काठमाडौं-महत्वाकांक्षी योजनासहित वायुसेवा क्षेत्रमा आउन खोजेको नमस्ते नेपालिज एयर वित्तीय संकटमा परेपछि कम्पनीको नाममा रहेको भौतिक सम्पत्ति लिलाम हुने भएको छ।दुई वर्षअघि अग्निको ग्राउन्डेड जहाज लिएर उडाउने योजना बनाएको नमस्ते एयर सञ्चालनमै आउन सकेन। तीनवटा बैंकबाट ऋण लिएको साँवा र ब्याज चुक्ता नगरेपछि कम्पनीको जग्गा लिलाम गरेर बैंकले कर्जा असुल्न लागेका हुन्।
ग्रान्ड बैंकको अगुवाइमा सनराइज बैंक र इन्टरनेसनल लिजिङ एन्ड फाइनान्सको सहवित्तीयकरणमा दिइएको ऋण पटकपटक ताकेता गर्दा पनि नतिरेको भन्दै बैंकहरुले धितो जग्गा र भवन लिलाम गर्न खोजेका छन्।
बैंकले गत वैशाख २४ गते ३५ दिने सार्वजनिक सूचना जारी गरेर साँवा–ब्याज बुझाउन आह्वान गरेका थिए। नमस्तेले नटेरेपछि शुक्रबार बैंकले १५ दिने म्याद राखेर लिलामी सूचना प्रकाशित गरेका छन्। बैंकले गोप्य सिलबन्दी बोलपत्र प्रक्रियामार्फत धितो लिलाम गर्नेछ।
राजु खत्री अध्यक्ष रहेको नमस्तेले सुगम गन्तव्यमा उडान भर्न नागरिक उडड्यन प्राधिकरणसँग अनुमति मागेको थियो। दुईवटा एटिआर ४२ र एउटा एटिआर ७२ जहाज उडाउने योजना प्राधिकरणलाई बुझाएको थियो। आफ्नो जहाज आउनुअघि अग्निको ग्राउन्डेड जहाज लिएर उडाउने योजना अनुसार २०७० वैशाख २५ गते अग्नि र नमस्तेबीच सम्झौता भएको थियो।
नमस्तेलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २०६९ साउन २२ मा उडान अनुमति दिएको थियो। प्राधिकरणले २०६९ मंसिर १२ गते वायुसेवा सञ्चालन तथा अनुमतिपत्र प्रमाणपत्र (एओसी) दिएको थियो।
नमस्तेले अग्निको ६५ करोड ऋण सकारेर सम्पूर्ण व्यवस्थापन जिम्मा लिएको थियो। नमस्तेले तीनवटा बैंकबाट ११ करोड रुपैयाँ कर्जा लिएको जनाएको छ। तीनवटा बैंकले अग्निका ५ जहाज लिलाम गर्ने सूचना निकालेको भोलिपल्टै नमस्तेको सम्पत्ति लिलाम गर्ने सूचना आएको छ।
नमस्ते एयरका अध्यक्ष राजु खत्रीले आफ्नो ११ करोड र अग्निको ६५ करोड ऋण भएको बताए। २ वर्षअघि नमस्ते र अग्निबीच सम्झौता भए पनि बाँकी प्रक्रिया अघि नबढेपछि सिमि्रकले अग्निको जहाज लगेको थियो। ‘तर सिमि्रकले सम्झौता अनुसार काम नगरेकाले दुवै कम्पनीको सम्पत्ति लिलामीका लागि बैंकले सूचना निकालेको छ,' उनले भने, ‘हामी यस विषयमा अदालत जान्छौं। यो सब सस्तोमा जहाज किन्ने केही कम्पनीको अभिप्रायको उद्देश्य हो।'
स्रोतका अनुसार अग्निले पनि सस्तोमा जहाज लिलाम गर्न लागिएको भन्दै डेढ महिनाअघि अख्तियारमा उजुरी दिएको छ।
‘ऋण सबै अग्निको हो। जहाज सिमि्रकले लगेपछि व्यवस्थापन सिमि्रकले गर्नुपर्थ्याे तर गरेन,' खत्रीले भने, ‘त्यसैले समस्या आएको हो।'
नमस्तेले २०७० असारदेखि अग्निका दुई डोर्नियर जहाज उडाउन ५ वर्षे सम्झौता गरेको थियो। अग्निको ३ जेटस्ट्रिम र २ डोर्नियर जहाज लिने नमस्तेको योजना थियो। पहिले डोर्नियर र पछि जेटस्ट्रिम उडाउने तयारी गरेको नमस्तेलाई लाइसेन्स नवीकरणमा समस्या आएपछि अग्निसँगको सम्झौता तोडिएको थियो। त्यसपछि अग्नि र सिमि्रकको सम्झौता भएको थियो।
खत्री भन्छन्, ‘हाम्रो लाइसेन्सको अवधि सकिएको थियो। नवीकरण गर्ने बेला समस्या आएर केही ढिलो भयो। त्यसपछि अग्नि र नमस्तेको सहमतिमा जहाज सिमि्रकलाई भाडामा दिने सम्झौता भएको हो,' उनले भने। तीन जेटस्ट्रिममा नमस्तेको र २ डोर्नियरमा अग्निको लोगो राखेर उडाउन लागेको पनि उनले जानकारी दिए। ‘मर्मत पनि भइरहेको थियो, हामीले मर्मत गरेकै जहाज सिमि्रकले लगेको हो,' उनले भने।
आर्थिक संकटमा परेपछि अग्निका ५ जहाज लिलाम गर्ने सूचना बैंकहरुले प्रकाशित गरिसकेका छन्। बैंकहरुले यसअघि पनि अग्निको धितो लिलाम गर्न लागेका थिए। त्यसबेला सस्तोमा लिलाम गर्न लागेको भन्दै अग्निले अदालतबाट अन्तरिम आदेश ल्याएर रोकेको थियो। बैंकले २०६९ पुस ९ गते पनि लिलाम गर्न सार्वजनिक सूचना प्रकाशित गरेका थिए।
अहिले पनि अग्नि र नमस्तेले लिलाम रोक्न प्रयास गरिरहेको स्रोतले जानकारी दियो। नमस्तेका खत्रीले पनि लिलामीविरुद्ध अदालत जाने बताएका छन्।