काठमाडौं- राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले एउटा ठूलो आकारको चिनियाँ जहाजलाई थप एक वर्ष उडाउने निर्णय गरेको छ। निगमले चीनबाट अनुदानमा प्राप्त गरेका दुईमध्ये ५६ सिट क्षमतायुक्त 'मोडर्न आर्क' (एमए–६०) जहाजको बिमा एक वर्षका लागि नवीकरण गर्ने निर्णय गरेपछि यो जहाज अब एक वर्ष उड्ने भएको हो।
यसअघि गत वैशाखमा चिनियाँ जहाजका प्राविधिक समस्या तीन महिनाभित्र समाधान नभए यहाँ उडिरहेकालाई फिर्ता पठाउने र ल्याउन बाँकी जहाज नल्याउने निर्णय गरेको थियो। प्राविधिक समस्या समाधानको प्रक्रियाले गति लिएको भन्दै निगमले एमए–६० को बिमा एक वर्षलाई नवीकरण गरेको हो।
'जहाजलाई थन्क्याएर राख्ने कुरा भएन, वायुसेवा कम्पनी भएपछि जहाज उडाउनै पर्योर,' निगमका कर्पोरेट डाइरेक्टर तथा प्रवक्ता रामहरि शर्माले सोमबार नागरिकसँग भने, 'त्यही भएर निगम सञ्चालक समितिले निर्णय गरेपछि हामीले एमए–६० को बिमा एक वर्षलाई नवीकरण गरेका हौं।'
विगतमा तालुक मन्त्रालय संस्कृति, पर्यटन तथा नागरिक उड्डयनबाट बिमा नवीकरण गर्ने कि नगर्ने भन्ने स्पष्ट निर्देशन प्राप्त नहुनु तथा चिनियाँ जहाजको 'पर्फर्मेन्स' असाध्यै कम भएका कारण दोधारमा परेको निगमको सञ्चालक समितिले यसअघि तीन महिनाका लागि बिमा नवीकरण गरेको थियो।
'चिनियाँ जहाजका प्राविधिक समस्या समाधान गर्नेबारे चिनियाँ पक्षसँग कुराकानी भइरहेको छ र उताबाट पनि प्रतिबद्धता आएपछि हामी अगाडि बढेका हौं,' शर्माले भने, 'यता पर्यटन मन्त्रालयले पनि समस्या समाधान गर्न एक उच्चस्तरीय समिति गठन गरको छ।'
जहाजको बिमा नवीकरण नगरी उडाउन पाइँदैन। एमए–६० को बिमा नवीकरण गर्नुपर्ने अन्तिम मिति सोमबार (साउन ११) सम्म थियो। सोमबारभित्र नवीकरण नगरे मंगलबारबाट यो जहाज उडाउन पाइँथेन। राष्ट्रिय बिमा संस्थानमार्फत बेलायतस्थित बिमा कम्पनीलाई बिमा शुल्क पठाइने निगमले जनाएको छ।
यसपालि भने चिनियाँ जहाजको बिमा शुल्कमा २५ प्रतिशतको छुट प्राप्त भएको निगमका प्रवक्ता शर्माले जानकारी दिए। नेपालको उड्डयन सुरक्षामा सुधार भएको र चिनियाँ जहाज सञ्चालक निगमको पनि उड्डयन सुरक्षा मापदण्ड बढेको भन्दै बिमा शुल्कमा छुट प्राप्त भएको निगमको भनाइ छ।
जसअनुसार बिमा शुल्कमा २ करोड २६ लाख ३० हजार रुपैयाँ छुट भएको छ। अब निगमले ६ करोड ७८ लाख ९० हजार रुपैयाँमात्र तिरे पुग्छ। गत वर्ष निगमले यो जहाजलाई एक वर्षको बिमा शुल्कवापत ९ करोड ५ लाख २० हजार रुपैयाँ तिरेको थियो। यसको दैनिक बिमा शुल्क २ लाख ४८ हजार रुपैयाँ थियो।
