काठमाडौं- नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले नियमविपरीत कर्मचारी बढुवा गरेका छन्।
लोकसेवा आयोगको मापदण्डविपरीत र निगम सञ्चालक समितिलाई थाहै नदिई १४ जना कर्मचारीको बढुवा गरेका छन्। लोकसेवा आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यसअघिनै मापदण्ड बनाएर कर्मचारीको बढुवा गर्न निर्देशन दिएको थियो। बढुवाका लागि मापदण्ड नबनाई कार्यकारी निर्देशकले मनलागी रुपमा बढुवा गरेको हो।
कार्यकारी निर्देशक खड्काले अख्तियार, लोकसेवा आयोग र बोर्डलाई बेवास्ता गरी नियमविपरीत कर्मचारी बढुवा गरेको स्रोतको दाबी छ। नियम अनुसार पाँच तहभन्दा माथिका कर्मचारीको बढुवा गर्दा बोर्डको स्वीकृति अनिवार्य हुने स्रोत बताउँछ। तर, अहिले न बोर्डलाई थाहा दिइएको छ, न मापदण्डअनुसार नै बढुवा गरिएको छ।
यसअघिका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले कर्मचारी बढुवाको विषयमा कुरा गर्दा बोर्डले नियम नबनाई अगाडि बढाउन नमिल्ने भन्दै फर्काएको थियो।
'निगमभित्र एउटा बढुवा समिति छ, त्यो समितिले बढुवाका लागि भन्दै बोर्डमा अनुमोदनका लागि पठाउने चलन थियो,' स्रोतले नागरिकसँग भन्यो, 'निगमका कार्यकारी निर्देशक संयोजक रहेको कमिटीले बोर्डमा अनुमोदनका लागि सिफारिस गर्नुपर्ने हो।' बोर्डलाई यस विषयमा केही जानकारी नभएको स्रोतको भनाइ छ।
पाँच तहभन्दा तल कर्मचारीको बढुवा गर्ने अधिकार कार्यकारी निर्देशकसँग हुन्छ। पाँच तहभन्दा माथि बढुवा गर्नुपरे अनिवार्य बोर्डले स्वीकृत दिनुपर्ने हुन्छ। बढुवाका लागि प्रस्ट व्यवस्था नभएकाले बोर्डले गरेको निर्णयलाई अन्तिम रुप दिँदै आएको स्रोतको भनाइ छ।
यसअघिका कार्यकारी निर्देशकहरुले पनि बढुवाका लागि बोर्डमा लैजाँदा योग्यता नपुगेका कर्मचारी पनि परेको भन्दै अस्वीकार गरेको थियो। यसपटक पनि धेरैजसो कर्मचारी बढुवाका लागि योग्य नभएको र बोर्डले उक्त प्रस्ताव स्वीकृत नगर्ने देखेपछि सिधै कार्यकारी निर्देशक खड्काले स्वीकृत गरेका हुन्।
कार्यकारी निर्देशक खड्काले पाँच तहभन्दा तलका कर्मचारीलाई मात्र बढुवा गरेको बताए। 'पाँच तहभन्दा माथिका कर्मचारी बढुवा गरेको छैन,' उनले नागरिकसँग भने, 'बाहिर आएको कुरा हल्ला हो।' तर खड्काले बढुवा गर्दा हस्ताक्षर गरेको कागजात नागरिकसँग छ।
पाँच तहभन्दा मुनिका कर्मचारी बढुवाको पत्रमा तत्कालीन प्रवक्ता तथा प्रशासन प्रमुख मुकुन्द घिमिरेको हस्ताक्षर छ। माथिका कर्मचारीको बढुवामा खड्काले हस्ताक्षर गरेका छन्। निगममा सामान्यदेखि उच्च पदस्थ कर्मचारीसमेत आफूखुसी बढुवा गरेकोप्रति बोर्डले गम्भीर आपत्ति जनाएपछि चर्चा बाहिर आएको छ।
बोर्डले कार्यकारी निर्देशकको निर्णय गैरकानुनी र मापदण्ड विपरीत भएको भन्दै असन्तुष्टि जनाएको छ। बढुवा भएका १४ मध्ये अधिकांश कर्मचारी उच्च तहका छने। खड्काले धेरैजसो कर्मचारीलाई बढुवा गरेको पत्र उपलब्ध गराइसकेका छन्।
खड्का आफूले पाँच तहभन्दा माथिको कर्मचारी बढुवा नगरेको दाबी गर्छन्। 'गेटपालेदेखि चार तहसम्मका कर्मचारी मात्रै बढुवा गरेको हुँ,' उनले भने, 'त्यो मेरो क्षेत्राधिकारभित्रै पर्छ।' बोर्डका पूर्वविज्ञ सदस्य देवीप्रसाद बरालले बोर्डको स्वीकृतिबिना बढुवा गर्न नमिल्ने बताए। 'पाँच तहभन्दा माथि बढुवा गर्दा बोर्डको स्वीकृति अनिवार्य हुन्छ,' उनले भने, 'चार तहसम्म बढुवा गर्न कार्यकारी निर्देशकले सक्छन्।'
मापदण्ड बनाउन नसकेपछि यसअघिका कार्यकारी निर्देशकले बढुवाको विषय थाती राखेका थिए। अहिले मापदण्डबिनै कर्मचारी बढुवा गरेको भन्दै बोर्डले असन्तुष्टि जनाएको छ।