काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल(इप्पान)ले भूकम्पका कारण प्रभावित जविद्युत् आयोजनाहरुले बैंकसँग लिएको ऋणको किस्ता तिर्ने म्याद पछि सार्ने व्यवस्था मिलाइदिन राष्ट्र बैंकसँग माग गरेको छ। उत्पादन नै ठप्प भएका आयोजनाले आम्दानी नै गुमाउनु परेको तथा आयोजना विभिन्न अंगमा क्षति पुगेको हालकोे अवस्थामा बैंकको किस्ता नै तिर्न गाह्रो भएको इप्पानको भनाई छ। भूकम्पका कारण निजी क्षेत्रका विभिन्न १९ ओटा आयोजनामा झण्डै २ अर्ब ३० करोड रुपैयाँ बराबरको क्षति भएको र यसको पुनर्निर्माणमा झण्डै २ अर्ब ५० करोड रुपैयाँ खर्च हुने भन्दै यस्तो माग गरिएको इप्पानका अध्यक्ष खड्गबहादुर विष्टले बताए। ‘१४ ओटा आयोजनाको कुल ८० मेगावाट विद्युत् उत्पादन त ठप्प नै भएको छ,’ अध्यक्ष विष्टले भने, ‘ऊर्जा राज्यको प्राथमिकता हो भने भूकम्पले थलिएको यस क्षेत्रलाई उठाउन राज्यले केही उदार भएर सहयोग गर्नैपर्छ।’
इप्पानका पूर्व अध्यक्ष सुवर्णदास श्रेष्ठले गत साउन १७ गते सिन्धुपाल्चोकको जुरेमा गएको पहिरोमा परेर लामोसमयसम्म बन्द भई भर्खर सञ्चालमा आउँदै गरेका कतिपय आयोजना पनि भूकम्पले क्षति पु¥याएको बताए। ‘सुनकोशी सानो गत साउनको पहिरोको क्षतिपछि पुनर्निर्माण गरी बल्ल सञ्चालनमा ल्याउन लागेका थियौं, फेरी भत्काइदियो,’ पुर्वअध्यक्ष श्रेष्ठले भने। उनले यस्ता आयोजनाहरुलाई सरकारले सहयोग गर्नुपर्ने बताए।
क्षतिग्रस्त जलविद्युत् आयोजनाहरुको पुनर्निर्माणका लागि जलविद्युत् लगानी तथा विकास कम्पनी तथा अन्तराष्ट्रिय लगानी कम्पनी(एक्जिम बैंक, विश्व बैंक, आईएफसी, एडीबी)लगायतका लगानीकर्ताहरुबाट सहुलियत ब्याजदर(५.५ प्रतिशतभन्दा कम)को ऋण उपलब्ध गराउन सहयोग गर्न ऊर्जा मन्त्रालय र राष्ट्र बैंकसँग माग गरेको छ।
क्षतिग्रस्त आयोजनाहरुमा यथाशिघ्र सर्वेयरहरु पठाएर क्षतिको मूल्याङ्कन गरी बीमा कम्पनीहरुले बीमा दाबी रकम चाँढो प्रदान गर्नुपर्ने, अग्रिम बीमा भुक्तानीको व्यवस्था मिलाउनु पर्ने, आयोजनाहरु पुनर्निर्माण भई राष्ट्रिय प्रसारणमा नजोडिँदासम्मको समय सम्बन्धित आयोजनाको उत्पादन अनुमति पत्र, आयोजना विकास सम्झौता(पीडीए), विद्युत् खरिदबिक्रि सम्झौत(पीपीए)मा थप्नु पर्ने जस्ता माग पनि इप्पानको छ।
त्यस्तै, भूकम्पछिका जोखिमयुक्त पहाडी जिल्लामा भएका आयोजनाहरुको अवस्थितिअनुसार भौगर्भिक अध्ययन र जोखिम व्यवस्थापनका लागि दातृ निकायको सहयोगमा काम गर्नुपर्ने र बाढी पहिरोको पूर्व सूचना दिने संयन्त्र स्थापना गर्नु पर्ने, क्षतिग्रस्त आयोजनाको विद्युत् खरिददरलाई बढाएर हाल अन्य आयोजनाहरुलाई दिइँदै आएको पोष्टेड दर दिनुपर्ने, भूकम्पको क्षति र अवरोधलाई पनि काबुबाहिरको परिस्थिति(फोर्स मेजर इभेन्ट) मानेर क्षतिग्रस्त आयोजनाहरुको पीपीएमा जरिवाना छूट गर्नुपर्ने, भ्याटबापत उपलब्ध गराइने प्रतिमेगावाट रु. ५० हजारलाई बढाएर १ करोड रुपैयाँ पु¥याउन पनि इप्पानले ऊर्जा र अर्थ मन्त्रालयसँग माग गरेको छ।
निर्माणाधिन र निर्माणमा जान लागेका आयोजनाहरुको लागि पनि भूकम्पलाई काबुबाहिरको परिस्थिति मानेर वित्तीय व्यवस्थापन(फाइनान्सियल क्लोजर)को म्याद, व्यापारिक उत्पादन शुरु गर्ने म्याद २ वर्ष थप गर्नुपर्ने, सर्वेक्षण तथा उत्पादन अनुमतिपत्रमा उल्लेख भएको पीपीए र वित्तीय व्यवस्थापनको म्यादलाई स्वतः एक वर्ष थप गर्नुपर्ने, जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेडले प्रदान गर्ने कर्जा र पुनर्कर्जा सुविधा क्षतिग्रस्त आयोजनाहरुलाई प्रदान गर्नुपर्ने माग इप्पानको छ।
इप्पानले पहिचान गरेका भूकम्पप्रभावित आयोजनाहरु
माथिल्लो भोटेकोशी, इन्दावती तेस्रो, सुनकोशी सानो, बरम्चिखोला, माथिल्लो हाँडिखोला, सिउरीखोला, स्प्रिङखोला, चाकुखोला, मध्य चाकु, चल्लो चाकु, चर्नावती, आँखुखोला–१, भैरवकुण्ड, मैलुङखोला, जिरीखोला, राँधीखोला र छोटेखोला ।