एमए–६० को बिमा शुल्क अत्यधिक महँगो हुनुका साथै अन्य प्राविधिक समस्या उच्च भएका कारण यसलाई उडाउने हो वा होइन भन्ने निर्णय गर्न निगमले पर्यटन मन्त्रालयको सहयोग मागेको थियो। मन्त्रालयले प्राविधिक समस्या हल गर्न सहयोग गर्ने आश्वासन दिए पनि बिमा नवीकरणबारे आफैं निर्णय गर्नुपर्ने बताएको थियो।
निगम सञ्चालक समितिले २०७१ माघ दोस्रो साता बिमा शुल्क उच्च हुनुका साथै चिनियाँ जहाजको उडान क्षमता कम भएको भन्दै पर्यटन मन्त्रालयलाई पत्राचार गरी समस्या समाधानका लागि चीनसँग वार्ता गरिदिन आग्रह गरेको थियो। निगमले २०७१ चैत ११ को समयसीमा तोक्दै चिनियाँ जहाजका समस्या समाधान नभए चीनबाट ल्याउन बाँकी चार जहाज नल्याउने र यहाँ सञ्चालनमा रहेका दुई जहाज फिर्ता पठाउने निर्णय त्यसबेला पनि गरेको थियो।
त्यसको करिब दुई महिनापछि मन्त्रालयले चिनियाँ पक्षसँग वार्ता गरे पनि ठोस काम भने हुन सकेको थिएन। जहाजको बिमा रकम उच्च भएको भन्ने निगमको भनाइलाई चिनियाँ पक्षले 'यसमा आफ्नो चासो नभएको' र मन्त्रालयले पनि बिमाको समस्या निगम आफैंले समाधान गर्नुपर्ने धारणा राखेपछि निगममा थप अन्योलमा थियो।
निगमका अनुसार एमए–६० को बिमा शुल्क जहाजको कुल मूल्यको ४ दशमलव ७ प्रतिशत रहेको छ। निगमले एयरबससँग खरिद गरेको 'ए३२०–२००' सिरिजका जहाज र बोइङसँग करिब तीन दशकदेखि किनेको 'बि७५७' सिरिजका जहाजको वार्षिक बिमा शुल्क जहाजको कुल मूल्यको डेढ प्रतिशतमात्र छ।
निगमले २०७१ वैशाख १४ मा एमए–६० काठमाडौं ल्याएको थियो। यसले असार ११ बाट नियमित उडान सुरु गरेको थियो। त्यसपछि माघसम्ममा प्राविधिक समस्याका कारण करिब एक दर्जन पटक यो जहाज 'ग्राउन्डेड' भएको थियो, जसबाट ८० दिन सेवा अवरुद्ध भएको थियो। 'ब्रान्ड न्यु' जहाजबाट बजार हिस्सा बढ्ने र प्रशस्त नाफा गर्ने निगमको योजना अहिले पूरै असफल भएको छ।
निगमले गत माघ दोस्रो साता मन्त्रालयमा पठाएको पत्रमा एमए–६० सञ्चालनमा आएको सात महिनामा ८० दिन ग्राउन्डेड, स्पेयर पार्ट्स (जगेडा पुर्जा) असाध्यै महँगो, ल्याउन परे सामान आइपुग्न धेरै दिन लगाइदिने, पाइलट, इन्जिनियर, क्याबिन त्रु्कलगायतको तालिम खर्च निगमसँगै रहेका बोइङ ७५७ (ठूला जहाज) को दाँजोमा एमए–६० मा तीनदेखि चार गुणा महँगो र बिमा शुल्क पनि एयरबस वा बोइङका ठूला जहाजका तुलनामा तीन गुणा बढी रहेको उल्लेख छ।
त्यसैगरी चीनले जहाज पठाउनुअघि दिएको विवरण (स्पेसिफिकेसन) अहिले जहाजमा नमिलेको पनि पत्रमा उल्लेख छ। जहाज आउनुअघि जति भारवहन क्षमता भनिएको थियो, त्यो अहिले नमिलेको पत्ता लागेको थियो।
पत्रका अनुसार काठमाडौंबाट ५६ सिट क्षमताको एमए–६० उड्दा ५४ यात्रुमात्र राख्न मिल्छ। तापक्रम र धावनमार्ग लम्बाइका आधारमा काठमाडौं फर्किंदा यो जहाजले न्यूनतम ३६ (भद्रपुरबाट फर्कंदा) र बढीमा ४८ (धनगढीबाट फर्कंदा) जना यात्रुमात्र ल्याउन सक्छ।