पूर्वका पर्यटकीय गन्तव्य सुरक्षित
०५ असार २०७२
•
६ मिनेट पाठ
पूर्वका पर्यटकीय गन्तव्य सुरक्षित
इलाम- भूकम्पले 'पर्यटकीय गन्तव्य र पूर्वाधार तहसनहस भएको' भन्दै नेपाल घुम्ने विदेशी पर्यटकको संख्यामा कमी आइरहेका बेला पूर्वका पर्यटकीय गन्तव्यस्थल भने सुरक्षित छन्। हल्ला चलेभन्दा कम क्षति भएको र खासै असर नपरेको अवस्था मध्यनजर गरी पर्यटन व्यवसायीले पूर्वमा पर्यटक आकर्षित गर्ने योजना बुन्दैछन्। मेची–कोसीमा स्वदेशी तथा विदेशी पर्यटकले घुम्नलायक दर्जनभन्दा धेरै गन्तव्य छन्।राजधानी र आसपास क्षेत्र घुम्न चाहने तर भूकम्पीय असरले यात्रा रोक्न बाध्य पर्यटकले पूर्वका पर्यटकीयस्थल गन्तव्य बनाउनसक्ने व्यवसायीको अपेक्षा छ। 'भूकम्पपछि पूर्वको पर्यटकीय अवस्था र सम्भावना' विषयक इलाममा आयोजित अन्तर्क्रियामा सहभागी व्यवसायीले 'विपद्पछि यस क्षेत्रमा ठूलो भौतिक क्षति नभएको र पूर्वाधारमा कुनै असर नपरेको' निर्क्यौल निकाल्दै स्वदेशी विदेशी पर्यटक बोलाएका छन्।

'भूकम्पले पर्यटन उद्योगमा जति क्षति पुर्याायो, त्योभन्दा चौगुना बढाएर हल्ला गरियो,' इलामको पर्यटन विकासमा सक्रिय धर्म गौतमले भने, 'काठमाडौं उपत्यका, अन्नपूर्ण र खुम्बु क्षेत्रमा केही विनाश भए पनि पूर्वका पर्यटकीयस्थल सुरक्षित छन्, पर्यटकले अब घुम्ने गन्तव्य यता बनाउनुपर्छ।' मेची–कोसीका बाटाघाटा, होटल लजदेखि अतिथिलक्षित घर र धार्मिकस्थलसमेत सुरक्षित रहेको भन्दै गौतमले घुम्न ढिला नगर्न सुझाए।

होटल एसोसिएसन क्षेत्रीय समितिद्वारा इलाममा शुक्रबारदेखि आयोजित अन्तर्क्रियामा सुनसरीका व्यवसायी देवी गौतमले 'भूकम्पले असर नपुर्या्एको पूर्वाञ्चल पर्यटकका लागि सुरक्षित र आकर्षक गन्तव्य' भएको बताए। 'भूकम्प आयो गयो, यसको हाउगुजी पालेर बसिरहन हुँदैन,' गौतमले भने, 'प्रभावित क्षेत्र घुम्न डर लाग्नेले यताका गन्तव्यतर्फ पाइला बढाउनुपर्छ।' पूर्वाञ्चल घुम्न सस्तो र सजिलो पर्ने उनको अनुभव छ।

भूकम्पले राजधानीका केही पुरातात्विक मन्दिर र होटल भत्किए पनि पूर्वमा क्षति नभएको उल्लेख गर्दै धरानका व्यवसायी बासु बरालले आकर्षक प्याकेज बनाएर पर्यटक तान्नुपर्ने बताए। 'भूकम्पपछि पूर्वका पर्यटकीयस्थल स्वदेशी विदेशी पर्यटकलाई आकर्षक गन्तव्य बनाउन प्रचार प्रचार गर्नुपर्छ,' बरालले भने, 'एकल होस् वा पारिवारिक, नेपाल घुम्न आउने विदेशी पर्यटकलाई समेत पूर्व ल्याएर घुमाउन सरोकारवाला जुट्नुपर्छ।'

धार्मिक उद्देश्यको होस वा साहसिक, पूर्वका पर्यटकीयस्थलले स्वदेशी विदेशी पर्यटकको मन हर्ने दाबी गदर्ैै ताप्लेजुङ होटल एसोसिएसनका अध्यक्ष छिरिङ शेर्पाले यस क्षेत्रमा एकै दिन तराईदेखि हिमालको फेदमा पुग्न सकिने बताए। शेर्पाले भने, 'प्रकृतिमा रम्न चाहने र मन्दिरमा पूजाआजा गर्न रुचाउने पर्यटक मात्रै होइनन्, हिमाल आरोहण गर्ने र खोलानालामा नौकाबिहार गर्ने पर्यटकले समेत पूर्वमा थोरै खर्चेर मज्जा लिन सक्छन्।'

