चितवन–भूकम्पका कारण बन्द भएको मनकामना केवल कार सञ्चालन हुने दिन अझै अनिश्चित छ । भूकम्पले केवलकार, टावर र अन्य संरचनामा कुनै क्षति पुगेको छैन । तर मनकामना मन्दिरमा असर गरेका कारण केवलकार सञ्चालनमा अन्यौल भएको हो । भूकम्पले मनकामना मन्दिर ढल्किएपछि टेको लगाएर राखिएको छ । पुजारीले नित्यपुजा बाहेक अरु गरेका छैनन्।चितवनको कुरिनटारबाट गोरखाको मनकामनासम्म जान नेपालमा नै पहिलो पटक विस २०५४ सालको मंसिर ८ गतेबाट केबलकार सेवा सुरु भएको थियो । दिनमा कम्तिमा दुई हजार र बढीमा छ हजारजनासम्म केबलकारबाट मनकामना जाने आउने गरेको केबलकारका उप महाप्रवन्धक डिएन कायस्थले जानकारी दिए ।
'शनिबार र देवीको विशेष पुजा हुने अवसरमा दिनमा छ हजार पनि पुग्छन् । नभए दुई हजार तीन हजार कहिल्यै टुट्दैन थिए,' कायस्थले भने । वर्षमा १० लाखले केबलकारबाट मनकानाको दशृन गर्न जाने गरेको उनले जानकारी दिए । केवलबार बन्द हुँदा पाँच करोड रुपैयाँको हारहारीमा नोक्सान भएको कायस्थको भनाइ छ ।
मनकामना मन्दिर जिर्णोद्वार समितिका संयोजक नरेन्द्रबाबु श्रेष्ठ भूकम्पअघि नै मनकामना मन्दिर दक्षिण पश्चिममा छ इन्च ढल्केको थियो । भूकम्पपछि थप छ इन्च ढल्केर एक फिट कोल्टो परेपछि भित्र पसेर पुजा गर्न त्रास भएको छ । पुजारीलाई बाहिर वा आएका भक्तजनहरुलाई सुरक्षा प्रवन्ध मिलाएर भित्रै पुजा गर्न दिने व्यवस्था मिलाउन सके केवलकार पनि चल्ने अवस्था रहेको श्रेष्ठले बताए ।
एक फिट नै ढल्केपछि मन्दिर पुरै भत्काउन लागेको श्रेष्ठले जानकारी दिए । मन्दिर भत्काउनलाई खट बाँध्ने काम सुरु भएको र एक हप्तापछि खट बाँधेर सकिने उनले बताए । 'खट बाँधेर सकेको एक महिनाभित्र मन्दिर पनि भत्काइ सक्ने योजना छ । मन्दिर भत्काएपछि मुख्य मौलोमा पुजा सुरु होला अनि केवलकार पनि चल्ला' श्रेष्ठले भने ।
भत्काउने कार्य नसकिए पनि बाहिर पुजा गर्न चाहने भक्तहरुलाई सेवा दिने योजना रहेको श्रेष्ठले बताए । 'कोही कोहीको भाकल समय गुज्रन सक्छ । विदेश जानु पर्ने पनि हुन सक्छ । पर्खन नसक्ने त्यस्तालाई मन्दिर बाहिरै पुजा गर्न सुविधा दिने योजना पनि छ,' श्रेष्ठले भने । मन्दिर निर्माण सुरु भएपछि पुरा हुन दुई वर्ष लाग्ने उनले बताए ।
मन्दिर निर्माणका लागि पाँच करोड रुपैयाँ जम्मा भइसकेको जिर्णोद्वार समितिका संयोजक नरेन्द्रबाबु श्रेष्ठले जानकारी दिए । जिर्णोद्वारका लागि मन्दिरको बैशाख २१ मा भत्काउने तयारी रहेका बेलामा १२ गते भूकम्प गएको थियो । १२ गतेपछि बन्द रहेको केबलकार बैशाख २७ मा खुलेको थियो । त्यसपछि बैशाख २९ मा अर्को ठुलो पराकम्पन गएपछि केवलकार सञ्चालनमा आएको छैन ।
केबलकारमा १ सय २४ जनाले रोजगार पाएको उपमहाप्रवन्धक कायस्थले बताए । तीन चार महिनाकोबीचमा नियमित मर्मतका केबलकार तीन चार दिनसम्म बन्द हुन्थ्यो । एक पटक मजदुर आन्दोलनका कारण पनि केबलकार एक महिना बन्द भएको थियो । मनकामना मन्दिर तीन सय वर्ष पुरानो हो । भूकम्पका दिन मन्दिर वरपर सयौं जम्मा थिए । आडमा बन्दै गरेको घरको झ्याल खसेर एकजनाको निधन भएको थियो ।