इलाम- खोलानाला धेरै भएको पूर्वमा एकपछि अर्को जलविद्युत आयोजना निर्माणको अन्तिम चरणमा छन्। द्रुत गतिमा निर्माण भइरहेका तीन आयोजनाको काम निर्धारित अवधिमा सकिए आगामी ६ महिनाभित्रै यसक्षेत्रबाट ४७ मेगावाट विद्युत थपिनेछ। उत्पादित विद्युत पूर्वाञ्चलमा खपत भइनसकेर राष्ट्रिय प्रसारण जोडिने छ।पाँचथरस्थित हेंवाखोलाको पानी सदुपयोग गर्ने गरी निर्माण भइरहेको हेंवाखोला ए, इलामस्थित माइखोलाको पानी प्रयोग गर्ने गरी निर्माणाधीन् अप्परमाई र सानिमा माई जलविद्युत आयोजना अन्तिम चरणमा पुगेका छन्। ठूलो लगानीमा निर्माणाधीन् हेंवा ए १५, अप्परमाई १० र सानिमा माई २२ मेगावाट विद्युत उत्पादन गर्नसक्ने क्षमताका आयोजना हुन्।
त्यसबाहेक, इलाम र पा"चथरमा अरु आधा दर्जन जलविद्युत आयोजना पनि निर्माणक्रममा छन्। ती आयोजना प्रारम्भिक चरणमा रहेकाले विद्युत उत्पादन हुन केही समय लाग्नेछ। हेंवाखोलामै दुईटा, पुवाखोला, माइखोला, जोगमाई र सिद्धिखोलामा एक/एक आयोजना निर्माणक्रममा छन्। ती आयोजना सकि"दा इलाम र पा"चथरबाटै उत्पादन हुने विद्युत सय मेगावाट नाघ्नेछ।
यसअघि ३३ केभी प्रसारण लाइनमा जोडिइसकेका नेपाल विद्युत प्राधिकरणको पुवाखोला जलविद्युत आयोजना, हिमाल दोलखा हाइड्रोपावर कम्पनीको माइखोला साना जलविद्युत आयोजना र जोशी हाइड्रोपावर कम्पनीको पुवाखोला जलविद्युत आयोजनाबाट १२ मेगावाट विद्युत उत्पादन भइरहेको छ। त्यसमा तीन आयोजनाको उत्पादन जोड्दा ५९ मेगावाट विद्युत उत्पादन हुने देखिन्छ।
'हामी निर्माणको अन्तिम चरणमा पुगेका छौं, ६ महिनाभित्रमा विद्युत उत्पादन सुरु गर्छौं' हेंवाखोला ए जलविद्युत आयोजनाका म्यानेजिङ डाइरेक्टर पुष्पज्योति ढुंगानाले भने, 'धेरैजसो काम सकिइसकेकाले ६ महिनापछि विद्युत उत्पादन गर्न सक्ने स्थितिमा छौं।' हेंवामा उत्पादित विद्युत कावेली करिडोरमार्फत राष्ट्रिय प्रसारणमा जोड्ने तयारी भइरहेको ढुंगानाले बताए।
इलामको मावुस्थित माइखोलाको पानी सदुपयोग गर्ने गरी निर्माणाधीन अप्परमाई जलविद्युत आयोजना पनि अन्तिम चरणमा छ। माइभ्याली हाइड्रोपावर कम्पनीद्वारा निर्मित आयोजना मंसिरसम्ममा पूरा हुने र उत्पादित विद्युत राष्ट्रिय प्रसारणमा जोडिने कम्पनीका निर्देशक सन्तोषकुमार प्रधान बताउ"छन्। त्यसैअन्तर्गत क्यास्केट आयोजना पनि मावुमा निर्माणाधीन् छ।
माइखोलाकै पानी प्रयोग गर्ने गरी इलामकै चिसापानी र सोयाकवीच निर्मित सानिमा माई जलविद्युत आयोजना आंशिक सञ्चालनमा छ। दानावारी गाविसमा पावर हाउस रहेको उक्त आयोजनाबाट हाल केन्द्रिय प्रसारणमा जोड्न समस्या भएकाले सात मेगावाट मात्र विद्युत उत्पादन भइरहेको छ। आयोजनाका जनसम्पर्क अधिकृत बसन्त पौडेलले केही महिनाभित्रै २२ मेगावाट उत्पादन हुने बताए।
एकपछि अर्को गर्दै ठूलो क्षमताका जलविद्युत आयोजना निर्माण पूरा हुनलाग्दा ट्रान्समिसनको कामलाई उत्तिकै द्रुत गतिमा सम्पन्न गर्न लागिपरेको कावेली करिडोर आयोजना प्रमुख दिपेन्द्रराज द्विवेदी बताउ"छन्। 'इलाम र पा"चथरमा ६ महिनाभित्रै तीनटा आयोजनाबाट ४७ मेगावाट जति विद्युत उत्पादन हु"दैछ,' द्विवेदीले नागरिकलाई भने, 'त्यसलाई राष्ट्रिय प्रसारणमा जोड्न करिडोरको कामलाई तीव्र पारेका छौं।'
झापाको दमकदेखि पा"चथरको अमरपुरसम्मको ९० किलोमिटर लामो दूरीमा दुई सय ५८ वटा टावर बनाई करिडोर पूरा गर्नुपर्नेछ। यही असार मसान्तमा काम सक्नुपर्ने प्रारम्भिक योजना भए पनि ठेकेदारको ढिलासुस्तीले लक्ष्य पूरा नहु"दा करिडोरको कामलाई १८ महिना समय थपिएको छ। द्विवेदी भन्छन्, 'त्यो अवधिमा काम सक्छौं र यस क्षेत्रमा उत्पादित विद्युत राष्ट्रिय प्रसारणमा जोड्नेछौं।'