जलस्रोत र जैविक विविधताले धनी पूर्वमा घुम्न लायक धेरै गन्तव्य भएको जनाउँदै झापा होटल एसोसिएसन अध्यक्ष भोला उप्रेतीले थप प्रचारप्रसार गरी प्याकेज बनाएर पर्यटक भिœयाउनुपर्ने आवश्यकता औंल्याए। 'तराईमा गर्मी हुँदा एकैछिनमा पहाड उक्लेर चिसो हावामा रम्दै आनन्द लिन सकिन्छ, चियाबारीको सौन्दर्यमा रम्दा छुट्टै आनन्द आउँछ,' उप्रेतीले भने, 'गाडीबाट ओर्लेर हिमालको काख पुग्न पनि धेरै लाग्दैन।'

भूकम्पपछि विदेशीमाझ फैलिएको 'नेपाल असुरक्षित गन्तव्य' भन्ने हल्ला चिर्न पनि पूर्वमा पर्यटक आगमन बढाउनैपर्ने बाध्यता रहेको इलामको पर्यटन विकासमा सक्रिय कृष्ण शाहले बताए। 'भूकम्पले देशका केही भू–भागमा ठूलो क्षति पुगे पनि इलामसहित पूर्वका धेरै गन्तव्य जस्ताको तस्तै छन्,' शाहले भने, 'देश–विदेशमा छरिएका इलामबासीले आफ्नो ठाउँ घुम्न पर्यटक पठाउनुपर्छ, त्यसपछि मात्रै पर्यटन उद्योग फस्टाउँछ।'

चुप लागेर बस्दा पर्यटक नआउने र उनीहरुलाई आकर्षित गर्न निम्तो गर्नुपर्ने अनुभव सुनाउँदै मेची पहाडी पर्यटन प्रवर्द्धन विकास समितिकी निर्देशक सदीक्षा कार्कीले पूर्वमा धेरै भारतीय पर्यटक भित्रिनसक्ने बताइन्। 'धेरै ठाउँमा पूर्वाधारका काम भइरहेका छन्, चाहेको गन्तव्य पुग्न खासै अप्ठेरो छैन,' कार्कीले भनिन्, 'व्यवसायीले मार्केटिङमा ध्यान दिँदै आकर्षक प्याकेज पस्किन सक्दा पूर्वाञ्चल पर्यटकको गन्तव्य बन्नेछ।'
अर्को समाचार
पूर्वका पर्यटकीय गन्तव्य सुरक्षित
०५ असार २०७२
•
७ मिनेट पाठ
पूर्वका पर्यटकीय गन्तव्य सुरक्षित
इलाम–भूकम्पले 'पर्यटकीय गन्तव्य र पूर्वाधार तहसनहस भएको' भन्दै नेपाल घुम्ने विदेशी पर्यटकको संख्यामा कमी आइरहेका बेला पूर्वका पर्यटकीय गन्तव्यस्थल भने सुरक्षित छन्। हल्ला चलेभन्दा भूकम्पीय क्षति कम भएको र खासै असर नपरेको अवस्था मध्यनजर गरी पर्यटन व्यवसायीले पूर्वमा पर्यटक आकर्षित गर्ने योजना बुन्दैछन्।मेची–कोशीमा स्वदेशी तथा विदेशी पर्यटकले घुम्न लायक एक दर्जनभन्दा धेरै गन्तव्य छन्।राजधानी र आसपास क्षेत्र घुम्न चाहने तर भूकम्पीय असरले यात्रा रोक्न बाध्य पर्यटकले पूर्वका पर्यटकीयस्थल गन्तव्य बनाउनसक्ने व्यवसायीको अपेक्षा छ। 'भूकम्पपछि पूर्वको पर्यटकीय अवस्था र सम्भावना' विषयक इलाममा आयोजित अन्तर्कियामा सहभागी व्यवसायीले 'विपद्पछि यस क्षेत्रमा ठूलो भौतिक क्षति नभएको र पूर्वाधारमा कुनै असर नपरेको' निर्क्यौल निकाल्दै स्वदेशी विदेशी पर्यटक बोलाएका छन्।
gantabya

