पोखरा- 'राष्ट्रले ल्याएको नीति ननसेन्स छ,' असभ्य शब्द प्रयोग भयो भने पनि भनेहुन्छ भन्दै गरिमा विकास बैंकका अध्यक्ष दिलीपप्रताप खाण बोले, 'बैंकहरुको पुँजी ४ गुणा बढाउने नीति कार्यान्वयन गर्न गाह्रो छ।'नाफाका लागि लगानी गरेको भन्दै उनले अहिले लगानी बढाएर नाफा लिन नसकिने तर्क गरे। 'सेवा गर्न होइन, नाफै गर्न लगानी गरेका हौं,' उनले ढाँट्नुपर्ने कारण नभएको बताए, 'नाफा हुँदैन भनेपछि नयाँ लगानी थप्न सकिन्न।'
'पुँजी बढाउने नीति त ८ रेक्टरको भूकम्प झै भा'छ,' गरिमा विकास बैंकका सिइओ गोविन्द ढकालले भने, 'बढाउने नै हो भने २ वर्ष होइन, ५ वर्षको समय दिनुपर्छ।' यही नीतिका कारण कतिपय बैंक खारेजीमा पनि पर्नसक्ने उनको तर्क थियो।
राष्ट्र बैंकले हालै सार्वजनिक गरेको मौद्रिक नीतिले अर्थतन्त्रमा पार्ने प्रभावबारे बोल्दै थिए उनीहरु। केन्द्रीय बैंकको पोखरा कार्यालयले शुक्रबार यहाँ आयोजना गरेको कार्यक्रममा सबैजसो बैंकर र बैंक सञ्चालकको आक्रोश र आपत्तिको तारो पुँजी वृद्धिको नीति थियो। तर, जब राष्ट्र बैंकका डेपुटी गभर्नर महाप्रसाद अधिकारीले जवाफिक संभाषण दिए, तब बैंकरहरुले भरिएको सभाकक्ष मौनधारण सभाजस्तोमा परिणत भयो। सुरुमै अधिकारीले बैंकरहरुसँग राष्ट्र बैंकका कर्मचारीबाट कुनै कठिनाइ र अप्ठेरो भएका भए माफी माग्दै पुँजी वृद्धि गराउने नीति लिनुपर्नाको कारण अर्थ्याए।
'वित्तीय स्थिरता र सुशासन नै मुख्य लक्ष्य हो,' महत्त्वकांक्षी आरोपित नीतिको औचित्य बताए अधिकारीले, 'अब ठुल्ठूलो पुँजी भएका विदेशी बैंक नेपाल आउँदैछन्, तिनीहरुसँग प्रतिस्पर्धा गर्ने बैंक हामीसँग पनि हुनुपर्छ।' धेरै पुँजी पुर्यालउनुपर्नाले नै बैंक खारेजीतिर जाने भन्दा पनि थोरै हुँदा त्यस्तो हुनसक्ने उनले बताए। 'एउटा गार्मेन्ट उद्योगमा ९ करोड रुपैयाँ लगानी डुब्दा क वर्गको एउटा बैंकले ५ वर्षसम्म लाभांश दिन नसकेको उदाहरण हामीसँग छ,' उनले भने, 'त्यस्तो हुनुहुँदैन।'
राष्ट्र बैंकले साउन ७ गते सार्वजनिक गरेको नयाँ मौद्रिक नीति अनुसार वाणिज्य बैंकको चुक्ता पुँजी ८ अर्ब पुर्यायउनुपर्ने भएको छ। त्यस्तै विकास बैंक र फाइनान्स कम्पनीले पनि ४ गुणा पुँजी वृद्धि गर्नुपर्ने भएको छ।
डेपुटी गभर्नर अधिकारीले क वर्गका बैंकको चुक्ता पुँजी २ अर्ब पुर्यावउनका लागि २०६३ देखि ७१ को समय दिँदा पनि धेरैले आलटाल गरेको प्रसंग पनि उप्काए। 'तपाईं लाग्नुभयो भने २ वर्ष समय पनि पुग्छ, लाग्नुभएन भने पुग्दैन,' बैंकर र सञ्चालकहरुलाई उनले चुनौती सम्झाइदिए, 'थोरै पुँजी लगानी गरेर यो मेरो बैंक भन्ने स्थिति हुनुहुँदैन। बैंक व्यक्तिको होइन, सार्वजनिक हुनुपर्छ।' धेरै पुँजीको बैंक भए त्यो पब्लिक हुने उनको तर्क थियो।
९ वर्षदेखि नयाँ बैंक वित्तीय संस्थालाई अनुमति नदिइएकाले नयाँ लगानीकर्ता आउन सक्ने अधिकारीको विचार थियो। 'आफ्नै बैंकबाट ऋण लिन पाइन्न भन्नेसम्मको ज्ञान नभएका लगानीकर्ताले छोडेर गए हुन्छ, नयाँ आउँछन्,' उनले उपाय बताइदिए, 'लगानी गर्न चाहनेहरु थुप्रै छन्।'
ठूलो पुँजीको बैंक नभएसम्म देशमा ठूला आयोजनाहरु निर्माण गर्न नसकिने अधिकारीको धारणा थियो। 'अहिले १ अर्ब लगानी गर्न पर्योक भने ८ वटा बैंक मिल्नुपर्ने अवस्था छ,' उनले समस्या दर्शाए, 'पहिला गर्डस् चाहियो, अनि ठूला आयोजना बनाउन सक्छौं।'
बैंकरहरुले मर्जरमा जान बाध्य पार्ने गरी नीति आएको गुनासो पनि गरेका थिए। 'मर्जमा जाँदा पनि सफल भइन्छ भन्ने छैन,' गरिमा विकास बैंकका सिइओ गोविन्द ढकालले भने, 'असफल भएका उदाहरण पनि छन्।'
अत्यन्तै शालीन शैलीमा बैंकरहरुलाई सम्बोधन गरेका डेपुटी गभर्नर अधिकारीले सम्झौता गरेर अगाडि बढ्न सुझाए। त्यसका लागि मर्जर एउटा उपाय हुने उनको भनाइ थियो। अधिकारीले भने बैंक मर्जरको नतिजा सकारात्मक रहेको पनि बताए। 'मर्जरकै कारण थुप्रै संस्था आर्यघाटबाट फर्केका छन्,' उनले भने। अहिले वाणिज्य बैंकहरुको कुल पुँजी ९७ अर्ब रहेको बताउँदै उनले ८ अर्ब पुँजी पुर्याकउनका निम्ति बैंकहरुलाई १२ वटामा झार्न सकिने उपाय पनि सुझाए। लामो समयपछि नाफा लिने उद्देश्य राखेर बैंकमा लगानी गर्नुपर्ने उनको अर्को सुझाव थियो।
अधिकारीले कुनै पनि दबाबका भरमा पुँजी वृद्धिको नीति फिर्ता नहुने भन्दै त्यसको कुनै आशा नगर्न पनि अनुरोध गरे। 'जसले छिटो गर्नुहुन्छ, उहाँले जित्नुहुन्छ,' उनले भने, 'यो खेलाँची गर्ने बालुवाको घर होइन।'
कार्यक्रममा सिटी विकास बैंकका सिइओ विश्वमोहन अधिकारी, कास्की फाइनान्सका अध्यक्ष मदन शर्मा र पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विन्दु थापाले पुँजी वृद्धिको नीतिमाथि पुनरावलोकन गर्न अनुरोध गरेका थिए। नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले कार्यान्वयन गर्ने नीतिमात्रै सार्वजनिक गर्नुपर्ने सुझाव दिए।