जलाधार संरक्षणका लागि पाँच जिल्लामा ‘कार्ययोजना’
१६ चैत्र २०७८
•
३ मिनेट पाठ
जलाधार संरक्षणका लागि पाँच जिल्लामा ‘कार्ययोजना’
त्रिवेणी गाउँपालिका २ रुकुम (पश्चिम) जलाधार व्यवस्थापन कार्यालय सुर्खेतले गरेको तटबन्ध । तस्बिर: गोविन्द/नागरिक
भु–तथा जलाधार व्यवस्थापन कार्यालय सुर्खेतले पाँच जिल्लामा विकास गतिविधिबाट भएको प्रकृती प्रकोप न्यूनिकरण गर्नका लागि कार्ययोजना बनाउने तयारी गरेको छ। पाँच जिल्लाका ४३ स्थानीय तहका जनप्रतिनिधिसंग परामर्श बैंठक राखेर विकास कार्यक्रम वातावरणमैत्री बनाउन र भएका विनाश सुधार गर्नका लागि कार्ययोजनाहरु बनाईने भएको हो।




भु–तथा जलाधार ब्यवस्थापन कार्यालय सुर्खेतले सुर्खेतसहित दैलेख, जाजरकोट, सल्यान र रुकुम (पश्चिम) कार्यक्षेत्र बनाएर जलाधारिय अवस्था सुधारका स्थानीय सरकारसंगको सहकार्यमा योजना बनाएर काम गर्ने तयारी गरेको छ। जनप्रतिनिधिहरुले जलाधार/उपजलाधार क्षेत्रहरुको पहिचान, प्राथमिकीकरण एंव ब्यवस्थापन योजना निर्माणका लागि प्रदेश सरकारबाट भएको छलफल प्रभावकारी भएको बताएका छन्।

जलाधारिय अवस्था सुधार गर्नका लागि पानीको मुल सक्ने, बाढी पहिरो जाने मुख्य कारण जथाभावी सडक खन्दा भएकाले  त्यस्तो प्रकोप निम्तिन नदिन विशेष योजना बनाएर आगामी वर्षदेखि लागू हुने गरी काम गर्नुपर्ने जिल्ला समन्वय समिति रुकुम (पश्चिम) का जिल्ला समन्वय समितिका प्रमुख राजकुमार शर्माले बताए।

स्थानीय तहसमेतको सहकार्यमा जलाधार व्यवस्थापन योजना तयार गरेर कार्यान्वयन गर्ने उद्देश्य राखेको भु–तथा जलाधार व्यवस्थापन कार्यालयका वरिष्ठ जलाधार व्यवस्थापन अधिकृत शेरबहादुर श्रेष्ठले बताए। ‘प्रकोप न्यूनिकरणका लागि एकिकृत खाकाको योजना यो वर्ष बन्छ र अर्को वर्ष कार्यान्वयन हुन्छ।’ व्यवस्थापन कार्यालयका प्रमुख श्रेष्ठले भने, 'सडक धेरै खनिएको छ तर, सडक दिर्घकालिन छैन्। जसले गर्दा तल्लो तटिय क्षेत्रमा रहेका गाउँघरमा प्रकोप निम्तिएको छ। जग्गाजमिन मरभुमीकरण भयो। अव, हरित सडक, बातावरणियमैत्री सडक बनाएर विनाश रोक्नेतर्फ कार्ययोजना हुनेछ।’ विकासको काम संगसंगै वातावरणिय विकासमा ध्यान दिन स्थानीय सरकारका जनप्रतिनिधिहरु प्रतिवद्ध देखिएका छन्। 

जथाभावी विकासका काम हुदाँ बाढी, पहिरो, भुक्षय जस्ता विकृतीहरु समुदायले भोग्नु परेको छ। स्थानीय तह र प्रदेश सरकार मिलेर एकीकृत जलाधार ब्यवस्थापन योजना तर्जुमा गर्ने त्यो योजना स्थानीय सरकार र प्रदेश सरकार मिलेर कार्यान्वयन गर्ने उद्देश्य कार्यालयले राखेको कार्यालय प्रमुख श्रेष्ठले जानकारी दिए।  ‘मनपरि विकासले वातावरण विग्रीरहेको छ।’ भुःसंरक्षण अधिकृत होमकुमारी न्यौपानेले भनिन, ‘जलाधार नविग्रनका लागि कार्ययोजना बनाईनेछ।’ स्थानीय सरकार पनि जलाधार ब्यवस्थापनमा जिम्मेवार निकाय भएर अव सहकार्यमा संरक्षणका कार्यक्रमहरु गरिने भुसंरक्षण अधिकृत न्यौपानेले बताईन्।

कार्यक्षेत्रका पाँच जिल्लामा जिल्ला समन्वय समितिको सहकार्यमा कार्यालयले जिल्ला स्तरिय परामर्श बैंठक सञ्चालन गरेको छ। जसमा ४३ वटा गाउँ नगर/पालिकाको प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष र ५ जिल्लाका जिल्ला समन्वय प्रमुख/उपप्रमुखहरु जलाधार/उपजलाधार क्षेत्रको ब्यवस्थापन गर्न योजना तर्जुमा सहभागी थिए।

प्राथमिकतामा परेका जलाधार/उपजलाधार क्षेत्रको व्यवस्थापन गर्न योजनाहरुको तयारीका लागि जनप्रतिनिधिसंग समन्वय बैंठक कार्यालयले जिल्लामै पुगेर गरेको थियो। जिल्ला समन्वय समितिको संयोजनमा पाँच जिल्लामा भुसंरक्षण सम्वन्धी कार्यक्रमहरु गरेको हो। जलाधार ब्यवस्थापनमा जल, जमिन, जिवजन्तु र जनसमुदायको अन्तरसम्वन्धलाई एकिकृत योजना बनाईने जनाईएको छ।

भुसंरक्षण तथा जलाधार व्यवस्थापन कार्यक्रम स्थानीय तहहरुसंगका साँझोदारीमा जिल्लागत रुपमा भुसंरक्षण सम्वन्धि बजेट तथा योजना तर्जु कार्यक्रम गर्नुका साथै जलाधार क्षेत्रको पहिचान तथा अध्यायन समेत गरिएको थियो। जलाधार/उपजलाधार क्षेत्रहरुको प्राथमिकता र ब्यवस्थापनका विषयमा जनप्रतिनिधिहरुसंग भू तथा जलाधार व्यवस्थापन कार्यालयले विज्ञ टोलीको व्यवस्थापन गरि छलफल गराएको हो। जिल्लामा रहेको जलाधार तथा उपजलाधारको संरक्षण गर्नका लागि सवैले जोड दिनुपर्ने जिल्ला समन्वय समिति जाजरकोटका प्रमुख मनबहादुर रावलले बताए।
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
१५ घण्टा अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस