी सरकारले तोकेको मूल्यलाई चुनौती दिँदै सर्वोच्च अदालत पुगेका छन्। उक्त मूल्य दिन नसक्ने भन्दै उनीहरुले अन्तरिम आदेश मागेका छन्। सर्वोच्चले अन्तरिम आदेश दिन नपर्ने र अन्य मुद्दा जस्तै फैसला गर्ने भन्दै आगामी पुस १२ गतेलाई सुनुवाइ तिथि तोकेको छ।
हरेक वर्ष उखुको मूल्यमा विवाद आउन थालेपछि किसानहरू निराश हुन थालेको मैनालीले बताए। 'उखु किसान पलायन हुँदैछन्,' मैनालीले भने, 'कतिपय जिल्लामा ३५ प्रतिशतसम्म उखु उत्पादन घटेको छ।'
सबैभन्दा धेरै उखु उत्पादन हुने सर्लाही र महोत्तरीमा ३० देखि ३५ प्रतिशत उत्पादन घटेको एक अध्ययनले देखाएको मैनालीले बताए। उखुको अर्को सिजन आउन लाग्दासमेत भुक्तानी नपाएपछि उत्पादन घट्दै गएको किसानको भनाइ छ। यस वर्ष उखुको मूल्य भुक्तानीमा भएको ढिलाइले अर्को वर्ष उखु उत्पादन अझ कम हुने संकेत देखिएको छ।
यसले गर्दा चिनी उत्पादनसमेत घट्नेछ। चिनीमा आत्मनिर्भर हुन लागेको बेला मूल्य विवादले फेरि परनिर्भर अवस्थामै फर्काउने संकेत देखाएको छ। यस वर्ष पोहोरभन्दा १० हजार मेटि्रक टन चिनी कम उत्पादन भएको मैनालीले बताए।
यस वर्ष १ लाख ८० हजार मेटि्रक टन हाराहारी चिनी उत्पादन भएको छ। घरेलु माग धान्न २ लाख २० हजार टन चिनी आवश्यक पर्ने सरकारी अनुमान छ।