पोखरा- मुलुकका अरु ४० नगरपालिकाले सुरु गरिसकेको एकीकृत सम्पत्ति कर पोखरा उपमहानगरपालिकाले पनि यो आर्थिक वर्षदेखि लागू गरेको छ। १८ औं नगर परिषदबाट पारित भइसकेको भए पनि केही स्थानीयको विरोधका कारण यो कर लागू हुन सकेको थिएन। यसपालि भने दलहरुको सहमतिमा नगरपालिकाले एकीकृत सम्पत्ति कर (आइपिटी) लागू गरेको हो।नगरपालिकाले यसअघि लिँदै आएको मालपोत र घरजग्गा करको सट्टामा आइपिटी लागू गरेको जानकारी कार्यकारी अधिकृत उदयबहादुर रानाले दिए। शुक्रबार सेवाग्राही रामचन्द्र अधिकारीलाई रसिद हस्तान्तरण गरी उनले नयाँ कर प्रणाली सुरु गरेका थिए। 'सेवाग्राहीले सम्पूर्ण सम्पत्तिको एकमुष्ठ कर तिर्ने प्रणाली सुरु गरेकाले मालपोत करमा आधा छुट दिएका छौं,' उनले भने, 'करको दर घटाउने दायरा बढाउने उद्देश्य छ।
एकीकृत सम्पत्ति कर प्रणाली स्थानीय स्वायत्त शासन ऐन बमोजिम नगरपालिकाहरुले आफैं निर्धारण गर्न सक्छन्। कर निर्धारण गर्ने अधिकारी उक्त ऐनले नगरपालिकालाई दिएकाले नगरपालिकापिच्छे यसको दर फरक हुन सक्छ। पोखराले कृषि र पर्यटनलाई विशेष छुटको व्यवस्था गरेको छ। ४ रोपनीभन्दा बढी जमिनमा खेतीपाती वा पशुपालन गरिएको भए त्यसलाई कृषि प्रयोजनको जग्गा मानेर कर तिर्न सकिने व्यवस्था मिलाइएको छ। 'कृषि भूमिको करमा ४० र पर्यटनकोमा ३० प्रतिशत छुट हुनेछ,' नगरपालिकाका कर अधिकृत शर्माले भने। पोखरा मुलुककै दोस्रो पर्यटन गन्तव्य हो। यहाँको कृषिभूमि भने पछिल्लो समय घट्दै गएको छ।
नगरपालिकाले तोकिएको अवधिभन्दा अगाडि सम्पति कर तिर्नेलाई १० प्रतिशत छुटसमेत दिने भएको छ। त्यस्तै आरसिसी घरहरुको ह्रासकट्टीका आधारमा प्रत्येक वर्ष कर घट्ने जानकारी पनि कर अधिकृत शर्माले दिए।
अहिलेसम्म पोखरा नगरभित्र १८/२० हजार संख्याका घरजग्गा धनीले मालपोत र घरजग्गा कर तिर्दै आएकोमा यो वर्ष नै एकीकृत सम्पत्ति कर तिर्नेको संख्या ५० हजार पुर्यागउने लक्ष्य राखिएको कर अधिकृत शिवहरि शर्माले बताए। आइपिटी वैज्ञानिक कर प्रणाली भएको बताउँदै उनले सेवाग्राहीले सजिलो तरिकाले तिर्न मिल्ने व्यवस्था नगरपालिकाले मिलाउन लागेको जानकारी दिए। 'कर संकलन गर्न भनेर ३ वटा काउन्टर राखेका छौं, कर्मचारी पनि थपेका छौं,' उनले भने, 'अहिले थपिएका नयाँ वडामा त्यहींबाट कर संकलन गर्ने प्रबन्ध मिलाउने तयारी पनि छ।
मालपोतले गरेको जग्गा मूल्यांकनका आधारमा एकीकृत सम्पत्ति करमा जग्गाको मूल्यांकन गरिने जानकारी पनि कर अधिकृत शर्माले दिए। अहिलेसम्म व्यक्तिको स्वामित्वमा रहेको छुट्टाछुट्टै जग्गा जमिनको फरकफरक गरी कर तिर्नुपर्दै आएकोमा एकीकृत गरी तिर्ने प्रणाली लागू भएको हो। 'कसैले पनि अब यो कर नतिरी नगरपालिकाबाट पाउन कुनै सुविधा लिन पाउँदैनन्,' शर्माले भने, 'यस्तो बाध्यकारी हुँदा करको दायरा बढ्ने विश्वास गरेका छौं।' उनका अनुसार पोखराले अहिलेसम्म घरजग्गा र मालपोत कर शीर्षकमा वार्षिक ७ करोड रुपैयाँ संकलन गर्दै आएको छ। अब भने त्यो रकम वृद्धि हुने अपेक्षा गरिएको छ।