काठमाडौं-पाइलट अभाव झेल्दै आएको राष्ट्रि्रय ध्वजावाहक नेपाल वायुसेवा निगमले आधा दर्जन विदेशी पाइलट भाडामा लिने भएको छ। ती पाइलटलाई जहाज ‘कमान्ड' गर्न दिएर आफ्ना पाइलटलाई प्रशिक्षित पनि गर्दै लाने निगमको तयारी छ।विदेशी पाइलट भाडामा लिन निगमले ‘ग्लोबल टेन्डर' आह्वान गरेको छ। यसअघि मागेको प्रस्ताव बुझाउने कम्पनीको प्राविधिक मूल्यांकन नमिलेका कारण पुनः एक साता अवधि थपेर टेन्डर आह्वान गरिएको हो।
‘हामी कम्तिमा पाँच विदेशी पाइलट भाडामा लिँदै छौं,' निगमका कर्पोरेट डाइरेक्टर तथा प्रवक्ता रामहरि शर्माले बुधबार नागरिकसँग भने, ‘उनीहरूलाई आवश्यकताअनुसार न्यूनतम ६ महिनादेखि एक वर्षसम्म भाडामा लिन्छौं।'
एक साताभित्र प्राप्त प्रस्ताव मूल्यांकन गरी पाइलट छनोट गरिने उनले जानकारी दिए। बढीमा दुई साताभित्र पाइलट लिने काम पूरा गर्ने गरी तीव्र गतिमा प्रक्रिया अगाडि बढेको उनले बताए।
उनका अनुसार भाडामा लिइने पाइलट प्रशिक्षक र परीक्षक दुईथरी हुनेछन्। युरोपेली जहाज निर्माता कम्पनी एयरबसको फ्रान्सस्थित मुख्यालयमा तालिम उत्तीर्ण गरी आउने निगमका पाइलटलाई ती दुईथरी पाइलटमध्ये प्रशिक्षकले थप तालिम दिने र परीक्षकले जाँच लिनेछन्।
‘भाडा ल्याइनेे सबै प्रशिक्षक र परीक्षक पाइलटले हाम्रा नयाँ जहाजमात्र उडाउनेछन्,' शर्माले भने, ‘एयरबसबाट तालिम उत्तीर्ण गरेर आउने पाइलटलाई उनीहरूले यहाँ कम्तिमा ५० घन्टासम्म थप तालिम दिनेछन् र त्यसपछि जाँच पनि लिनेछन्।'
ग्लोबल टेन्डर आह्वान गरिए पनि निगमले व्यक्तिगत नभई सकेसम्म कम्पनीमार्फत पाइलट भाडामा लिने योजना बनाएको छ। त्यस्ता पाइलटलाई निगमले हालै खरिद गरी ल्याएका दुईथान ‘ए३२०–२००' सिरिजका जहाज उडानमा प्रयोग गरिने छ। यस्ता जहाज प्रत्येकमा १ सय ५८ सिट छन्। तिनमा आठ बिजनेस क्लास र १ सय ५० इकोनोमी क्लास सिट छन्।
हाल जर्मनीका प्रशिक्षक पाइलट क्रिस्टोफले निगमका नयाँ जहाज उडाइरहेका छन् भने निगमका पाइलटलाई तालिम पनि दिइरहेका छन्। उनलाई ६ महिनाका लागि भाडामा लिइएको हो। उनले २०७१ चैत अन्तिम साताबाट निगमका नयाँ जहाज कमान्ड गर्दै आएका छन्।
अप्ठेरो अवस्थामा पनि आग्रह स्वीकारेका कारण निगमले क्याप्टेन क्रिस्टोफलाई राम्रै सेवा–सुविधा दिएको छ। उनलाई मासिक ९ हजारदेखि १२ हजार अमेरिकी डलर (९ लाखदेखि १२ लाख रुपैयाँ) भित्र तलब दिइएको छ। त्यसबाहेक उनलाई पाँचतारे होटल सांग्रिलामा बस्ने खर्च पनि दिइएको छ।
क्रिस्टोफले भारतको निजी क्षेत्रको अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी किङफिसर एयरलाइन्सको जहाज उडाइसकेका छन्। उनी प्रशिक्षक र परीक्षक दुवै योग्यता भएका पाइलट हुन्।
हालसम्म निगमका सात पाइलटले एयरबसबाट तालिम उत्तीर्ण गरेका छन्। तिनमा वरिष्ठ क्याप्टेनहरू रविन्द्रपुरुष ढकाल, समजकुमार श्रेष्ठ, श्रवण रिजाल, विजय लामा, सुभाष रिजाल, श्याम ढेवाजु र को–पाइलट एनबी विश्वकर्मा छन्। त्यसैगरी एयरबस जहाजको को–पाइलट तालिम लिन हाल आधा दर्जन पाइलट फ्रान्समा छन्।
अब भाडामा लिइने नयाँ पाइलटलाई पनि निगमले आकर्षक तलब दिने तयारी गरेको छ। सम्बद्ध एक अधिकारीका अनुसार विदेशी पाइलटलाई मासिक १२ हजारदेखि १५ हजार अमेरिकी डलर (१२ देखि १५ लाख रुपैयाँ) तबल दिइने छ।
उनका अनुसार पछिल्लो पटक केही विदेशी कम्पनी र पाइलटसँग यसबारे कुराकानी भएको थियो। कुनै कम्पनीका जहाज उडाइरहेका छन् भने ल्याउन अलि समस्या हुने गरेको छ। सुरुमा त्यस्ता पाइलटले मासिक २० हजार डलर (२० लाख रुपैयाँ) माग्ने गरेका छन्। विस्तारै ‘बार्गेनिङ' गर्दै केही कम गर्ने गर्छन्।
निगमले सँगसँगै नेपाली पाइलट पनि लिने तयारी गरिरहेको छ। विभिन्न अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीमा उडान गरिरहेका नेपाली पाइलटसँग पनि कुराकानी भइरहेको ती अधिकारीको भनाइ छ। हाल केही नेपाली पाइलट खाडी मुलुक र भारतमा निगमकै जस्तो ए३२० सिरिजका जहाज उडाइरहेका छन्। उनीहरू आउन तयार भए विदेशीलाई दिनेसरह सेवा–सुविधा दिन निगम तयार हुनुपर्ने छ।
‘अब लिइने नयाँ विदेशी पाइलटलाई भने प्रशिक्षक पाइलट क्रिस्टोफलाई जस्तै पाँचतारे होटलमा बस्ने सुविधा भने दिँदैनौं, बरु निजी अपार्टमेन्टमा बस्ने सुविधा भने दिनसकिने छ,' ती अधिकारीले भने।
निगममा हाल क्याप्टेन र को–पाइलट गरी ४६ जनाले जहाज उडाइरहेका छन्। निगमसँग पछिल्लो पटक खरिद गरी ल्याइएका दुईथान ए३२०, अमेरिकी जहाज निर्माता कम्पनी बोइङमा उत्पादित दुईथान ‘बि७५७', चीनमा निर्मित एउटा ‘एमए–६०', एउटा ‘वाई१२–ई' र क्यानडामा निर्मित एउटा टि्वनअटर जहाज सञ्चालनमा छन्।