काठमाडौं-तीनवटा बैंकबाट ऋण लिएर साँवा र ब्याज चुक्ता नगरेपछि अग्नि एयरका ५ वटा जहाज लिलाम हुने भएका छन्।ग्रान्ड बैंकको अगुवाइमा सनराइज बैंक र इन्टरनेसनल लिजिङ एन्ड फाइनान्सको सहवित्तीयकरणमा प्रदान गरिएको ऋण तिर्न पटकपटक ताकेता गर्दा पनि नतिरेको भन्दै बैंकहरुले धितोमा रहेका जहाज लिलाम गर्न लागेका हुन्। अग्निमा ग्रान्ड र सनराइजको ३५–३५ प्रतिशत र इन्टरनेसनलको ३० प्रतिशत लगानी छ।
बैंकहरुले गत वैशाख २४ गते अग्निको नाममा ३५ दिने सार्वजनिक सूचना जारी गरेर साँवा र ब्याज चुक्ता गर्न आह्वान गरे पनि उसले नटेरेपछि बिहीबार सार्वजनिक सूचना प्रकाशित गरेर ५ जहाज लिलामीको प्रक्रिया थालेको हो।
ग्रान्ड स्रोतका अनुसार ७० करोड ऋण लिएको अग्निले साँवा र ब्याज नतिरेपछि धितो जहाज लिलाम गर्न लागिएको हो। १५ दिनको अवधि राखेर लिलामी सूचना प्रकाशित गरिएको छ। गोप्य शिलबन्दी बोलपत्र प्रक्रियामार्फत जहाज लिलाम हुनेछ।
अग्निको ३ जेटस्ट्रिम र २ डोर्नियर जहाज, उसैको नाममा रहेको मालपोत कार्यालय भक्तपुरमा दर्ता जग्गा लिलाम गरेर बैंकले साँवा–ब्याज असुलउपर गर्न खोजेका छन्।
घर–जग्गा व्यवसायीसमेत रहेका सुधीर बस्नेतले नेतृत्व गरेको अग्नि एयर कानुनी रुपमा उनका बुबा सुशीलको नाममा दर्ता छ। अग्नि कम्पनी रजिस्ट्रारको कार्यालयमा २०६० पुस १७ गते दर्ता भएको हो।
बैंकहरुले यसअघि पनि अग्निको नाममा रहेको धितो लिलाम गर्न लागेका थिए। त्यसबेला सस्तोमा लिलाम गर्न लागेको भन्दै अग्निले अदालतबाट अन्तरिम आदेश ल्याएर रोकेको थियो। बैंकले २०६९ पुस ९ गते पनि लिलाम गर्न सार्वजनिक सूचना प्रकाशित गरेका थिए। भोलिपल्टै बस्नेतलाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको थियो। त्यो बेला खरिद गर्न यती एयरले मात्र चासो देखाएपछि सस्तोमा लिलाम हुन लागेको भन्दै अग्निले रोक्न अदालतमा रिट दिएको थियो। पाटन पुनरावेदन अदालतले रोक लगाएको थियो।
बस्नेतले अग्नि एयरबाहेक कोहिनूर हाउजिङ, ओरेन्टल विल्डर्स, इस्टर्न अपार्टमेन्ट, ओरेन्टल सहकारीलगायत सञ्चालन गरेका थिए। ग्राहकसँग रकम उठाएर अपार्टमेन्ट नदिएको भन्दै बस्नेतलाई ठगी मुद्दामा पक्राउ गरिएको थियो। अपार्टमेन्ट र हाउजिङ परियोजनाका लागि विभिन्न बैंकबाट ४ अर्ब ऋण लिएका बस्नेतविरुद्ध ४५ लाख लिएर अपार्टमेन्ट नदिएको भन्दै उजुरी परेको थियो। प्रहरी हिरासतमा रहेका उनी पछि छुटेका थिए। पछि अदालतले पक्राउ गर्न आदेश दिए पनि उनी फरार छन्।
नाफामा रहेको अग्नि एयरका जहाज बस्नेको हाउजिङ र अपार्टमेन्ट व्यवसाय बिग्रेपछि ग्राउन्डेड भएका थिए। तीनवटा जेटस्ट्रिम एयरपोर्टमा नै ग्राउन्डेड छन। दुइटा डोर्नियरलाई डेढ वर्षअघि सिमि्रकले भाडामा लिएर उडाइरहेको छ। नियमित उडान गरिरहेको सिमि्रकले दुई जहाजको ब्याज तिरिरहेको बैंक स्रोतले जानकारी दियो।
बैंकका अनुसार ५ जहाज बिक्री गर्दा करिब ७० करोड आउने अनुमान छ। यसो भए लिलामीबाटै साँवा र ब्याज उठ्छ।