काठमाडौं– इन्सेन्टिभ होलिडेज कम्पनीले मोबाइल एप 'गो नेपाल होलिडे' सार्वजनिक गरेको छ। भुकम्पपछि नेपालको पर्यटनलाई टेवा पु¥याउने उद्देश्यका साथ कम्पनीले बिहीबार सार्वजनिक गरेको उक्त ट्राभल एप नेपालकै पहिलो भएको दाबी गरेको छ।
ए
न्ड्रोइड अपरेटिङ सिस्टम र आइफोन अपरेटिङ सिस्टम भएका मोबाइल फोन तथा आईटी ग्याजेटहरुमा डाउनलोड गर्न सकिने 'गोनेपाल होलिडे एप' मा नेपालमा रहेका अधिकांश पर्यटकीय गन्तव्य, होटल, ट्रेकिङ, नक्सा जस्ता पर्यटनस"ग सम्बन्धीत सम्पूर्ण जानकारी एवं सूचनाहरु रहेको कम्पनीले बताएको छ।
अमेरिकी नागरिक तथा नेपालमा निरन्तर आइरहने स्वयंसेवी पर्यटक लोरेन वेबेकले मोबाइलमा एप डाउनलोड गरेर उक्त एप सार्वजनिक गरेका थिए।
कम्पनीका कार्यकारी अध्यक्ष हरिमान लामाले नेपाल आउने पर्यटकहरुले मोबाइल एपकै माध्यमबाट होलिडे प्याकेज लिन पाउने सुविधाका लागि ट्राभल एप सार्वजनिक गरिएको बताए। वैशाख १२ गते गएको भूकम्पले नेपालको पर्यटन क्षेत्रमा पु¥याएको क्षतिबारे अन्तर्राष्ट्रिय रुपमा नकारात्मक प्रचार भैरह"दा त्यसले नेपालको पर्यटन क्षेत्रलाई असर गरेकाले नेपाल सुरक्षित रहेको सन्देश फैलाउन पनि एपको सहारा लिइएको बताए।
'नेपाली अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको पर्यटन क्षेत्रको पुनरुत्थान तथा यसलाई दिगो रुपमा विकास गर्नु सरकार, निजी क्षेत्र, सरोकारवालालगायत सबै नेपालीहरूको दायित्व हो,' उनले भने, 'यही दायित्व महसुस गर्दै विदेशी पर्यटकहरुको सुविधाका लागि हामीले एप सार्वजनिक गरेका हौं।' यसमा गेटवे पेमेण्ट सिष्टमबाट अनलाइन बुक गर्ने सकिने पनि उनले बताए।
'गो नेपाल होलिडे'मा हाल नेपालका विभिन्न स्थानमा रहेका ४० भन्दा बढी होटलहरूको बारेमा अधिकांश जानकारी उपलब्ध छन् । त्यस्तै नेपालका प्रमुख शहर एवं पर्यटकीय गन्तव्यहरूको नक्सा, पर्यटकहरूलाई आवश्यक पर्ने यातायातका साधन, ट्रेकिङ रुट अदि जस्ता विदेशी एवं स्वदेशी पर्यटकहरुलाई आवश्यक पर्ने सम्पूर्ण जानकारी रहेको कम्पनीले जनाएको छ।
कम्पनीकी अनुसन्धान तथा व्यवसाय प्रबन्धक इच्छा लामिछानेले पछिल्लो पटक स्मार्टफोन प्रयोग गर्नेको संख्या बढ्दै गएको र पर्यटकहरुले पनि अनलाइन बुकिङ गरेर ट्राभल गर्ने हुनाले एप उपयोगी भएको बताइन्।
कम्पनीले बिहीबारै गोनेपाल ई–म्याग्जिन पनि सार्वजनिक गरेको छ। गो नेपाल होलिडेको वेबसाइटमा गएर म्याग्जिन पढ्न सकिने लामिछानेले बताइन्।
त्यस्तै कम्पनीले नेपालको पर्यटन पुनरुत्थानका लागि गोनेपाल होलिडे फोटो कन्टेस्ट नामक फोटो प्रतियोगिताको पनि घोषणा गरेको छ। प्रतियोगितामा विश्वभरका फोटोग्राफरहरूले नेपालको सुन्दरतालाई कलात्मक र सकारात्मक तवरले उजागर गरिएका तस्बिर समावेश गराएर भाग लिन पाउने कम्पनीले जनाएको छ।
प्रतियोगितामा साहसिक, भूदृश्य, संस्कृतिक धरोहर र वन्य जीवजन्तु गरी प्रत्येक चार विधाका उत्कृष्ट एक–एक जनालाई पुरस्कृत गरिने कम्पनीले जनाएको छ। प्रतियोगितामा भाग लिन गो नेपाल होलिडे एप डाउनलोड गरेर त्यसमा भएका प्रक्रिया पूरा गर्नु उसले बताएको छ।
प्रतियोगितामा विजेता तस्बिरका फोटोग्राफरहरुलाई इन्सेन्टिभ होलिडेजकातर्फबाट पुरस्कारस्वरुप नेपाल भ्रमणको आकर्षक प्याकेज प्रदान गरिने कम्पनीले जनाएको छ । यस पुरस्कारअन्तर्गत प्रत्येक विधाका विजेताहरुलाई काठमाडौं–लुम्बिनी–चितवन–पोखराको टुर प्याकेज प्रदान गरिने कम्पनीको घोषणा छ।