निर्मलपोखरी (कास्की)-भूकम्पपछि विदेशी पाहुना नआएर पोखरा लेकसाइडका व्यवसायी निराश भइरहेका बेला कास्कीको निर्मलपोखरी गाउँमा भने पर्यटक आउने आशासहित नयाँ रिसोर्ट सुरु गरिएको छ। स्थानीय भूपेन्द्र गिरीले दुई करोड रुपैयाँ लगानी गरेर फोक्सिङ हिल रिसोर्ट सञ्चालनमा ल्याएका हुन्।पोखराको दक्षिणमा रहेको डाँडामा उपत्यकाका र हिमाली शृंखला देखिने ठाउँमा रिसोर्ट निर्माण गरिएको छ। ‘यहाँबाट पोखरा उपत्यका र धौलागिरिदेखि अन्नपूर्ण हुँदै मनास्लु हिमशृंखला देखिन्छ,' गिरीले भने, ‘फेवा, बेगनास र खास्ट ताल पनि हेर्न पाइन्छ ।'
पोखराकै र पोखरा घुम्न आउँदा गाउँ उक्लन चाहने आन्तरिक पर्यटक लक्ष्य गरेर रिसोर्ट खोलेको गिरीले बताए। रिसोर्टमा १० कोठा छन्। रेस्टुरेन्ट, कटेज र दुईवटा सभाकक्ष रिसोर्टमा पनि छन्। रिसोर्ट पोखराबाट ९ किलोमिटरको दुरीमा पर्छ। १२ रोपनी जमिनमा फैलिएको रिसोर्टमा सातजनाले रोजगारी पाएका छन्।
५ हजार ५ सय रुपैयाँमा एक जोडीलाई एक रात दुई दिनको प्याकेज तयार पारिएको गिरीले जानकारी दिए। ‘कोठा, ब्रेकफास्ट, स्न्याक्ससहितको ड्रिंक्स, रात र बिहानको खाना यो प्याकेजमा समावेश गरिएको छ,' उनले भने। कोठाको लागि मात्रै भने २ देखि ३ हजार रुपैयाँको दर निर्धारण गरिएको छ। सादा खानालाई २ सय ५० लिने रिसोर्टले मासुखानाको ३ सय ५० रुपैयाँ शुल्क लिन्छ।
पोखराका चारैकुना र लमतन्न हिमाली दृश्यका लागि निर्मलपोखरी उपयुक्त गन्तव्य मानिँदै आएको थियो तर यसअघि यहाँ पर्यटकका लागि बस्नेखाने व्यवस्था गर्न कुनै रेस्टुरेन्ट र होटल थिएनन्। ‘सूर्याेदय र सूर्यास्त हेर्न पनि हामीकहाँ जत्तिको ठाउँ अन्त नहोला,' गिरीले भने। उनले गाउँकै ढिकी जाँतोमा कुटेको र पिसेको खाना पस्कने योजना पनि सुनाए। ‘निर्मलपोखरीको कफी विदेश–विदेशमा पुग्छ,' उनले भने, ‘हाम्रा पाहुनाका लागि यहाँको कफी पनि आकर्षण हुनसक्छ।'
गाउँमा पनि व्यवसाय गर्न सकिन्छ र गर्नुपर्छ भन्ने भावनाले गर्दा पर्यटकीय क्षेत्रमा लगानी गरेको जानकारी गिरीले दिए। केही वर्ष पर्यटन उद्योगको अनुभवसमेत लिएका गिरी पछिल्लो १७ वर्षदेखि भने फर्निचर व्यवसायमा संलग्न छन्।
पोखराबाट ४० मिनेटको दुरीमा पुगिने निर्मलपोखरीमा राष्ट्रिय पर्यटन परिषदका सदस्य खगराज आचार्यको सक्रियतामा २०७१ देखि गाउँ पर्यटन प्रवर्द्धन अभियान पनि सुरु भएको छ। उक्त अभियानअन्तर्गत निर्मलपोखरीसँग जोडिएका कृस्ती र भरतपोखरी गाउँमा पनि पर्यटक भित्र्याउने उद्देश्य छ। ११ सय मिटर उचाइको निर्मलपोखरीमा, ब्राह्मण, क्षेत्री, नेवार, मगरलगायत जातिको बसोबास छ।
४० मिनेटको ड्राइभिङपछि पुग्न सकिने यो ठाउँसम्म पोखराबाट नियमित बस चल्छ। सरकारले निर्मलपोखरीलाई हालैमात्र पोखरा उपमहानगर पालिकामा गाभेर वडा नं २३ बनाएको छ। यहाँसम्म पुग्ने सडक पनि यसै वर्ष कालोपत्रे हुन लागेको जानकारी अभियान क्लबका अध्यक्ष अर्जुन गिरीले दिए।