काठमाडौं– सरकारले बुढीगण्डकी जलविद्युत् आयोजना विकास समितिको कार्यकारी निर्देशक नियुक्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यसअघि ऊर्जा मन्त्रालयले निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिएको गोपालबहादुर बस्नेतलाई नै कार्यकारी निर्देशक नियुक्त गरेको हो।
गत मङ्सिर २९ गतेको राजपत्रमा सूचना प्रकाशित गरी सरकारले दुबै समितिको गठन आदेश संशोधन गरी ऊर्जा मन्त्रालयले उक्त आयोजनाको कार्यकारी अधिकार अध्यक्षबाट झिकेर कार्यकारी निर्देशकमा प्रत्यायोजना गरेको थियो। संशोधित गठन आदेशअनुसार समितिको कार्यकारी निर्देशकमा ऊर्जा मन्त्रालयको सह–सचिव वा नेपाल विद्युत् प्राधिकरणको ११ औं तह(प्रथम श्रेणी)को कर्मचारीलाई नियुक्त गर्नु पर्ने प्रावधान थियो।
तर, समितिमा पठाउन मन्त्रालयले प्रथम श्रेणीका कर्मचारी नभेटेपछि गत पुसमा अघिबाट नै बुढीगण्डकी आयोजनामा काजमा काम गरिरहेका विद्युत विकास विभागका सिनियर डिभिजनल इञ्जिनिय बस्नेतलाई निमित्तको जिम्मेवारीमा नियुक्त गरेको थियो। उनै बस्नेतलाई हाल कार्यकारी निर्देशकमा नियुक्त गर्ने मन्त्रालयले लगेको प्रस्तावलाई मन्त्रिपरिषद् बैठकले अनुमोदन गर्दै राजनीतिक नियुक्ति गरेको हो।
मन्त्रालयलले एउटै प्रकृतिको समितिका रुपमा चलिरहेको नलसिङ्गाढ जलविद्युत् विकास समितिको कार्यकारी निर्देशक नियुक्तिको प्रस्ताव भने हालसम्म मन्त्रिपरिषदमा लान सकेको छैन। यस समितिमा पनि मन्त्रालयले गत पुसमै त्यही आयोजनामा कार्यरत विद्युत विकास विभागका सिनियर डिभिजनल इञ्जिनियर सुर्यप्रसाद रिजाललाई निमित्त कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो। तर, उक्त आयोजनाको कार्यकारी निर्देशकमा राजनीतिक नियुक्ति गर्ने विकल्पमा सम्भावित धेरै उम्मेदवार भएका कारण निर्णय लिन नसकिरहेको मन्त्रालय स्रोतले बताएको छ।
सरकारी संस्थान(विकास समिति)कै रुपमा स्थापना गरिएको बुढीगण्डकी विकास समितिले १ हजार २ सय मेगावाटको बुढी गण्डकी र नलसिङ गाढ जलविद्युत् आयोजना विकास समितिले ४ सय १० मेगावाटको नलसिङ्गाढ जलाशययुक्त आयोजना अघि बढाउने लक्ष्य लिइएको छ। तर, सरकारी संस्थानहरुको नतिजा राम्रो नभएका कारण चौतर्फी विरोध भइरहेका कारण यसलाई संस्थान वा पब्लिक कम्पनीका रुपमा अघि बढाउने भन्ने द्विविधामा ऊर्जा मन्त्रालय परेको छ ।
भारत सरकारले नेपाललाई दिने भनिएको रु. १ खर्ब सहुलियत ऋणको ठूलो हिस्सा बुढीगण्डकीमा लगानी गर्ने भनेको भए पनि ठोस निर्णय गर्न सकेको छैन।
गोरखा र धादिङ जिल्लाको सीमा पर्ने बुढीगण्डकी नदीबाट करिब २ खर्ब ५० अर्बको लगानीमा बुढीगण्डकी र जाजरकोट जिल्लाको नल्स्यागु गाढ नदीबाट करिब रु. ३९ अर्ब ८५ करोडको लागत नलसिङगाढ जलाशययुक्त विद्युत् आयोजना निर्माण अघि बढाउन उक्त दुई समिति गठन गरिएको हो।