भूकम्पले रोकेको छैन पोखरा विमानस्थल निर्माण
२२ जेष्ठ २०७२
•
६ मिनेट पाठ
भूकम्पले रोकेको छैन पोखरा विमानस्थल निर्माण
पोखरा-महाभूकम्पपछि जताततै भत्के बिग्रेको मात्रै देख्नुभएको होला। भूकम्पले जति विनाश गरे पनि देशले विकास र निर्माणको प्रक्रियालाई भने रोकेको छैन। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया अघि बढिरहनु त्यसैको उदाहरण हो।भूकम्प गइसकेपछि नै विमानस्थल आयोजनाले जग्गा अधिग्रहणका लागि मुआब्जा वितरणलाई तीब्रताका साथ अघि बढाइरहेको छ। मुआब्जा वितरणकै लागि भनेर सोमबारमात्रै अर्थ मन्त्रालयले डेढ अर्ब रुपैयाँ निकासा गरेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका प्रमुख इन्जिनियर प्रदीप अधिकारीले जानकारी दिए। ‘मुआब्जा लिन धमाधम निवेदन आइरहेको छ,’ उनले भने, ‘पैसा निकासा भइसकेकाले एक/दुई दिनमै वितरण सुरु हुन्छ।’




पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि थप अधिग्रहण गर्न लागिएको जग्गाका धनीले मुआब्जा लिन सुरु गरेका छन्। उचित मूल्य नपाएको भन्दै असन्तुष्टि पोखिबसेकाहरुले यो साता रकम रकम बुझ्न थालेका हुन्।

सरकारले विमानस्थलका लागि थप ६ सय ८० रोपनी जग्गा अधिग्रहण गर्न लागेको हो। त्यसमध्ये ३ सय ३५ रोपनीका जग्गाधनीलाई दोस्रो चरणमा मुआब्जा वितरण गर्न प्रक्रिया अघि बढेको छ। यसअघि पहिलो चरणमा ८० रोपनीका लागि मुआब्जा लिन आउन सरकारले सूचना जारी गरेको थियो। त्यो चरणका १३ जना जग्गाधनी विदेश वा अन्त कतै भएर सम्पर्कविहीन भएर नआएका भए पनि अरु सबैले मुआब्जा बुझेका छन्।

दोस्रो चरणको ३ सय ३५ रोपनी अधिग्रहणमा परेका जग्गाका धनीहरुले पनि मुआब्जा लिन निवेदन दिइरहेको आयोजनाका सिभिल इन्जिनियर चन्द्रमणि सापकोटाले बताए। दोस्रो चरणमा लिन लागिएको यो जग्गामा विमानस्थलको टर्मिनल भवन निर्माण हुने जानकारी पनि उनले दिए।

३ सय ३५ रोपनी जग्गा प्राधिकरणले ४८ देखि ६४ लाख रुपैयाँ रोपनीका दरले मुआब्जा दिएर लिन लागेको हो। बाटो नभएकोलाई थोरै र भएकोलाई धेरै मूल्य दिइनेछ। यसअघि ८० रोपनीका हकमा भने बाटो नभएको र नगरपालिकाको मापदण्डअनुसार भौतिक संरचना निर्माण गर्न नमिल्ने जग्गाको २० र सडक भएकाको ४२ लाख रुपैयाँ रोपनी दरको मुआब्जा थियो। प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत संयोजकत्व टिमले मुआब्जा निर्धारण गरेको हो।

‘यो खुसीको कुरो हो,’ आयोजना प्रमुख अधिकारीले भने, ‘जग्गाप्राप्तिका लागि अन्त धेरै कठिन भए पनि पोखरामा समस्या भएन । स्थानीय, दल र सरोकारवालाले निकै सहयोग गरे।’ भूकम्प आएकै कारण मुआब्जा लिन आउने सूचना निकाल्न एक महिनाजस्तो ढिला भए पनि अरु कुनै असर नपरेको जानकारी अधिकारीले दिए। ‘हामी पनि धमाधम काम गरिरहकेका छौं,’ उनले भने, ‘अर्थ मन्त्रालयले पनि रकम निकासा दिइहाल्यो।’

