इलाम-आर्थिक वर्ष सकिनै लाग्दा इलामको चमैंतास्थित बाघखोरमा बुधवार एउटा एक्स्काभेटर पुगेको छ। हप्तौं खोज्दा बल्ल भेटिएको त्यो भारी उपकरण अब केही दिन बाघखोरदेखि महभीर हुँदै चमैंताको फलाँटेसम्म मोटरबाटो बनाउँदै निस्कनेछ।स्थानीय उपभोक्तालाई मध्यवर्षामा मोटरबाटो बनाउनैपर्ने 'बाध्यता' छ, नत्र असार मसान्त नाघे विकास बजेट फ्रिज हुन्छ। त्यो मोटरबाटोलाई छुट्टिएको १२ लाख रुपैयाँ कति दिनमा कति किलोमिटर मोटरबाटो बनाएर सकिन्छ, धेरैलाई खुल्दुली छ।निर्वाचन क्षेत्र विशेष कार्यक्रमअन्तर्गत इलाम–३ का सभासद केशव थापाले पाएको एक करोड रुपैयाँबाट बाघखोर–फलाँटे मोटरबाटोलाई १२ लाख रुपैयाँ छुट्याइएको थियो। कार्यक्रम सञ्चालन कार्यविधिबमोजिम पहिल्यै उपभोक्ता समिति गठन भए पनि एक्स्काभेटर समयमा नपाउ"दा मोटरबाटो निर्माणमा विलम्ब भएको हो। सिमित बजेटले कयौं घुम्ती र थुपै्र खोल्साखोल्सी नघाएर मोटरबाटो फला"टे पुग्छ या बीचमै कतै टुंगिन्छ, न सभासदलाई थाहा छ, न उपभोक्ता समितिलाई।
'मेरो भूमिका योजना छनौटमा मात्र हो, बा"की सबै जिविसले हेर्छ' काँग्रेसबाट निर्वाचित सभासद थापाले बिहीवार भने, 'कुन कुन योजना कुन कुन चरणमा निर्माण हुँदैछन्, मलाई थाहा छैन।' जिविसका अनुसार, आफ्नो नाममा प्राप्त एक करोडबाट थापाले १० योजना छनौट गरेका छन्, ती सबै मोटरबाटो सम्बन्धित छन्। तीमध्ये बिहीबारसम्म पाँचवटा निर्माण सकिएको र पाँचवटा निर्माणकै क्रममा छन्। मध्यवर्षामा बनाइने मोटरबाटोको गुणस्तबारे कोही जवाफदेही छैनन्।
घोषणैदेखि विवादित र आलोचित यो कार्यक्रम अन्तर्गत करोडौं रकम छोटो समयमै यसैगरी देशभरी सकिँदैछ। कार्यक्रमको लक्ष्य र उद्देश्य आफैंमा नराम्रो नभए पनि कार्यान्वयन शैली फितलो हुँदा यसको प्रभावकारिता चित्तबुझ्दो नभएको हो। प्रतिनिर्वाचन क्षेत्र एक करोडका दरले दुई सय ४० क्षेत्रकै लागि छुट्टिएको दुई अर्ब ४० करोड रुपैयाँ फागुनदेखि जिल्ला जिल्लामा निकासा भएको थियो। संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जिविसमार्फत रकम पठाएको हो।
प्रत्यक्षतर्फका दुई सय ४० जनै सभासद संयोजक रहने गरी उनीहरुका निर्वाचन क्षेत्रमा एक/एक करोड रुपैयाँ बेलैमा विनियोजन भए पनि योजना निर्माणको काम ढिलो सुरु भएको हो। उपभोक्ता समिति गठनदेखि निर्माण उपकरण जुटाउँदासम्म झेल्नुपर्ने विवाद र ढिलासुस्तीले अपेक्षाअनुरुप समयमा काम नभएको सरोकारवाला बताउँछन्। अधिकतम १० आयोजनामा खर्च गर्न पाउने गरी विनियोजन भएको यो रकम मापदण्ड तोकिएका निश्चित आयोजनामा खर्चिनुपर्ने प्रावधान छ।
तर, जिल्ला–जिल्लाको अवस्था के छ भने, परम्परागत किसिमकै मोटरबाटो र खेलमैदान निर्माणमा यसलाई खर्चिएको छ। नियमावलीले बजेट अभावमा कार्यान्वयन हुन नसकेका, बजेट अभावले रोकिएका, प्रकोप–विपद्ले क्षति भएका र केन्द्रीय बजेटमा समावेश हुन नसकेका आयोजनालाई प्राथमिकता दिन भने पनि व्यवहारमा त्यो छैन। जिल्लास्थित दलका अगुवाले राजेका स्थल र आयोजना, त्यसमा पनि धेरैजसो मोटरबाटोमै रकम खर्च गरिएको छ।
