काठमाडौं- म्यागी र केही स्थानीय चाउचाउमा मापदण्ड विपरीत हानिकारक मोनोसोडियम ग्लुटामेट (एमएसजी) भेटिएको छ। म्यागी चाउचाउको आयात र बिक्री–वितरण रोक्दै विभिन्न चाउचाउको परीक्षण गरिरहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको प्रारम्भिक प्रतिवेदन अनुसार म्यागी र केही स्वदेशी ब्रान्डका चाउचाउमा एमएसजी भेटिएको हो।शून्य प्रतिशत एमएसजी प्रयोग गरेको भनेर दाबी गरिरहेका केही कम्पनीको चाउचाउमा समेत उक्त तŒव भेटिएको छ। स्रोतले हानिकारक तŒव मापदण्डभन्दा बढी भेटिएका स्वदेशी चाउचाउको नाम भने बताउन चाहेन।
देशका विभिन्न भागबाट म्यागी र नेपाली चाउचाउको नमूना लिएर परीक्षण गरिरहेको विभागले केहीमा मापदण्ड विपरीत एमएसजी भेटेको स्रोतले बतायो। मापदण्डविपरीत एमएसजी भेटिएका चाउचाउमा खाद्य ऐनअनुसार प्रतिबन्ध लगाउन सकिन्छ। खाद्य ऐनअनुसार कुनै पनि चाउचाउमा एक प्रतिशतभन्दा धेरै एमएसजी प्रयोग गर्न पाइँदैन। केही उद्योगले एमएसजी प्रयोगै नगरी उत्पादन गरिरहेको बताएका छन्। कुनैले एक प्रतिशतभन्दा तल प्रयोग गरेको जनाएका छन्। विभागको परीक्षणमा भने एमएसजी प्रयोग नै नगरेको भन्दै आएका चाउचाउमा समेत उक्त तŒव भेटिएको छ। कुनैमा कम्पनीले दाबी गरेभन्दा धेरै एमएसजी पाइएको छ।
एमएसजीको मात्रा धेरै प्रयोग गरेमा स्वास्थ्यमा प्रतिकूल असर गर्छ। भारतमा परीक्षण गर्दा म्यागीमा उच्च परिमाणमा विषालु धातु सिसा (लेड) र हानिकारक मोनोसोडियम ग्लुटामेट (एमएसजी) भेटिएको थियो। भारतमा प्रतिबन्ध लगाएपछि नेपालमा पनि म्यागी र नेपाली चाउचाउको परीक्षण गरिएको थियो। परीक्षणको पहिलो प्रतिवेदनसामेबार बाहिर आउँदै छ।
नियम उल्लंघन गरेर चाउचाउ उत्पादन गरिरहेका कम्पनीलाई विभागले कारबाहीसमेत गर्न सक्छ। परीक्षणमा विषालु धातु सिसा (लेड) भने मापदण्डभित्रै पाइएको छ। मापदण्डअनुसार सिसाको मात्रा २.५ पिपिएमभन्दा बढी हुनु हुन्न।
भारत, उत्तर प्रदेशको खाद्य सुरक्षा तथा औषधी प्रशासनले गत फेबु्रअरीमा उत्पादित म्यागी चाउचाउमा अत्यधिक एमएसजी र सिसा फेला पारेपछि त्यो खेपको उत्पादन फिर्ता लिन आदेश दिएयता यो ब्रान्डमाथि निगरानी सुरु भएको थियो। म्यागीमा तोकिएभन्दा सात गुणा बढी (१७ पिपिएम) सिसा फेला परेको थियो।
चाउचाउ उत्पादन प्रक्रिया लामो हुने र त्यसमा विभिन्न कच्चा पदार्थ मिसाइने भएकाले कहाँबाट अखाद्य तŒव मिसियो भनेर गम्भीर अध्ययन गर्नुपर्ने जानकार बताउँछन्।