काठमाडौं-नेस्ले ब्रान्डको म्यागी चाउचाउ आयात र बिक्री–वितरण प्रतिबन्धपछि सरकारले मुलुकमा उत्पादन हुने सम्पूर्ण चाउचाउको ल्याब परीक्षण गर्ने भएको छ। भारतमा परीक्षण गर्दा म्यागीमा उच्च परिमाणमा विषालु धातु शिशा (लेड) र हानिकारक मोनोसोडियम ग्लुटामेट (एमएसजी) भेटिएको थियो।यता म्यागी चाउचाउको ल्याब परीक्षण भइरहेको जनाउँदै त्यसपछि यहाँ उपलब्ध हुने सबै स्वदेशी तथा विदेशी चाउचाउ पनि परीक्षण गर्ने खाद्य तथा गुण नियन्त्रण विभागले जनाएको छ। नेपाली कम्पनीले उत्पादन गर्दै आएको चाउचाउसमेत भारतमा प्रतिवन्धित भएपछि यहाँ पनि परीक्षण गर्नुपर्ने भएको हो।
मानव स्वास्थ्यका लागि हानिकारक पदार्थ भेटिएको भन्दै म्यागी चाउचाउमा प्रतिवन्ध लगाएको भारतले नेपालको चौधरी ग्रुप (सिजी) द्वारा उत्पादित ‘वाइवाइ एक्सप्रेस' चाउचाउलाई पनि तीन महिनाका लागि प्रतिवन्ध लगाएको छ। सिजीले भारतमा पनि वाइवाइ चाउचाउ उत्पादन गर्दै आएको छ। भारतले वाइवाइसहित स्मिथ एन्ड जोन्स मसला चाउचाउ पनि बिक्री–वितरणमा रोक लगाएको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन्।
भारतमा विभिन्न चाउचाउमाथि प्रतिवन्ध लाग्न थालेपछि नेपालमा पाइने सबै चाउचाउ पनि परीक्षण गर्नुपर्ने देखिएको विभागका महानिर्देशक सञ्जीवकुमार कर्णले बताए। ‘हामी पनि नेपालमा पाइने सम्पूर्ण स्वदेशी तथा विदेशी चाउचाउ परीक्षण गर्छौं,' महानिर्देशक कर्णले शनिबार नागरिकसँग भने। अहिले विभिन्न स्थानबाट म्यागी चाउचाउको नमुना ल्याएर परीक्षण सुरु गरेको र यसको काम सकिएपछि अन्य चाउचाउको परीक्षण गर्ने उनले जानकारी दिए।
‘हामीले एकथरीमात्र चाउचाउ परीक्षण गर्न लागेका होइनौं,' भारतमा वाइवाइ चाउचाउमाथि लागेको प्रतिवन्धको प्रसंग उठाउँदै उनले भने, ‘त्यसकारण एउटा कम्पनीको मात्र होइन सबै कम्पनीको परीक्षण गर्नेछौं।'
भारतमा गरिएको परीक्षणले अन्य चाउचाउ पनि परीक्षण गर्नुपर्ने पाठ सिकाएको कर्णको भनाइ छ। पहिलो चरणमा म्यागीको नमुना परीक्षण सकेपछि अन्य ब्रान्डको पनि परीक्षण गरिने उनले बताए। ‘यस घटनाले हामीलाई चाउचाउप्रति सचेत बनाएको छ,' उनले भने, ‘अब बजारमा पाइने अन्य स्वदेशी–विदेशी ब्रान्डका चाउचाउ परीक्षण हुनेछ।'
कर्णले चाउचाउमा आखाद्य तत्व भेटिएको बारेमा विभिन्न पक्षबाट परीक्षण गर्नुपर्ने बताए। कुनै पनि चाउचाउमा अखाद्य तत्व भेटिनु भनेको चाउचाउ उद्योगले नै मिसाएको भनेर भन्न नसकिने उनको भनाइ छ। चाउचाउ उत्पादन गर्न लामो प्रक्रिया हुने र त्यसमा विभिन्न कच्चा पदार्थ मिसाइन्छ र कहाँबाट अखाद्य तत्व मिसियो भनेर गम्भीर अध्ययन गर्नुपर्छ। ‘नेपाल र भारतमा उत्पादन गर्ने कच्चा पदार्थ फरक हुन्छ,' उनले भने, ‘भारतमा देखिएको तत्व नेपालमा नभेटिन पनि सक्छ तर हामीले सचेत भएर परीक्षण भने गर्नुपर्छ।'
उनका अनुसार चाउचाउ बनाउँदा विभिन्न ठाउँबाट कच्चा पदार्थ आयात गरिएको हुन्छ। चाउचाउ बनाउने पिठो, मसला, रङ, स्वादका विभिन्न तत्व छुट्टाछुट्टै ठाउँबाट ल्याएर बनाइएको हुन्छ। यी कच्चा पदार्थमध्ये कुनै पनि एकमा शिशाजस्तो अखाद्य तत्व मिसिन पुगेको हुन्छ। कुनै कच्चा पदार्थ विषादी प्रयोग गरेर उत्पादन पनि गरिएको हुनसक्छ। यस्ता कच्चा पदार्थबाट पनि अखाद्य तत्व मिसिन पुग्छ। ‘कुन कच्चा पदार्थमा अखाद्य तत्व मिसिएको हो भनेर छुट्ट्याउनुपर्छ,' कर्णले भने, ‘उद्योग आफैंले मिसाए भन्ने कुनै आधार हुँदैन।'
विभिन्न ठाउँबाट म्यागी चाउचाउको नमुना उठाएर ल्याब परीक्षण गरिरहेको विभागले नेपालमा आयात गर्ने कम्पनीलाई आयात नगर्न निर्देशन दिइसकेको छ। कर्णका अनुसार काठमाडौं र बुटवलबाट म्यागी चाउचाउ आयात हुँदै आएको थियो। काठमाडौंमा रहेर म्यागी चाउचाउ आयात गर्ने ‘नेप ट्रेडिङ' र बुटवलमा रहेका आयात गर्ने कम्पनीलाई बोलाएरै आयात रोक्न र गोदाममा रहेका चाउचाउलाई बजारमा नपठाउन भनेको कर्णले जानकारी दिए।