काठमाडौं- मुख्य खाद्यान्न बालीको उत्पादन र खेती हुने क्षेत्रफल घटेसँगै सरकारसँग खाद्य बचत ८० प्रतिशत कम भएको छ। गत आर्थिक वर्षमा धान, मकै, गहुँलगायत खाद्यान्न बालीको उत्पादनमा कमी आएसँगै खाद्य बचत घटेको हो।
अघिल्लो आर्थिक वर्षसम्म ७ लाख टन खाद्यान्न बचत थियो। गत आर्थिक वर्षमा ९० प्रतिशत घटेर एक लाख ५५ हजार टनमा सिमित भएको तथ्यांक छ।
कृषि विकास मन्त्रालयका अनुसार यस वर्ष आएको विनाशकारी भूकम्पका कारण पनि खाद्यान्न बचतमा ठूलो क्षति पुगेको हो। '७ लाख टनबाट एकैचोटी एक लाख ५५ हजारमा झर्दा भोलि समस्या आउन सक्छ,' मन्त्रालयका सहप्रवक्ता शंकर सापकोटाले नागरिकसँग भने, 'गत वर्ष धान उत्पादन पाँच प्रतिशत कम भयो, यसको असर खाद्य बचतमा पर्योा।'
पोहोर अघिल्लो वर्षको तुलनामा धान २ लाख ५० हजार टन कम फलेको छ। गहुँ र मकैको उत्पादन पनि सोही हाराहारीमा कम भएकाले बचतमा कमी आएको मन्त्रालयको भनाइ छ। गत वर्ष प्रमुख खाद्यान्न बालीको उत्पादन ३.१ प्रतिशतले घटेकाले पनि बचत घटाउन योगदान गर्योय।
अघिल्लो वर्षको करिब ७ लाख ८९ हजार टन खाद्यान बचत थियो। नेपालमा गत वर्ष उपभोग्य खाद्यान्नको करिब ५५ लाख टन उत्पादन भएको थियो। अनुमानित २ करोड ८१ लाख जनसंख्यालाई करिब ५३ लाख ४५ हजार टन खाद्यान्न आवश्यक पर्छ।
खाद्यान्न बचत कम हुनु र आफ्नो उत्पादनले वर्षभर खान नपुग्ने जिल्ला थपिनुले समस्या बनाएको सापकोटाको भनाइ छ। ७५ मध्ये ३२ जिल्लामा आफ्नो उत्पादनले खान नपुग्ने देखिन्छ। अघिल्लो वर्ष यस्ता जिल्ला ३० थिए। ती ३२ जिल्लामा ९ लाख ७४ हजार टन खाद्यान्न नपुग्ने देखिन्छ।
भूकम्पबाट अति प्रभावित १४ मध्ये १० (ओखलढुंगा, सिन्धुली, नुवाकोट र रामेछाप) जिल्लामा खाद्यान्न नपुग्ने अवस्था छ। गत वर्ष ७ जिल्लामा मात्र आफ्नो उत्पादनले पुगेको थिएन। धादिङ, गोरखा र सिन्धुपाल्चोक बचत हुने जिल्लाबाट अपुग हुनेमा गएका छन्। ती १४ जिल्लामा समग्रमा ५ लाख ५३ हजार टन खाद्यान्न अपुग हुने देखिन्छ। अघिल्लो वर्ष ती जिल्लामा २ लाख ९४ हजार टन खाद्यान्न पुगेको थिएन।
अति प्रभावित १० समेत २४ जिल्लालाई हेर्दा १२ मा खाद्यान्न अपुग छ। ती जिल्लामा करिब ४ लाख ७६ हजार टन अपुग छ। अघिल्लो वर्ष करिब १३ हजार टन मात्र अपुग हुने तथ्यांक थियो।
विगत ३ वर्षदेखिको खाद्य वासलात हेर्दा यस वर्षको बचत निकै कम देखिन्छ। आव २०६८/०६९, २०६९/०७० र २०७०/०७१ मा क्रमशः करिब ९ लाख ४३ हजार, ४ लाख ८ हजार र ७ लाख ८९ हजार टन बचत थियो। गत वर्ष १ लाख ५५ हजार टन खाद्यान्न बचत हुने देखिएको छ
मुख्य खाद्यान्न बालीलाई अलग्याएर हेर्दा सम्पूर्ण अन्नबालीमा एकै प्रकारको स्थिति देखिँदैन। मुख्यतया चामल पछिल्ला वर्षहरु झैं यस वर्ष पनि अपुग हुने देखिन्छ। नेपालको चामल उत्पादन हेर्दा यस वर्ष करिब ६ लाख ७६ हजार टन अपुग हुने देखिएको छ। अन्य अन्नबालीमा भने नेपाल आत्मनिर्भर हुने र केही बचतसमेत हुने देखिन्छ। मकै करिब ४३ हजार टन, कोदो हजार टन, फापर ४ सय ६६ टन, गहुँ ७ लाख ८५ हजार टन र जौ १ हजार ६ सय टन बचत हुने देखिन्छ।