काठमाडौं- सरकारले आगामी ३ वर्षभित्र मुलुकलाई चामलमा आत्मनिर्भर बनाउने उद्देश्यसहित १२ जिल्लामा बृहत्तर धान उत्पादन र मसिना तथा वास्नादार धान उत्पादन प्रवर्द्धन कार्यक्रम लागू गर्ने भएको छ।चालू आर्थिक वर्षको बजेटमा सो कार्यक्रमलाई प्रथामिकतासाथ राखिएको छ। अधिक धान उत्पादन हुने जिल्लामा बृहत्तर धान उत्पादन कार्यक्रम लागू गर्न लागिएको हो। झापा, सुनसरी, मोरङ, सर्लाही, पर्सा, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, वर्दिया, कैलाली र कञ्चनपुरमा यो कार्यक्रम लागू हुने मन्त्रालयको योजना महाशाखा प्रमुख योगेन्द्रकुमार कार्कीले जानकारी दिए।
बर्सेनि १० अर्बभन्दा बढी मूल्यको चामल भारतलगायत मुलुकबाट आयात हुन थालेपछि कृषि विकास मन्त्रालयले आगामी तीन वर्षमा मुलुकलाई आत्मनिर्भर बनाउने गरी योजना तयार गरेको दाबी छ। उक्त योजना छानिएका जिल्लामा तत्काल कार्यान्वयनमा लगिने सहसचिव कार्कीले जानकारी दिए। मन्त्रालयले धानको हालको प्रतिहेक्टर उत्पादकत्व ३.२ टनबाट ४.२ टनबाट पुर्या उने लक्ष्य राखेको छ। प्रतिहेक्टर उत्पादकत्व ३.२ बाट ३.५ मा वृद्धि भएपछि धान आयात दरलाई प्रतिस्थापन गर्न सकिने कार्कीले जानकारी दिए। सो कार्यक्रममार्फत चैते धानको क्षेत्रफल ३३ हजार हेक्टर पुर्याभउने लक्ष्य छ। उक्त क्षेत्रफलबाट ५ लाख ३० हजार टन उत्पादन हुने मन्त्रालयको अनुमान छ।
योजना सफल बनाउन मल, सिँचाइ, यान्त्रीकरण, बजारीकरण, पोस्ट हार्भेस्ट कार्यक्रम एकीकृत रूपमा किसानलाई उपलब्ध गराउने मन्त्रालयका सहप्रवक्ता शंकर सापकोटाले जानकारी दिए।
चारदेखि ६ बिघा क्षेत्रफलमा चैते धान रोप्ने किसानका लागि सरकारले निःशुल्क स्यालो टयुबवेल जडान गरिदिने छ। साथै सुलभ दरमा बिजुली, उन्नत बिउ र मल उपलब्ध गराउने तयारी छ। सापकोटाका अनुसार पहिलो वर्ष आयात दर १४ अर्बबाट घटाएर ६ अर्बमा झारिनेछ। दोस्रो वर्ष ६ बाट दुई अर्बमा झारिनेछ। तेस्रो वर्ष दुई अर्बबाट आत्मनिर्भर बनाएर दुई अर्ब मूल्य बराबरको निर्यात गर्ने मन्त्रालयको योजना छ।
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्षको १० महिनामै २० अर्ब ३६ करोड रुपैयाँ मूल्यको चामल भारतबाट आयात भएको छ। त्यसैगरी, मन्त्रालयले धानमा मुलुकलाई आत्मनिर्भर बनाउन गत आवदेखि अर्को नयाँ कार्यक्रम मसिना बास्नादार धान उत्पादनलाई कार्यान्वयनमा ल्याइएको छ। हाल उक्त कार्यक्रम २० जिल्लामा लागू गरिएको छ।
झापा, मोरङ, सुनसरी, धनुषा, सिराहा, बारा, चितवन, काठमाडौं, ललितपुर, नवलपरासी, रुपन्देही, कपिलवस्तु, बाँके, बर्दिया, दाङ, गुल्मी, लमजुङ, कैलाली, कञ्चनपुर र डोटी जिल्लामा गरी ७ हजार ५ सय हेक्टरमा मसिना बास्नादार धान उत्पादन कार्यक्रम कार्यान्वयनमा ल्याइएको मन्त्रालयले जनाएको छ।
यो कार्यक्रमका लागि मन्त्रालयले बिउ र माटो सुधार गर्न मल र प्रविधिमा किसानलाई अनुदान दिन ३ करोड रुपैयाँ विनियोजन गरेको छ। नेपालमा १४ लाख २५ हजार हेक्टरमा धानखेती हुँदै आएको छ। कार्यक्रमअन्तर्गत मसिनो तथा बास्नादार धानको बिउ किन्ने किसानलाई ५० प्रतिशतसम्म अनुदान व्यवस्था गरिएको थियो।
