काठमाडौं-मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा ‘यात्रु सूचना प्रणाली' नहुँदा अवैध रुपमा नेपाललाई ‘ट्रान्जिट' बनाएर बिदेसिने र नेपाल प्रवेश गर्नेको संख्या बढ्दै गएको छ। एउटा सफ्टवेयर जडान नगर्दा नेपालमा कुन पृष्ठभूमिका यात्रु प्रवेश गरे भन्ने रेकर्ड नै छैन।त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा ‘एडभान्स्ड प्यासेन्जर इन्फर्मेसन सिस्टम' (एपिआइएस) नहुँदा अध्यागमन कर्मचारीले यात्रु नेपाल आएपछि मात्र जानकारी लिने हुँदा यहाँ को छिरेको छ र को–कसरी बाहिरियो भन्ने रेकर्ड छैन। अझ गत वैशाख १२ को विनाशकारी भूकम्पपछि कस्ता–कस्ता व्यक्ति नेपाल प्रवेश गरे भन्ने रेकर्डसमेत अध्यागमन विभागसँग छैन।
भूकम्पपछि वैशाख २२ मा अवैध रुपमा नेपाल प्रवेश गरेर अन्य मुलुक जान लागेका फ्रान्सेली नागरिक थिबाउल्ट रेमी र इटालियन नागरिक मार्काे लियो पुरिबीलाई अध्यागमन विभागले पक्राउ गरेको थियो। भूकम्पपछि नै अध्यागमन कर्मचारीले दलाइ लामाका प्रतिनिधि नटुप छिरिङ अवैध रुपमा नेपाल आएर फर्केपछि मात्र थाहा पाएका थिए।
अध्यागमन विभागका महानिर्देशक केदार न्यौपानेले विभागमा अत्याधुनिक प्रणाली नहुँदा पहिले नै को यात्रु कुन वायुसेवाबाट आउँदैछ भन्ने थाहा नहुने बताए। एपिआइएस नहुँदा यात्रुबारे विस्तृत विवरण थाहा पाउन नसकिने उनले बताए। ‘विमानस्थल अध्यागमन काउन्टर अगाडि यात्रु आएपछि मात्र हामी म्यानुअल्ली काम गर्छाैं, यसले गर्दा यात्रु चिन्न सकिँदैन,' न्यौपानेले नागरिकसँग भने, ‘त्यसैले को आए र को गए भन्ने नै थाहा हुँदैन।'
भूकम्पपछि राहत र उद्धारका नाममा सयौं जहाज र हजारौं यात्रु आएका थिए। त्यसमा कसको नियत के थियो र ती कुन पृष्ठभूमिका थिए भन्ने अध्यागमनलाई थाहा नभएको उनले बताए। ‘यदि एपिआइएस भएको भए सम्वन्धित मुलुकबाट उड्नुअघि नै कुन वायुसेवामा को यात्रु आउँदैछ भन्ने थाहा हुन्थ्यो, उनले भने, ‘त्यसले गर्दा उसको पृष्ठभूमि थाहा हुन्थ्यो र उसलाई नेपालमा प्रवेश गर्न दिने कि नदिने भन्ने हुन्थ्यो।'
वैशाख १२ गतेदेखि हालसम्म १ हजारभन्दा बढी जहाज उद्धार र राहतका लागि नेपाल आएको त्रिभुवन विमानस्थलले जनाएको छ। त्यस्तै वैशाख १२ देखि जेठ १२ सम्ममा १ हजार ५० भन्दा बढी नियमित उडानका अन्तर्राष्ट्रिय जहाज आएका थिए। उक्त अवधिमा करिब १ लाख ६० हजार यात्रु विभिन्न मुलुकबाट नेपाल भित्रिका थिए।
यसरी भित्रिएकामध्ये आपराधिक पृष्ठभूमिका वा आतंककारी गतिविधिमा संलग्न भएका भए पनि त्यसको पहिचान हुन नसक्ने अध्यागमन विभागले जनाएको छ। महानिर्देशक न्यौपानेले यसबीचमा को आए र को गए भनेर हेर्ने फुर्सद नै नभएको बताए। यात्रु अगाडि आएपछि मात्र अनुहार हेर्नुपरेको उनको भनाइ छ।