भूकम्पले पनि पोखरामा छिटो दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल खाँचो देखाएको इन्जिनियर अधिकारी बताउँछन् । ‘त्रिभुवन विमानस्थलमै भूकम्पले केही गरेको भए देशलाई कति गाह्रो हुन्थ्यो होला,’ उनले भने, ‘त्यसैले पनि अर्को विमानस्थल तुरुन्तै बनाउन लागि पर्नुपर्ने देखियो।’

२१ अर्ब रुपैयाँमा निर्माण गरिने विमानस्थलका लागि चीनले ऋण दिने पक्का भइसकेको छ। तर दुई देशबीच ऋण सम्झौता भइसकेको छैन। भूकम्पकै कारण ऋण सम्झौता केही पर सरे पनि एकाध महिनामा त्यो भइसक्ने नागरिक उड्डयन प्राधिकारणका अधिकारीहरु बताउँछन्। प्राधिकरण स्रोतका अनुसार चीनले आफ्नो एक्जिम बैंकमार्फत शुन्य दशमलव ५ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउने छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरा विमानस्थल निर्माणको जिम्मा चिनियाँ कम्पनी सिएएमसी इन्जिनियरिङलाई दिएको छ। प्राधिकरण र उक्त कम्पनीबीच २२ मे २०१४ मा सहमति भएको थियो। ‘अब ऋण सम्झौता भएकै दिनदेखि त्यो सहमति कार्यान्वयनमा आउँछ,’ इन्जिनियर सापकोटाले भने।

डिजाइनबाहेक गरी ३ वर्षमा विमानस्थल निर्माणको सहमति प्राधिकरणले चिनियाँ कम्पनीसँग गरेको छ। इपिसी मोडलमा निर्माण हुने विमानस्थल पूरा भएपछि प्राधिकरणलाई हस्तान्तरण हुन्छ। यसमा निर्माण कम्पनीले कुनै पनि बाहनामा मूल्यवृद्धि गर्न पाउँदैन।

पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन सरकारले २०३१ सालमा पोखरा—१४, १५ र १८ को ३ हजार १ सय ६ रोपनी जग्गा अधिग्रहण गरेको थियो। विमानस्थलको धावनमार्ग लगायत संरचना बन्ने ठाउँको माटो परीक्षण चिनियाँ पक्षले गरिसकेको छ।
अर्को समाचार
भूकम्पले रोकेको छैन विकास
२४ जेष्ठ २०७२
•
६ मिनेट पाठ
भूकम्पले रोकेको छैन विकास
पोखरा- महाभूकम्पपछि जताततै भत्के–बिग्रेको मात्रै देख्नुभएको होला। भूकम्पले जति विनाश गरे पनि देशले विकास र निर्माण प्रक्रिया भने रोकेको छैन। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया अघि बढिरहनु त्यसैको उदाहरण हो।भूकम्प गइसकेपछि नै विमानस्थल आयोजनाले जग्गा अधिग्रहणका लागि मुआब्जा वितरणलाई तीव्रताका साथ अघि बढाइरहेको छ। मुआब्जा वितरणकै लागि भनेर सोमबारमात्रै अर्थ मन्त्रालयले डेढ अर्ब रुपैयाँ निकासा गरेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका प्रमुख इन्जिनियर प्रदीप अधिकारीले जानकारी दिए। 'मुआब्जा लिन धमाधम निवेदन आइरहेको छ,' उनले भने, 'पैसा निकासा भइसकेकाले एक–दुई दिनमै वितरण सुरु हुन्छ।'




पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि थप अधिग्रहण गर्न लागिएको जग्गाका धनीले मुआब्जा लिन सुरु गरेका छन्। उचित मूल्य नपाएको भन्दै असन्तुष्टि पोखेर बसेकाहरुले अघिल्लो साता रकम रकम बु‰न थालेका हुन्।

सरकारले विमानस्थलका लागि थप ६ सय ८० रोपनी जग्गा अधिग्रहण गर्न लागेको हो। त्यसमध्ये ३ सय ३५ रोपनीका जग्गाधनीलाई दोस्रो चरणमा मुआब्जा वितरण गर्न प्रक्रिया अघि बढेको छ। यसअघि पहिलो चरणमा ८० रोपनीका लागि मुआब्जा लिन आउन सरकारले सूचना जारी गरेको थियो। त्यो चरणका १३ जना जग्गाधनी विदेश वा अन्त कतै भएर सम्पर्कविहीन भएर नआएका भए पनि अरु सबैले मुआब्जा बुझेका छन्।