धानविज्ञ भोलामानसिंह बस्नेत उन्नत बिउ, सिँचाइ, मल र यान्त्रीकरणबिना उत्पादकत्व बढाउन नसकिने बताउँछन्। उपयुक्त रणनीति नल्याए धानमा आत्मनिर्भर हुन समस्या हुने उनले बताए। 'नेपाललाई धानमा आत्मर्निभर बनाउने हो भने देशैभरि धान मिसन कार्यक्रम सञ्चालन गर्नुपर्छ,' उनले नागरिकसँग भने, 'अनिमात्रै आत्मनिर्भर हुन सकिन्छ।'
मन्त्रालयका कार्की नेपालमा १४ अर्ब रुपैयाँको धानमात्र नपुग भएको बताउँछन्। तर वार्षिक २५ अर्बभन्दा बढीको आयात भइरहेको सरकारी तथ्यांक छ। राइस मिलले धान कुटेको शुल्क महँगो लिएकाले सीमा क्षेत्रका नेपालीले भारतीय मिलमा लगेर कुटाएर ल्याएको चामलको अभिलेख समेत आयातितको रुपमा राखिएकोले त्यस्तो देखिएको हो।
सरकारले आर्थिक वर्ष २०७१/७२ देखि मसिना तथा बास्नादार धानको उत्पादन बढाई मसिना चामलमा आत्मनिर्भर हुने र आयात प्रतिस्थापन गर्ने उद्देश्यले मसिना धान उत्पादन प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्न लागेको हो।
'मन्त्रालयले माटोको उर्वराशक्ति कायम गरी मसिना तथा बास्नादार धान उत्पादन गर्ने प्रविधिमा पहुँच बढाउनुका साथै उद्योगी, व्यवसायीको समन्वय र संलग्नतामा उक्त धानको बजारीकरणलाई सहजीकरण गर्नेछ,' मन्त्रालयका प्रवक्ता उदयचन्द्र ठाकुरले भन्छन्, 'मसिना तथा बास्नादार धान उत्पादन प्रवर्द्धन कार्यक्रम सञ्चालनका लागि मन्त्रालयले कार्यविधि तयार गरी कार्यान्वयनको चरणमा गइसकेको छ।'
उक्त कार्यक्रम नेपालमा मसिना र बास्नादार धान खेती विस्तारको सम्भाव्यता रहेका तराई, भित्री मधेस र पहाडी जिल्लामा सञ्चालन गरिने कार्यविधिमा उल्लेख छ। पहिलो वर्ष २० जिल्लामा कार्यक्रम सञ्चालन गरिनेछ। दोस्रो वर्षदेखि सम्भावना भएका जिल्ला थप्न सकिने कार्यविधिमा उल्लेख छ। कार्यक्रम कार्यान्वयनका लागि मसिना तथा बास्नादार धान खेतीको सम्भावना भएका गाविसको छनोट हुनेछ र कृषक समूह/सहकारीको साझेदारीमा कार्यक्रम सञ्चालन गरिनेछ।
कार्यविधिमा तराईको हकमा प्रतिगाविस कम्तीमा ५० हेक्टर र पहाडी तथा उच्च पहाडी जिल्लाको हकमा प्रतिगाविस कम्तीमा २० हेक्टर क्षेत्रफलमा मसिना तथा बास्नादार धान खेती विस्तार हुने गरी कार्यक्रम लागू गरिएको छ।
कृषि विभागमार्फत सम्बन्धित क्षेत्रीय कृषि निर्देशनालय र जिल्ला कृषि विकास कार्यालयलाई बजेट र खर्च गर्ने अख्तियारीका साथ स्वीकृत कार्यक्रम उपलब्ध गराइएको छ। निर्देशनालयबाट कार्यक्रम कार्यान्वयनमा संलग्न हुने सबै क्षेत्रीय कृषि निर्देशनालय र जिल्ला कृषि विकास कार्यालयलाई कार्यक्रम कार्यान्वयन सम्बन्धमा आवश्यकतानुसार अभिमुखीकरण तथा प्राविधिक पृष्ठपोषण गरिएको छ।
कृषकहरुलाई बिज वृद्धिमा प्रयोग हुने मसिना तथा बास्नादार धानका सूचित जातका उन्नत वा दर्ता भएका जातका स्रोत बिउमा ५० प्रतिशत अनुदान दिइएको छ। नेपालमा विकास भई सूचित भएका मसिना तथा बास्नादार धानका उन्नत वा स्थानीय रुपमा छनोट भई दर्ता भएका जातका बिउ कृषकलाई ७५ प्रतिशत अनुदानमा उपलब्ध गराउने, हरियो मलको प्रयोगलाई प्रोत्साहन गर्न शतप्रतिशत अनुदानमा ढैंचा, सनई, मुंग आदिको बिउ वितरण गर्ने कार्यक्रम छ।