काठमाडौं-विनाशकारी भूकम्पपछि मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा झन्डै ८ सयवटा जहाजले उद्धार उडान गरेका छन् । अधिकांश जहाजले राहत सामग्री र उद्धारकर्मी लिएर आएका हुन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक वीरेन्द्र श्रेष्ठका अनुसार गत वैशाख १२ देखि जेठ ५ गतेसम्ममा विभिन्न देशका ७ सय ७७ जहाजले उद्धार तथा राहत उडान गरेका हुन् । यसमा चीनबाट आउने जहाजको संख्या उच्च छ।‘नियमित उडानसँगै उद्धार तथा राहत उडान गर्ने जहाजको चाप थेग्न हामीलाई हम्मे परे पनि सफलतापूर्वक व्यवस्थापन गर्यौं,’ श्रेष्ठले बुधबार नागरिकसँग भने,
‘विनाशकारी भूकम्प आएको १० दिनसम्म यस्ता जहाजको चाप अत्यधिक थियो र यसैका लागि विमानस्थललाई चौबीसै घन्टा सञ्चालन गर्यौं ।’
गत वैशाख १२ मा गएको ७.६ म्याग्निच्युडको विनाशकारी भूकम्पपछि नेपालबाट बाहिरिने स्वदेशी तथा विदेशी यात्रुको संख्या ह्वात्तै बढेको थियो भने सँगसँगै विभिन्न देशबाट राहत सामग्री र उद्धारकर्मी लिएर आउने जहाजको संख्या पनि त्यही अनुपातमा वृद्धि भएको थियो ।
‘हामीले आफ्नो क्षमताभन्दा धेरै गुणा बढी काम गरेर उडान व्यवस्थापन गर्यौं,’ महाप्रबन्धक श्रेष्ठले भने, ‘अहिले भने विमानस्थल विस्तारै सामान्य अवस्थामा फर्किन थालेको छ । त्यही भएर सामान्य दिनमा झैं विमानस्थ्ल साढे १८ घन्टामात्र सञ्चालन गरिरहेका छौं ।’
उनका अनुसार ४० भन्दा बढी देश तथा विभिन्न अन्तर्राष्ट्रिय संघसंस्थाबाट ती जहाज आएका थिए । तीमध्ये चीनबाट सबैभन्दा धेरै १ सय १४ जहाज उद्धारकर्मी तथा राहत सामग्री लिएर आएका थिए । त्यसपछि अमेरिकाबाट ८९ र भारतबाट ८५ जहाज यहाँ आएका थिए ।
विमानस्थलमा सकेसम्म बढी सहजता प्रदान गर्न, यात्रुलाई थप सुविधा र आरामसँग गन्तव्य पठाउन विमानस्थल चौबीसै घन्टा सञ्चालन गरिएको विमानस्थल व्यवस्थापनले जनाएको छ । ‘ठूलो प्राकृतिक विपत्तिका बेला विमानस्थलमा चाप पर्नु स्वाभाविक हो,’ श्रेष्ठले भने, ‘यस्तो बेला यात्रु चाप र जहाजको चाप सामान्य दिनभन्दा झन्डै दोब्बरसम्म पुग्नु नौलो होइन ।’
विमानस्थल व्यवस्थापनले राहत सामग्री र उद्धारकर्मी लिएर आउने जहाजलाई पहिलो प्राथमिकता दिएको थियो । त्यसबाट नियमित उडान केही ढिला हुन पुगेका थिए भने केही जहाज छिमेकी देशका अन्य विमानस्थलमा ‘डाइभर्ट’ हुन पुगेका थिए ।
त्रिभुवन विमानस्थलमा नौवटा ठूला जहाजमात्र पार्किङ गर्ने क्षमता छ । भूकम्प गएयता दैनिक ४५ वटा अन्तर्राष्ट्रिय उडान र त्यति नै अवतरण भएका थिए तथा उद्धारतर्फ भने भने ४० देखि ४५ वटासम्म आउने र त्यति नै जाने गरेका थिए ।
विमानस्थल व्यवस्थापनका अनुसार अफ्रिकाबाट १०, अल्जेरियाबाट २१, अस्ट्रेलिया चार, अजरबैजान दुई, बहराइन दुई, बंगलादेश १२, बेल्जियम दुई, बेलायत १७, बुल्गेरिया दुई, क्यानडा ३३, क्युबा दुई, चेक गणतन्त्र ६, डेनमार्क दुई, इजिप्ट एक तथा फिन्ल्यान्डबाट १० वटा जहाज आएका थिए ।
त्यसैगरी फ्रान्सबाट २३, जर्मनीबाट चार, इन्डोनेसिया आठ, इजरायल ३४, इटाली चार, जापान चार, जोर्डन १०, मलेसिया आठ, म्यानमार चार, नेदरल्यान्ड चार, नर्वे १४, ओमान १२, पाकिस्तान २४, पोल्यान्ड १४, कतार १८, रुस सात, साउदी अरब दुई, श्रीलंका १०, सिंगापुर २४, स्पेन १०, स्वीट्जरल्यान्ड ६, थाइल्यान्ड २०, युएई ४४ र युक्रेनबाट ३५ जहाज आएका थिए ।
त्यसबाहेक अन्तर्राष्ट्रिय संस्थातर्फ आइएफआरसीका चार, अक्सफामका दुई, युनिसेफका चार र विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) का १० जहाजले राहत सामग्री लिएर आएको विमानस्थल व्यवस्थापनले जनाएको छ ।
‘गत वैशाख १२ बाट १७ गतेभित्र २ सय १७ वटा जहाज उद्धारकर्मी तथा राहत सामग्री लिएर आएका थिए,’ विमानस्थलका महाप्रबन्धक श्रेष्ठले भने, ‘वैशाख १८ देखि जेठ १ सम्म १५ दिनमा ४ सय ७५ तथा त्यसपछि चार दिनभित्र थप ८५ जहाज आएको तथ्यांक रेकर्ड गरेका छौं ।’
त्रिभुवन विमानस्थल सामान्य दिनमा बिहान ६ बजे खुल्ने गर्छ भने राति साढे १२ बजे बन्द हुने गर्छ । यहाँ दैनिक करिब ३० देखि ३५ अन्तर्राष्ट्रिय उडान र त्यति नै अवतरण हुने गर्छ भने २ सय ५० देखि ३ सयसम्म आन्तरिक उडान–अवतरण हुने गर्छ । हाल ३१ अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले काठमाडौंमा उडान गरिरहेका छन्।