दोस्रो चरणको ३ सय ३५ रोपनी अधिग्रहणमा परेका जग्गाका धनीहरुले पनि मुआब्जा लिन निवेदन दिइरहेको आयोजनाका सिभिल इन्जिनियर चन्द्रमणि सापकोटाले बताए। दोस्रो चरणमा लिन लागिएको यो जग्गामा विमानस्थलको टर्मिनल भवन निर्माण हुने जानकारी पनि उनले दिए।

३ सय ३५ रोपनी जग्गा प्राधिकरणले ४८ देखि ६४ लाख रुपैयाँ रोपनीका दरले मुआब्जा दिएर लिन लागेको हो। बाटो नभएकोलाई थोरै र भएकोलाई धेरै मूल्य दिइनेछ। यसअघि ८० रोपनीका हकमा भने बाटो नभएको र नगरपालिकाको मापदण्डअनुसार भौतिक संरचना निर्माण गर्न नमिल्ने जग्गाको २० र सडक भएकाको ४२ लाख रुपैयाँ रोपनी दरको मुआब्जा थियो। प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत संयोजकत्व टिमले मुआब्जा निर्धारण गरेको हो।

'यो खुसीको कुरो हो,' आयोजना प्रमुख अधिकारीले भने, 'जग्गाप्राप्तिका लागि अन्त धेरै कठिन भए पनि पोखरामा समस्या भएन। स्थानीय, दल र सरोकारवालाले निकै सहयोग गरे।' भूकम्प आएकै कारण मुआब्जा लिन आउने सूचना निकाल्न एक महिनाजस्तो ढिला भए पनि अरु कुनै असर नपरेको जानकारी अधिकारीले दिए। 'हामी पनि धमाधम काम गरिरहकेका छौं,' उनले भने, 'अर्थ मन्त्रालयले पनि रकम निकासा दिइहाल्यो।'

भूकम्पले पनि पोखरामा छिटो दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल खाँचो देखाएको इन्जिनियर अधिकारी बताउँछन्। 'त्रिभुवन विमानस्थलमै भूकम्पले केही गरेको भए देशलाई कति गाह्रो हुन्थ्यो होला,' उनले भने, 'त्यसैले पनि अर्काे विमानस्थल तुरुन्तै बनाउन लागि पर्नुपर्ने देखियो।'

२१ अर्ब रुपैयाँमा निर्माण गरिने विमानस्थलका लागि चीनले ऋण दिने पक्का भइसकेको छ। तर दुई देशबीच ऋण सम्झौता भइसकेको छैन। भूकम्पकै कारण ऋण सम्झौता केही पर सरे पनि एकाध महिनामा त्यो भइसक्ने नागरिक उड्डयन प्राधिकारणका अधिकारीहरु बताउँछन्। प्राधिकरण स्रोतका अनुसार चीनले आफ्नो एक्जिम बैंकमार्फत ० दशमलव ५ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउने छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरा विमानस्थल निर्माणको जिम्मा चिनियाँ कम्पनी सिएएमसी इन्जिनियरिङलाई दिएको छ। प्राधिकरण र उक्त कम्पनीबीच २२ मे २०१४ मा सहमति भएको थियो। 'अब ऋण सम्झौता भएकै दिनदेखि त्यो सहमति कार्यान्वयनमा आउँछ,' इन्जिनियर सापकोटाले भने। डिजाइनबाहेक गरी ३ वर्षमा विमानस्थल निर्माणको सहमति प्राधिकरणले चिनियाँ कम्पनीसँग गरेको छ। इपिसी मोडलमा निर्माण हुने विमानस्थल पूरा भएपछि प्राधिकरणलाई हस्तान्तरण हुन्छ। यसमा निर्माण कम्पनीले कुनै पनि बाहनामा मूल्यवृद्धि गर्न पाउँदैन।

पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन सरकारले २०३१ सालमा पोखरा—१४, १५ र १८ को ३ हजार १ सय ६ रोपनी जग्गा अधिग्रहण गरेको थियो। विमानस्थलको धावनमार्ग लगायत संरचना बन्ने ठाउँको माटो परीक्षण चिनियाँ पक्षले गरिसकेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस