काठमाडौं– भूकम्पीय विपत्तिपछि सरकारले पुनःनिर्माणमा सहयोग जुटाउन बिहीबार राजधानीमा अन्तररार्ष्ट्रिय दाता सम्मेलन गर्दैछ। सम्मेलनमा भाग लिन आमन्त्रित ७० मुलुक तथा विकास साझेदार संस्थाका अधिकांश प्रतिनिधिहरु काठमाडौं आइसकेका छन्।
नेपालले चाहेको पुनःर्निर्माण मात्रै हो वा पुनःनिर्माणसहित नवनिर्माण भन्ने पनि सरकारले स्पष्ट पार्न सकेको छैन। अझ नेपालले दाताहरुबाट ऋण चाहेको वा अनुदान भन्ने विषयमा पनि स्पष्ट छैन। विकास साझेदारका रुपमा भित्रिने कतिपय दाताहरुले दिने अनुदान प्रत्युत्पादक भयो भने पचास करोड डलरमा जम्मा ६ ओटा घर बन्दा रहेछन् र आधा दशक वित्दा पनि आम नागरिकको पुनस्र्थापना हुन नसक्ने रहेछ भन्ने हाइटीको उदाहरणले प्रष्ट पार्छ। विज्ञहरुको चिन्ता छ। लिइएको ऋण प्रत्युत्पादक बन्दा देशमा कस्तो आर्थिक संकट आइलाग्छ भन्ने विषय ग्रीमा छाएको आर्थिक संकटको उदाहरणले प्रष्ट पार्छ।
विपतपछिको आवश्यकता आँकलन(पीडीएनए)प्रतिवेदनमार्फत् सरकारले पुनःर्निर्माणका लागि ६ सय ६९ अर्ब रुपैयाँ आवश्यक रहेको पहिचान गरेको छ। पीडीएनएले पुनर्निर्माणसहितको नव निर्माणको विषयलाई समेट्न सकेको छैन? नव निर्माणका लागि योजना बनाउन पर्याप्त समय चाहिने र भूकम्पजानासाथ त्यस्तो योजना बनाउन नसकिने विज्ञहरुको भनाइ छ।
'नेपालमा दिएको सहयोग रकम सदुपयोग हुन्छ भन्ने विश्वासिला आधारहरु यी यस्ता छन् भनेर सरकारले दताको विश्वास जित्न सक्नुपर्छ,' अर्थविद् विश्वम्भर प्याकुरेल भन्छन्।
अन्तरार्ष्ट्रिय दाता सम्मेलनमा सहभागी हुने विकास साझेदारको सहयोग कार्यान्यन गर्ने संयन्त्रका बारेमा सरकारले हतार–हतारमै भएपनि अध्यादेशमार्फत् पुनर्निर्माण तथा नवनिर्माण प्राधिकरण गठनको तयारी गरेको छ। यही अध्यादेशमार्फत गठन हुने संयन्त्र देखाएर दाताहरुको विश्वास जित्ने कोसिस गरेको देखिन्छ।
खर्च गर्ने क्षमता नभए ऋण र अनुदान दुवै प्रत्युत्पादक
सम्मेलनका संयोजकसमेत रहेका अर्थमन्त्री रामशरण महतले विकास साझेदारहरुलाई सकेसम्म अनुदान नै सहयोग गर्न आह्वान गरिने बताउँदै आएका छन्। 'सकेसम्म अनुदान दिन नै आह्वान गर्छौं,' अर्थमन्त्रीले विभिन्न फोरमहरुमा भन्दै आएका छन्, 'अनुदान नभएको अवस्थामा मात्र १ देखि डेढ प्रतिशत ब्याजदरसम्मको सहुलियत ऋण सहयोगका लागि आह्वान गर्छौं।'
अर्थविद्हरु भने खर्च गर्न सक्ने सरकारको क्षमता भएन भने अनुदान र ऋण दुवै प्रत्युत्पादक सावित हुने धारणा राख्छन्।
'अर्थ मन्त्रालयको विकास सहयोग प्रतिवेदनले ५ वर्षमा वैदेशिक सहयोगको ५० प्रतिशत रकम मात्र खर्च भएको देखाएको छ,' अर्थविद् विश्वम्भर प्याकुरेलले भने, 'हामीले आफ्नै बजेटको पूँजीगत खर्च पनि ११ महिनामा जम्मा ३० प्रतिशत गर्न सकेका छौं। यस्तो अवस्थामा अनुदानकै रकम पनि प्रत्युत्पादक भएर त्यसले मुद्रास्फिति बढाउन सक्छ।'
