इलाम- चौतर्फी मह"गी बढेर कृषिजन्य लागत उच्च भए पनि पूर्वका चिया किसानले उत्पादन गर्ने हरियो पत्तीको मूल्य डेढ दशकदेखि एउटै छ। २०५५ सालमा प्रतिकिलो ३० रुपैया"ले हरियो पत्ती बिक्री गर्ने चिया किसान अहिले पनि उत्ति नै मूल्यमा चिया बिक्री गर्न बाध्य छन्।उत्पादन लागत बर्सेनि उच्च भए पनि चिया कारखानाले नानाथरी कारण देखाएर किसानलाई हरियो पत्तीको चित्तबु‰दो मूल्य नदिएका हुन्। चिया खेतीको उद्गमथलो इलाममा सञ्चालित ठूलो क्षमताका दुई दर्जनभन्दा धेरै कारखानाले मौसमअनुसार हरियो पत्ती प्रतिकिलो २० देखि ५५ रुपैया"सम्म हालेर खरिद गर्छन्। किसानका अनुसार, कारखानाले दिने हरियो पत्तीको औसत मूल्य अहिले ३० रुपैया" छ। यो मूल्यमा हरियो पत्ती बेच्दा किसानलाई लागत खर्च उठाउनै धौ–धौ पर्ने गर्छ। यो समस्याबाट चिया खेती गर्ने घर घरका किसान मारमा छन्।
'१५ वर्षअघि जति रुपैया"मा चिया बेचिन्थ्यो, अहिले पनि त्यति नै मूल्यमा बेच्नु परिरहेको छ,' श्रीअन्तुका किसान खगराज घिमिरेले आइतबार नागरिकलाई भने, 'त्यसबेला प्रतिकिलो ३० रुपैया"मा चिया बेच्दा धेरै फाइदा हुन्थ्यो, अहिले लागत खर्च उठाउनै हम्मे पर्छ।' हरियो पत्ती उत्पादनमा आवश्यक पर्ने मल, विषादी, मजदुर आदिमा हुने खर्च धेरै गुणा वृद्धि भएकाले चियाको उचित मूल्य पाउनुपर्ने उनको माग छ।
२०५५ सालमा एक किलो हरियो पत्ती उत्पादन गर्न तीन रुपैया" मात्रै लागत खर्च हुने उल्लेख गर्दै घिमिरेले अहिले त्यो बढेर २० पुगेको दाबी गरे। त्यसबेला ५० रुपैया"मा पाइने मजदुर अहिले दुईदेखि तीनसय रुपैया" खर्चिंदा मात्र काममा आउ"छन्। तीन सय रुपैया"मा पाइने ५० किलोको रासायनिक मललाई अहिले एक हजार सात सय पर्छ। विषादीको मूल्य उत्तिकै दरले वृद्धि छ। ढुवानी खर्च पनि पहिलेभन्दा उच्च छ।
'हरियो पत्ती टिप्ने मजदुरको अभाव त छ"दैछ, त्यसमाथि कम मूल्यको पिरलोले कहिल्यै छोडेन,' ठूलो क्षेत्रफलमा चिया खेती गर्ने घिमिरेले सुनाए, 'सबैजसो कारखानामा उस्तै मूल्य तोकिएकाले किसानले सस्तोमा बेच्नुको विकल्प छैन।' कम मूल्य पाएकै कारण कतिपय किसानले निजी लगानीमा चिया प्रशोधन गर्ने कुटिर उद्योग खोलेका छन्। तिनले प्रशोधन गर्ने चिया थोरै हु"दा बहुसंख्यक किसान उनीजस्तै मर्कामा छन्।
दुई पात एक सुइरो भएको हरियो पत्ती बेच्दा डेढ दशकसम्म एउटै मूल्य पाएपछि १८ लाख रुपैया"को लगानीमा निजी उद्योग खोलेका सूर्योदय नगरपालिकास्थित माघेका ज्योति अधिकारीले कम मूल्य पाउन किसानको सनातन समस्या भएको बताए। 'आफ्नै उद्योग खोल्दा हरियो पत्ती प्रशोधन गरेर बढी आम्दानी लिन सकिन्छ भन्ने अपेक्षा छ,' अधिकारीले भने, 'अहिलेसम्म बेचेको हरियो पत्तीले कारखाना पोस्ने काम मात्र भो।'
चियाखेती धेरै भएको सूर्योदय नगरपालिकाभित्रका तीन गाउ" पञ्चकन्या, फिक्कल र कन्याममा मात्रै कुटिर उद्योगको संख्या दुई दर्जन नाघिसकेको छ। बैंकबाट ऋण लिएर त्यस्ता उद्योग खोलेका किसानले आफूनिकटका किसानबाट पनि थोरै थोरै हरियो पत्ती खरिद गरिरहेका छन्। 'रासायनिक मल र बिषादीरहित हरियो पत्ती ठूला कारखानाभन्दा दोब्बर मूल्यमा किन्छौं,' अधिकारीले भने, 'यसले किसानलाई राहत दि"दैछ।'
हरियो पत्तीको गुणस्तर नसुधारेकै कारण किसानले थोरै मूल्य पाएको कारखाना सञ्चालकको भनाइ छ। सुन्दरपानीस्थित गोर्खा टि स्टेट सञ्चालक उदय चापागाईंले अर्गानिक हरियो पत्ती उत्पादन गरे किसानले राम्रै मूल्य पाउने बताए। 'विदेशी बजारमा जे कुराको माग छ, त्योअनुरूपको पत्ती उत्पादन गर्ने किसानलाई हामीले राम्रो मूल्य दिइरहेका छौं,' चापागाईंले भने, 'कम गुणस्तरको चियाले थोरै मूल्य पाएको हो।'