‘चार्टर गरेर आएको र नियमित उडान भएका जहाजका चापले गर्दा हतारमा काम गर्यौं , त्यसैले को छिरे/छिरेनन् भन्ने नै थाहा भएन। अपराधी पनि छिरेका होलान् तर थाहा पाउने संयन्त्र नै छैन,' उनले भने, ‘हामीले भूकम्पका बेला चौबीसै घन्टा विमानस्थलमा सेवा दियौं, हतारमा पनि काम गर्यौं, त्यसैबाट केही कमजोरी भएको पनि हुन सक्छ।'
विमानस्थल व्यवस्थापनका अनुसार भूकम्पपछि अफ्रिका अल्जेरिया, अस्ट्रेलिया, अजरबैजान, बहराइन, बंगलादेश, बेल्जियम, बेलायत, बुल्गेरिया, क्यानडा, क्युबा, चेक गणतन्त्र, डेनमार्क, इजिप्ट, फिनल्यान्ड, फ्रान्स, जर्मनी, इन्डोनेसिया, इजरायल, इटाली, जापान, जोर्डन, मलेसिया, म्यानमार, नेदरल्यान्ड, नर्वे, ओमान, पाकिस्तान, पोल्यान्ड, कतार, रुस, साउदी अरब, श्रीलंका, सिंगापुर, स्पेन, स्वीट्जरल्यान्ड, थाइल्यान्ड, युएई र युक्रेनबाट उद्धार र राहतका लागि जहाज आएका थिए।
उद्धार र राहतका लागि आएका जहाजमा हुने यात्रुका विषयमा शंका नगरिए पनि उक्त अवधिमा अत्यधिक जहाज चाप रहेको विमानस्थलमा नियमित जहाजमा आएका यात्रुबारे पनि पूर्ण जानकारी लिन नसकिएको भन्दै अध्यागमन विभागले लाचारी पोखेको छ।
‘हो, अध्यागमनमा अत्यावश्यक प्रणाली जोड्न आवश्यक छ,' महानिर्देशक न्यौपानेले भने, ‘त्यसका लागि अवधारणा बनाएर बजेट पनि मागेको भए पनि प्रणालीबारे पछिल्लो पटक विवाद उत्पन्न भएपछि प्रक्रिया रोकिएको छ।' संसारका अधिकांश अध्यागमनमा भएको प्रणाली यहाँ नहुँदा यात्रु विवरण र पृष्ठभूमि थाहा पाउन नसकिएको उनको भनाइ छ।
गृह मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले एपिआइएस लागू गर्न मन्त्रालयले अन्तिम तयारी गरिरहेको जानकारी दिए। ‘भूकम्पअघि नै यसबारे छलफल भएको थियो, तर कुन सफ्टवेयर जडान गर्ने, नेपाली कि विदेशी कम्पनीले गर्ने वा सरकारले गर्ने कि निजी क्षेत्रले भन्ने विषयमा विवाद भएपछि हाल प्रक्रिया रोकिएको छ,' उनले दाबीका साथ भने, ‘अध्यागमनमा अत्याधुनिक प्रणाली नहुँदा बायोमेटि्रक प्रणाली पनि छैन तै पनि हामीले म्यानुअल्ली राम्रोसँग काम गरेका छौं।'
संसारभरका नागरिक उड्डयन प्राधिकरणको छाता संगठन अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) ले विश्वमा प्रयोग हुने आवागमनसम्बन्धी पासपोर्ट, भिसा र अन्य ट्राभल डकुमेन्टमा हुनुपर्ने सुरक्षा प्रणालीबारे मापदण्ड निर्धारण गरे पनि नेपालमा यो लागू हुन नसकेको विभागले जनाएको छ।
आइकाओको निर्देशनअनुसार हाल ६० देशमा यो प्रणाली लागू भइसकेको छ। विश्वमा हाल विभिन्न मुलुकका ४० लाखभन्दा बढी पासपोर्ट हराइरहेको अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) को तथ्यांकले देखाउँछ। हराइरहेका पासपोर्टमध्ये अधिकांश दुरुपयोग हुने सम्भावना रहेकाले नियन्त्रण गर्नका लागि पनि अत्याधुनिक प्रणाली लागू गर्नुपर्ने आइकाओको निर्देशन छ।