काठमाडौं– जग्गाको ११ किसिमको वर्गीकरणसहति भूमिसम्बन्धी ऐन २०२१ संशोधन हुने भएको छ। संशोधनसहित स्वीकृतिको चरणमा रहेको भूमीसम्बन्धी ऐन २०७२ मा ११ किसिमले जग्गाको वर्गीकरण गरेको छ।
बिहीबार कृषि तथा जलश्रोत समितिमा भएको छलफल कार्यक्रममा जमीनलाई ११ क्षेत्रमा वर्गीकरणसहित स्वीकृतिका लागि संसदमा पठाउने तयारी भइरहेको जानकारी दिइयो। समिति सभापति गगन थापाले पुराना विषय हटाइ नयाँ विषय समावेश गरेर स्वीकृतिका लागि संसदमा पठाउने प्रक्रियामा रहेको बताए।
संशोधनसहित स्वीकृतिका लागि जान लागेको ऐनमा कृषि, अवाशीय, व्यावसायिक, औद्योगिक, खानी तथा खनिज, निर्माण सामग्री (ढुंगा, वालुवा, गिटी) सांस्कृतिक र पुरातात्विक महत्व, नदीनाला र ताल तलैया, वन सार्वजनिक उपयोग, खुला, जोखिम र तोकिएका बाहेक अन्य क्षेत्र जस्ता वर्गीकरण समावेश गरी संसोधन हुन लागेको हो
'समितिका छलफल भएपछि संसदले बिना हिचकिचाहट स्वीकृत गर्छ,' थापाले नागरिकसँग कुराकानी गर्दै भने, 'समितिबाट जे गएको छ। संसदले सोही पास गर्छ।' भूमी ऐन संसोधन भएर आएपछि जथाभावि रुपमा जग्गा प्लटिङ गर्न वा घर बनाउन नपाइने प्रावधान ल्याइने बताइएको छ।
जस्ले जता पायो उतै घर बनाउने र जग्गा प्लटिङ गर्ने अहिलेको परिपाटीले वस्तीको स्वरुप बिग्रिनुका साथै खेतीयोग्य जमीनसमेत मासिँदै गएपछि सरकाले यस विषयमा कडा बन्दै गएको हो । भूमि सुधार तथा व्यवस्था मन्त्री दलबहादुर रानाले एक हप्ताभित्र ऐन संसदबाट स्वीकृत हुने बताए।
समितिको बैठकका उपस्थित भएका राना संसोधन गरिसकेको र अव स्वीकृतिका लागि संसदमा लैजाने तयारी रहेको बताए।