कार्यक्रमको उद्देश्यलाई राष्ट्रिय शीर्ष नेताले नै बेवास्ता गरेको देखिन्छ। इलाम–१ बाट निर्वाचित एमाले सभासद झलनाथ खनालले छनौट गरेका आठ आयोजनामध्ये चार मोटरबाटोकै थिए। संविधानसभा अध्यक्ष सुवास नेम्वाङले आफ्नो क्षेत्र इलाम–२ लाई छानेका आयोजनामा मोटरबाटो नै धेरै थिए। इलाम–३ का थापाले १० आयोजनामध्ये १० वटै मोटरबाटो राजेका थिए। शीर्ष नेताले नै कार्यविधि बेवास्ता गरेर योजना छनौट गर्नुलाई 'कार्यकर्ता र मतदाता रिझाउने दाउ' भन्ने धेरै छन्।
नियमावलीले 'जिविसको प्राथमिकतामा परेका पूर्वाधार सम्बन्धी आयोजना'लाई समेट्न भने पनि खासै ध्यान दिइएको छैन। कार्यक्रमको उद्देश्य श्रममा आधारित रोजगारी सिर्जना गर्ने, जनसहभागिता जुटाउँदै उपभोक्ता समितिमार्फत चल्ने, जोखिम न्युनिकरण गर्ने, एकै आर्थिक बर्षमा सकिने र सार्वजनिक प्रकृतिका अधुरा आयोजनालाई समेट्नुपर्ने प्रावधान छ तर, हचुवाका भरमा आयोजना छानिएका छन्। महत्व दिइनुपर्ने भनिएका खोलानाला र पहिरो नियन्त्रण, खानेपानी र सरसफाईमा चासो दिइएको छैन।
'स्टिमेट तयार पार्दा लागत खर्च बढी देखाएर पैसा उबार्ने गरी बनाइएका योजना धेरै छन्,' योजना अनुगमनमा हिँडेका एक नेता भन्छन्, 'उब्रिएको पैसा पार्टी र कार्यकर्ता खर्चमा लाउने धेरैको दाउ छ।' सभासदकै नाममा छुट्टिने जनही १५ लाखअन्तर्गतका आयोजना पनि हचुवाको भरमै पूरा हुँदैन्। मेची पहाडमा सात निर्वाचन क्षेत्रमा एक/एक करोड, ती क्षेत्रबाट निर्वाचित सात सभासदका नाममा १५/१५ लाखका दरले १ करोड पाँच लाख र ९ जना समानुपातिक सभासदका लागि १५ लाखकै दरले एक करोड ३५ लाख रुपैयाँ चार महिनामा खर्च भइसक्न लागेको छ।
स्थानीय विकास अधिकारी सदस्य सचिव रहने गरी 'कार्यक्रम निर्देशन तथा व्यवस्थापन समिति'समेत गठन भएकाले आर्थिक पारदर्शितामा शंका नहुने इलामका योजना अनुगमन तथा प्रशासकीय अधिकृत चोलाराज पोखे्रल बताउँछन्। 'आयोजनाको छनौट, कार्यान्वयन र व्यवस्थापन कार्य निर्देशित गर्न त्यो समिति सक्रिय छ' उनी दावी गर्छन्, 'सरोकारवाला निकायका प्रमुखहरु सम्मिलित समितिले सरकारी रकम दुरुपयोग हुन दि"दैन र आयोजनाको अनुगमन गर्दै जनमुखी पार्न प्रयास गर्दैछ।'
छनौट भएका आयोजनाको अनुगमन र सार्वजनिक सुनुवाई नगरी अन्तिम भुक्तानी नदिइने प्रावधान छ। यसले रकम चुहावट हुने र काम निष्प्रभावी हुने सम्भावना नरहे पनि अनुगमनमा एकै व्यक्ति दोहोरिइरहने र सुनुवाईमा एक पक्षीय मानिस मात्र बोलाइने आरोप लाग्दै आएको छ। 'सभासदको रकम दुरुपयोग हुन नदिन थुप्रैवटा कानुनी प्रक्रिया र चरणहरु पूरा गरेपछि मात्रै सबै रकम भुक्तानी दिइने व्यवस्था छ' इलामका स्थानीय विकास अधिकारी मदन कोइराला दावी गर्छन्, 'जसले गर्दा छनौट भएका आयोजना राम्ररी निर्माण हुनेछन्।'