ऋण अनुदानले जतिसुकै सस्तो ब्याजदर भए पनि देशलाई ऋणको भार बढाउँछ। 'विभिन्न निकायबाट सरकारले लिएको ऋणको साँवा र ब्याजसहित सरकारले वार्षिक २२ अर्ब रुपैयाँ जति ऋण तिर्दै आएको छ,' उनले भने, 'तर, ऋण बढाउँदै जाने र खर्च गर्न क्षमता नबढाउने हो भने त्यस्तो ऋणले पूँजी निर्माण गरी बहुआयामिक सकारात्मक आर्थिक प्रभाव पार्न सक्दैन। अहिलेकै ऋण तिर्ने क्षमतालाई पनि क्षीण बनाउन सक्छ।'
बजेट कार्यान्वयको सैद्धान्तिक निर्णय र व्यवहारिक कार्यान्वयको क्षमता अभिवृद्धि गर्नुपर्ने विज्ञको बुझाइ छ।
अनुदानः शर्तसहित जसले दियो उसैले लान्छ
नेपालले हालसम्म प्राप्त गरेका अनुदान मध्ये अधिकांश अनुदान रकमहरुमा कडा शर्तहरु राखेर करिब ६० देखि ६५ प्रतिशत रकम जसले दियो उसैले लाने गरेका छन्। आफूले दिएको अनुदान रकमबाट चल्ने आयोजनामा संख्यासहति तोकेर आफैले परामर्शदाता पठाउन पाउने, आफैँले भनेको र आफ्नै देशको ठेकेदार नियुक्त गर्ने, आफैँले भनेको कम्पनीबाट निर्माण सामग्री किन्नु जस्ता शर्तसहितका अनुदान लिन नहुने पूर्व उपाध्यक्ष तथा पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्रीको बुझाइ छ।
'आफूले दिएको अनुदान दुरुपयोग नहोस् भन्ने आशयका दाताहरुले राख्ने शर्तहरुलाई मान्न सकिन्छ तर दिएको रकम आफैँले फिर्ता लिने किसिमको शर्तसहित आउने अनुदान अस्वीकार गर्नुपर्छ,' पूर्व उपाध्यक्ष क्षेत्री भन्छन्, 'इमानदार र सहयोगी भावनाले आउने अनुदानले हाम्रोजस्तो अल्पविकसित मुलुकको विकासमा सहयोगी हुन्छ। यसले जनताको टाउकोमा ऋणको भार बढाउँदैन।'
नगद अनुदानको सदुपयोग हुँदैन कि भनेर शंका गर्ने दाताहरुसँग सरकारले जिन्सी अनुदानका लागि पनि आह्वान गर्न सक्छ। 'विभिन्न जिन्सी सामग्रीका अनुदान पनि हामीले पुननिर्माण र नव निर्माणमा सहयोगी हुन सक्छन्। त्यसतर्फ सरकारले ध्यान दिनु आवश्यक छ,' उनले भने।
अर्थविद् डिल्लीराज खनाल पनि परिणाममुखी र दुरुपयोग नहोस् भन्ने आशयका अनुदानका लागि सरकारले आह्वान गर्नु पर्ने बताउँछन्। 'हामीले यस्तो प्रत्याभूति गर्नु पर्यो कि दाताले दिएको अनुदानको दुरुपयोग हुँदैन भन्नेमा दाता विश्वस्त हुन सकून्,' उनले भने।
'आफूले दिएको अनुदान दुरुपयोग होला कि भनेर आशंका गर्ने दाताहरुलाई विश्वस्त पार्न उनीहरुसहितकै अनुगमन समिति निर्माण गरेर कार्यान्वय गर्ने प्रस्ताव पनि सरकारले राख्दा हुन्छ,' पूर्व उपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्री भन्छन्।