काठमाडौं-असार २ गते वाणिज्य विभागको अनुगमन टोलीले काठमाडौं, कुलेश्वरमा कुहिएको र ढुसी परेको दाल बिक्री गर्दागर्दै फेला पर्योै। भोलिपल्ट चाबहिल, गौशाला क्षेत्रमा त्यही अवस्था दोहोरियो।
खानै नहुने दाललाई राम्रो भनेर बेच्ने कुलेश्वरका व्यापारीलाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया सुरु गरेको विभागले जनाएको छ। किरा लागेको, कुहिएको १२ बोरा दाल पनि नियन्त्रणमा लिएको विभाग महानिर्देशक शम्भु कोइरालाले जानकारी दिए।चाबहित र गौशाला क्षेत्रमा मिति सकिएर पनि कुहिएको दाल बिक्री भइरहेको विभागबाट खटिएको अनुगमन टोलीले फेला पार्यो्। मूल्य पनि ३० प्रतिशतसम्म बढाएर बेचेको फेला परेको विभागको भनाइ छ।
महानिर्देशक कोइरालाका अनुसार अनुगमन टोलीले कुलेश्वरस्थित नेपाल कविता ट्रेडर्समा कुहिएको दाल बेचिरहेको फेला पारेको थियो। ‘ट्रेडर्सको काम उपभोक्ता हितविपरीत छ,' उनले नागरिकसँग भने, ‘यसलाई कानुनी कारबाही हुन्छ।'
राजधानीका अन्य ठाउँमा पनि मिति सकिएको र कुहिएको दाल धमाधम बिक्री भइरहेको अनुगमनको क्रममा फेला परेको छ। दालको मूल्य अस्वाभाविक बढेपछि विभागले अनुगमन सुरु गरेको जनाएको छ।
व्यापारीले अन्तर्राष्ट्रिय बजारमा दालको मूल्य बढेको बहाना पारेर चर्को मूल्य लिइरहेका छन्। गुणस्तरहीन वस्तु चर्को मूल्य बेच्नु उपभोक्ता संरक्षण ऐन विपरीत हुने उपभोक्ता अधिकार अनुसन्धान मञ्च नेपालका अध्यक्ष माधव तिमल्सेनाले बताए। ‘दोषी ठहरिएका व्यापारीमाथि राज्यले कडा कारबाही गर्न जरुरी छ,' उनले भने, ‘त्यति भयो भने मात्रै रोकिएला नत्र उही हो।'
व्यापारीको लापरबाहीले उपभोक्ताको भान्छामा कुहिएको दाल पुगेको विभागको अनुगमन टोली प्रमुख हरिनारायण बेल्वासेले बताए। यी व्यापारीलाई कारबाही गरेरै छाड्ने उनको दाबी छ। थोक व्यापारीले बदमासी गरेपछि खुद्रा पनि त्यही बाटो समात्न बाध्य भएको बेल्वासेको भनाइ छ।
‘होलसेलले जस्तो सामान दिन्छ खुद्रा व्यापारीले त्यही बेच्ने हो,' मञ्चका तिमल्सेना भन्छन्, ‘ठूला व्यापारीलाई कारबाही गरे मात्रै बजार व्यवस्थित रुपमा चल्छ।
महानिर्देशक कोइरालाले ठूला व्यापारीको लापरबाहीका कारण बजारमा अखाद्य वस्तु गएको बताए। ‘त्यसैले विभागले ठूला व्यापारीबाट अनुगमन सुरु गरेको छ,' उनले भने, ‘होलसेलपछि खुद्राको अनुगमन गर्छौं।'
विभागले दोषी होलसेल व्यापारीलाई नियमअनुसार कारबाही गर्ने बताएको छ। दालको मूल्य अकासिएपछि विभागले अनुगनम तीव्र पारेको दाबी गरिरहे पनि मूल्यमा केही फरक परेको छैन। व्यापारी भने भारतमै मूल्य बढेकाले यहाँ बढाएर बेच्नुपरेको बताउँछन्।
बेल्वासेका अनुसार दाल स्टोर गरेको ठाउँमा जाँदा सबै कुहिएको फेला परेको थियो। दैनिकजसो बजार अनुगमन गरे पनि दोषी व्यापारीमाथि कारबाही गर्न विभाग सधैं पन्छिने गरेको छ। ‘बजार अनुगमन गर्ने तर कारबाही नगर्ने प्रवृत्तिका कारण विकृति मौलाएको हो,' अर्का उपभोक्ता अधिकारवादी प्रेमलाल महर्जनले भने, ‘वाणिज्य विभागले अनुगमनको नाटक गरेर व्यापारीलाई उम्काउँदै आएको छ,।'
विभागसँग दोषी व्यापारीमाथि कारबाही गर्ने आधार प्रशस्त भए पनि पछि हट्ने गरेको उनको आरोप छ। विभाग अधिकारीले भत्ता पचाउन मात्रै अनुगमनको नाटक देखाएको महर्जनले आरोप लगाए। कुहिएको दाल बेचेको रंगेहात फेला पार्दा पनि व्यापारीलाई विभागले उन्मुक्ति दिन खोजिएको उनको आरोप छ।
‘सरकारले जतिसक्दो चाँडो दोषी ठहरिएका व्यापारीलाई कारबाही गर्नु पर्योछ,' उनले भने, ‘अनुगमनको नाटक मात्र गरिरहे उपभोक्ता मर्कामा पर्छन्।'
महिनामै यसरी मूल्य बढ्नुमा व्यापारीको मिलेमतो रहेको अधिकारवादीको भनाइ छ। व्यापारीले आफूखुसी मूल्य बढाउँदा पनि सरकार मुकदर्शक बनेर बसेको मञ्च अध्यक्ष तिमल्सेनाले बताए। ‘एक महिनादेखि बजार भाउ अकासिएको छ,' उनले भने, ‘विभाग कर्मचारी उपभोक्तालाई प्रत्यक्ष सरोकार राख्ने क्षेत्रभन्दा अन्यत्र अनुगमनमा जाने गरेका छन्, जसले समस्या झन् बल्भि्कएको हो ।' विभागले अधिकांश खाद्य पदार्थको मूल्य बढेपछि आयातकर्तालाई छलफल गर्न बोलाएको थियो। छलफलमा व्यापारीले मूल्य घटाएर खाद्यान्न बिक्री गर्न नसक्ने बताएका थिए।
सानालाई मात्रै अनुगमन गर्ने सरकारी प्रवृत्तिका कारण बजारमा कालोबजारी बढेको उपभोक्ता हित संरक्षण मञ्चमा अध्यक्ष ज्योति बानिया बताउँछन्। ‘खुद्रा पसलेले महँगोमा बेचेको भेटिए तत्काल कारबाही गर्ने सरकार थोक व्यापारीकहाँ अनुगमन गर्नै जाँदैन,' उनले भने, ‘अनुगमनमा विभेद भएकाले दोषीको पहिचान हुन नसकेको हो।'