ऐतिहासिक चियावारीमाझ इलाम। तस्विर :  बेनुप

'भूकम्पले पर्यटन उद्योगमा जति क्षति पुर्यायो, त्योभन्दा चौगुना बढाएर हल्ला गरियो,' इलामको पर्यटन विकासमा सक्रिय धर्म गौतमले भने, 'काठमाडौं उपत्यका, अन्नपूर्ण र खुम्बु क्षेत्रमा केही विनास भए पनि पूर्वका पर्यटकीयस्थल सुरक्षित छन्, पर्यटकले अब घुम्ने गन्तव्य यता बनाउनुपर्छ।' मेची–कोशीका बाटाघाटा, होटल लजदेखि अतिथि लक्षित घर र धार्मिकस्थलसमेत सुरक्षित रहेको भन्दै गौतमले घुम्न ढिला नगर्न सुझाए।होटल एसोसिएसन क्षेत्रीय समितिद्वारा इलाममा शुक्रबारदेखि आयोजित अन्तर्कियामा सुनसरीका व्यवसायी देवी गौतमले 'भूकम्पले असर नपुर्‍याएको पूर्वाञ्चल पर्यटकका लागि सुरक्षित र आकर्षक गन्तव्य' भएको बताए। 'भूकम्प आयो गयो, यसको हाउगुजी पालेर बसिरहन हुँदैन,' गौतमले भने, 'प्रभावित क्षेत्र घुम्न डर लाग्नेले यताका गन्तव्यतर्फ पाइला बढाउनुपर्छ।' पूर्वाञ्चल घुम्न सस्तो र सजिलो पर्ने उनको अनुभव छ।

भूकम्पले राजधानीका केही पुरातात्विक मन्दिर र होटल भत्किए पनि पूर्वमा क्षति नभएको उल्लेख गर्दै धरानका व्यवसायी बासु बरालले आकर्षक प्याकेज बनाएर पर्यटक तान्नुपर्ने बताए। 'भूकम्पपछि पूर्वका पर्यटकीयस्थल स्वदेशी विदेशी पर्यटकलाई आकर्षक गन्तव्य बनाउन प्रचार प्रचार गर्नुपर्छ,' बरालले भने, 'एकल होस् वा पारिवारिक, नेपाल घुम्न आउने विदेशी पर्यटकलाई समेत पूर्व ल्याएर घुमाउन सरोकारवाला जुट्नुपर्छ।'धार्मिक उद्देश्यको होस् वा साहसिक, पूर्वका पर्यटकीयस्थलले स्वदेशी विदेशी पर्यटकको मन हर्ने दावी गदर्ैै ताप्लेजुङ होटल एसोसिएसनका अध्यक्ष छिरिङ शेर्पाले यस क्षेत्रमा एकै दिन तराईदेखि हिमालको फेदमा पुग्न सकिने बताए। शेर्पाले भने, 'प्रकृतिमा रम्न चाहने र मन्दिरमा पूजाआजा गर्न रुचाउने पर्यटक मात्रै होइनन्, हिमाल आरोहण गर्ने र खोलानालामा नौकाबिहार गर्ने पर्यटकले समेत पूर्वमा थोरै खर्चेर मज्जा लिन सक्छन्।'

जलस्रोत र जैविक विविधताले धनी पूर्वमा घुम्न लायक धेरै गन्तव्य भएको जनाउँदै झापा होटल एसोसिएसन अध्यक्ष भोला उप्रेतीले थप प्रचार प्रसार गरी प्याकेज बनाएर पर्यटक भित्र्याउनुपर्ने आवश्यकता औंल्याए। 'तराईमा गर्मी हुँदा एकैछिनमा पहाड उक्लेर चिसो हावामा रम्दै आनन्द लिन सकिन्छ, चियावारीको सौन्दर्यमा रम्दा छुट्टै आनन्द आउँछ' उप्रेतीले भने, 'गाडीबाट ओर्लेर हिमालको काख पुग्न पनि धेरै लाग्दैन।'भूकम्पपछि विदेशीमाझ 'नेपाल असुरक्षित गन्तव्य' भन्ने हल्ला चिर्न पनि पूर्वमा पर्यटक आगमन बढाउनैपर्ने बाध्यता रहेको इलामको पर्यटन विकासमा सक्रिय कृष्ण शाहले बताए। 'भूकम्पले देशका केही भूभागमा ठूलो क्षति पुगे पनि इलामसहित पूर्वका धेरै गन्तव्य जस्ताको त्यस्तै छन्,' शाहले भने, 'देश विदेशमा छरिएका इलामवासीले आफ्नो ठाउ" घुम्न पर्यटक पठाउनुपर्छ, त्यसपछि मात्रै पर्यटन उद्योग फस्टाउँछ।'

चुप लागेर बस्दा पर्यटक नआउने र उनीहरुलाई आकर्षित गर्न निम्तो गर्नुपर्ने अनुभव सुनाउ"दै मेची पहाडी पर्यटन प्रवर्द्धन विकास समितिकी निर्देशक सदीक्षा कार्कीले पूर्वमा धेरै भारतीय पर्यटक भित्रिनसक्ने बताइन्। 'धेरै ठाउँमा पूर्वाधारका काम भइरहेका छन्, चाहेको गन्तव्य पुग्न खासै अप्ठेरो छैन,' कार्कीले भनिन्, 'व्यवसायीले मार्केटिङमा ध्यान दि"दै आकर्षक प्याकेज पस्किनसक्दा पूर्वाञ्चल पर्यटकको गन्तव्य बन्नेछ।'
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस