काठमाडौं- नेपाल राष्ट्र बैंकले लघुवित्त विकास बैंकको चुक्तापुँजी चार गुणा पुर्या९उने तयारी गरेको छ। लघुवित्त बैंकहरुको चुक्तापुँजी कम भएको भन्दै दुई वर्षभित्रमा चार गुणा पुर्याचउन लागेको हो।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०७२/०७३ को मौद्रिक नीतिमा लघुवित्त विकास बैंकको चुक्तापुँजी बढाउनुपर्ने प्रावधान राखेको थियो। त्यही प्रवधानमा टेकेर यो कदम चालिएको राष्ट्र बैंकको भनाइ छ।
मौद्रिक नीतिमा लघुवित्त विकास बैंकको पुँजी वृद्धि गरिने भनिएको छ। त्यसैअनुसार चुक्तापुँजी बढाउने गृहकार्य सुरु भएको राष्ट्र बैंकका प्रवक्ता त्रिलोचन पंगेनीले आइतबार नागरिकलाई बताए।'चुक्तापुँजी कति बनाउने भन्ने निर्णयमा पुगिसकेका छैनौं,' उनले भने।
चुक्तापुँजी पुर्यााउन नसक्ने लघुवित्तलाई मर्जरमा जान दबाब पर्नेछ। मौद्रिक नीतिमा मर्जरको प्रावधान पनि राखिएको छ। केन्द्रीय बैंकले तोकेको समयमा पुँजी नपुर्याईउने लघुवित्त मर्जरमा गएर भए पनि पुँजी पुर्यारउनु पर्ने प्रवक्ता पंगेनीले बताए।'सानातिना पुँजी भएका लघुवित्त राखेर हुँदैन,' उनले भने,'नागरिकलाई अधिकतम सुविधा दिन पुँजी वृद्धिको प्रस्ताव ल्याइएको हो।'
राष्ट्र बैंकले दुई वर्षभित्रमा चार गुणा पुँजी पुर्या उनुपर्ने मापदण्ड ल्याउनु अव्यवहारिक भएको नेपाल लघुवित्त बैंकर्स संघले बताएको छ। चुक्तापुँजी बढाउने कुरा सकारात्मक भए पनि छोटो अवधिमा बढी बढाउनु उपयुक्त नभएको संघका अध्यक्ष धर्मराज पाण्डेले बताए।'चार गुणा पुर्यािउने हो भने चार वर्षको समय दिनुपर्छ,' उनले भने।
राष्ट्र बैंकको यस्तो योजना अनुरुप आगामी दुई वर्षभित्र राष्ट्रिय स्तरको लघुवित्त विकास बैंकले ४० करोड र क्षेत्रीय स्तरले २४ करोड रुपैयाँ चुक्तापुँजी पुर्या्उनुपर्ने हुन्छ। ४ देखि १० जिल्लामा कारोबार गर्ने लघुवित्त विकास बैंकको १२ करोड रुपैयाँ र १ देखि ३ जिल्लामा कारोबार गर्नेले ४ करोड रुपैयाँ चुक्तापुँजी पुर्यााउनु पर्नेछ।
अहिले राष्ट्र बैंकले राष्ट्रिय स्तरको लघुवित्त विकास बैंकको चुक्तापुँजी १० करोड रुपैयाँ तोकेको छ। यसैगरी क्षेत्रीय स्तरको लघुवित्त विकास बैंकको ६ करोड, ४ देखि १० जिल्लामा कारोबार गर्नेको ३ करोड रुपैयाँ र १ देखि ३ जिल्लामा कारोबार गर्नेको १ करोड रुपैयाँ चुक्तापुँजी हुनुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ। हाल सबै लघुवित्त विकास बैंकले राष्ट्र बैंकले तोकेको चुक्तापुँजी पुर्यारइसकेको संघका अध्यक्ष पाण्डेले बताए।
यस हिसाबले १० करोड चुक्तापुँजी भएका चारवटा लघुवित्त विकास बैंक मर्ज हुँदामात्रै केन्द्रीय स्तरको लघुवित्त विकास बैंक बन्ने देखिन्छ। तर, यो नीति कार्यान्वयन हुन अप्ठेरो छ। यसबाहेक हकप्रद, थप निष्कासन र बोनस सेयर जारी गरेर पुँजी बढाउने विकल्प पनि लघुवित्त संस्थासँग छ। तर यसरी २ वर्षमा राष्ट्रिय स्तरको लघुवित्तले ४० करोड रुपैयाँ पुर्याुउन मुस्किल हुन्छ। संघ साढे दुई गुणाभन्दा बढी बढाउन नहुने सुझाव दिने तयारीमा छ।'दुई वर्षको समय दिने हो भने साढे दुई गुणाभन्दा बढी गर्न नहुने सुझाव दिँदैछौं,' अध्यक्ष पाण्डेले भने,'समय कम दिएर पुँजी बढी थप्न सकिँदैन।'
केन्द्रीय बैंकका प्रवक्ता पंगेनीले लघुवित्त विकास बैंकको चुक्तापुँजी कम भएकाले बढाउनुपर्ने स्थिति आएको बताए। प्रतिस्पर्धात्मक क्षमता बढाउन पनि चुक्तापुँजी वृद्धिको नीति लिएको उनको भनाइ छ। वित्तीय स्थायित्वका लागि पर्याप्त पुँजी चाहिने उनले बताए।
हाल मुलुकभर विपन्न वर्गलाई उत्थान गर्ने उद्देश्यले ३७ वटा लघुवित्त विकास बैंक क्रियाशील छन्। ती संस्था ७५ वटै जिल्लामा सेवा पुर्यााउने तयारीमा छन्। राष्ट्र बैंकले वाणिज्य बैंकलाई बिपन्न वर्गमा ४ प्रतिशत लगानी गर्न निर्देशन दिएको छ। लघुवित्त विकास बैंकले थोरै ब्याजदरमा ऋण लिएर बढी ब्याजदरमा लगानी गरिरहेका छन्।