काठमाडौं-विशेष आर्थिक क्षेत्र (सेज) विधेयक र औद्योगिक व्यवसाय विधेयक संसदमा पेस भएको छ। उद्योग मन्त्रालयले मंगलबार बसेको व्यवस्थापिका संसदको चालु अधिवेशनमा उक्त दुई विधेयक प्रस्तुत गरेको हो। संसदले पास गरिसकेपछि ती विधेयक विशेष आर्थिक क्षेत्र (सेज) ऐन र औद्योगिक व्यवसाय ऐनका रुपमा कार्यान्वयनमा आउनेछन्।
मंगलबार बसेको व्यवस्थापिका संसदको बैठकमा उद्योगमन्त्री महेश बस्नेतले दुवै विधेयक पेस गरेका हुन्। 'यी दुई विधेयक मंगलबार संसदमा पेस भएका छन्,' मन्त्रालयकी सहसचिव यामकुमार खतिवडाले भनिन्, 'संसदले तिनमा छलफल गर्नेछ।'
फागुन २७ गते बसेको मन्त्रिपरिषद विधेयक समितिले यी विधेयक व्यवस्थापिका संसदमा पेस गर्ने निर्णय गरेको थियो।
'अब यी विधेयक उपर विभिन्न चरणमा छलफल हुनेछ,' खतिवडाले भनिन्, 'सांसदहरुबाट आएका राय, सुझावका आधारमा परिमार्जन वा पारित हुन सक्छ।' संसदमा प्रतिनिधित्व गर्ने विभिन्न पार्टीका सांसदले विधेयकउपर राय, सुझाव दिनेछन्। सांसदले जति महत्व दिएर छलफल गर्छन् त्यत्ति छिटो विधेयक पास हुने उनले बताइन्।
निजी क्षेत्रसँगको लामो छलफल र विभिन्न मन्त्रालयबीचको सहमतिमा २२ वर्षपछि औद्योगिक व्यवसाय ऐन परिवर्तन गर्दै मस्यौदा तयार गरिएको थियो। २०६७ सालमा बनेको औद्योगिक नीतिका आधारमा यसको मस्यौदा तयार गरिएको हो। विधेयकमा उद्योग सञ्चालनमा विभिन्न सुविधा सहितका प्रावधान छन्।
त्यस्तै, देशका विभिन्न ठाउँमा स्थापना हुने भनिएका सेज व्यवस्थित रुपमा सञ्चालन गर्न र लगानी आकर्षित गर्न सेज ऐन बनाउन लागिएको हो।
दुवै विधेयकमा सुविधाका थुप्रै प्रावधान राखिएको मन्त्रालयले जनाएको छ। यसमा औद्योगिक क्षेत्रमा प्रतिकूल असर गर्ने गरी कुनै पनि काम कारबाही गर्न नपाइनेलगायत प्रावधान छन्।
सेज विधेयकमा विशेष आर्थिक क्षेत्रमा स्थापना भएको उद्योगलाई राष्ट्रियकरण नगरिने र पाँच वर्षसम्म आयकर छुटको व्यवस्था छ। त्यसैगरी सेजका उद्योगले पहिलो वर्ष ५०, दोस्रो वर्ष ४० र तेस्रो वर्ष २५ प्रतिशत घरबहाल छुट पाउने व्यवस्था छ। उद्योगलाई आवश्यक पर्ने मेसिनरी सामान, स्पेयर पार्टस, कच्चा पदार्थ आयातमा मूल्य अभिवृद्धि कर (भ्याट) लाग्दैन। विधेयकमा सेजमा स्थापना भएको उद्योगले ७५ प्रतिशत सामान निकासी गर्नुपर्ने लगायत प्रावधान छन्।
सेज कार्यविधिमा उल्लेख गरिएका सुविधा नघटाई ऐन बन्न लागेको सेज सञ्चालन समितिले बताएको छ। नयाँ ऐन आएपछि सेज सञ्चालन सहज हुने विश्वास छ। ऐन आउन ढिला हुने भएपछि कार्यविधि बनाएर गत मंसिर २ गते भैरहवा सेज उद्घाटन गरिएको थियो।
सरकारले देशभर १४ वटा सेज स्थापना गर्न काम गरिरहेको छ। पाँचखाल, जुम्ला र सिमरामा काम धमाधम भइरहेको सम्बद्ध अधिकारी बताउँछन्। अन्य ठाउँका सेजबारे सम्भाव्यता अध्ययन मात्र भएको छ। भैरहवा पाइलट प्रोजेक्ट भएकाले यसको अनुभवबाट अन्य सेज सञ्चालनबारे अध्ययन गरिने समितिको भनाइ छ।
नेपालमा करिब १५ वर्षअघि सेज स्थापनाको काम सुरु भएको थियो। त्यसका लागि लामो समयदेखि बजेट छुट्ट्याइने गरे पनि व्यर्थ जस्तै भइरहेको छ। छिमेकी भारत, बंगलादेश, श्रीलंका, ताइवानमा सेजका कारण उद्योग फस्टाएको अनुभवका आधारमा नेपालमा पनि यो अवधारण आएको हो।