काठमाडौं- भूकम्पले भत्काएका संरचना बनाउन आवश्यक पर्ने इँटाको अभाव हुन थालेको छ। स्टकमा धेरै नभएको र अफ सिजन सुरु भइसकेकाले अभाव सुरु भएको हो।
बर्खा लागिसकेकोले नयाँ इँटा उत्पादन गर्न नसकिने र धेरै जसो चिम्नी भूकम्पले भत्केकाले नयाँ संरचना बनाउने इँटा नभएको इँटा व्यवसायी महासंघका अध्यक्ष महेन्द्रबहादुर चित्रकारले बताए। 'भूकम्प आउनुअघि नै इँटा अभाव सुरु भइसकेको थियो,' चित्रकारले भने, 'अब पुनर्निर्माण गर्नुपर्ने अवस्था आएकाले अभाव गहिरिन सक्ने देखिएको छ।'
अहिले प्रत्येक कारखानामा एकदेखि २ लाख इँटा मात्र स्टकमा रहेको उनले बताए। यसले निर्माणाधीन संरचनालाई मात्र पुग्छ। स्टकमा रहेका इँटा पनि पोल्न नसकेको व्यवसायीको भनाइ छ। 'भूकम्प जानुअघि बनाउन थालिएका संरचनालाई मात्र पुग्ने इँटा हामीसँग छ,' चित्रकारले भने, 'थप निर्माणको लागि अभाव हुनसक्छ।'
अहिले देशभरमा ८ सय हाराहारी इँटाभट्टा छन्। उपत्यकामा मात्र १ सय १२ इँटाभट्टा दर्ता भएको चित्रकारले बताए। देशभरका कारखाना प्रत्येकले एक सिजनमा १० देखि ८० लाख इँटा उत्पादन गर्छन्। यो सिजनमा भने कम इँटा उत्पादन भएको चित्रकारले बताए। मौसमले साथ नदिएको र श्रमिक अभावले पर्याप्त मात्रामा उत्पादन गर्न नसकेको उनको भनाइ छ। भूकम्पले इँटा भट्टाको चिम्नी भत्काएपछि अभाव गहिरिने पक्का भएको छ। उनका अनुसर अहिले उत्पत्यकाका १० देखि १५ प्रतिशत इँटा उद्योगमात्र सञ्चालनमा छन्। व्यवसायीले सिजनमा बनाएको काँचो इँटा पनि पोल्न पाएका छैनन्।
'यस सिजनमा मौसमले साथ दिएन,' चित्रकारले भने, 'फागनुदेखि नै पानी पर्न सुरु भयो। हप्ता–हप्तामा पर्ने पानीले काँचो इँटा पोल्न पाएनौं।' बर्खाअगावै बेलाबेलामा परेको पानीले धेरै इँटा व्यवसायीलाई पिरलो पारेको छ। धेरैले स्टकमा रहेका काँचो इँटा समेत पोल्न पाएका छैनन्।
विनाशकारी भूकम्पले इँटा भट्टालाई पनि ठूलो असर गरेको छ। प्रायः सबै इँटा भट्टाका चिम्नी भत्केका छन्। काठमाडौंका लगभग सबै भट्टाको चिम्नी खसेको चित्रकारले बताए। 'दुई तीनवटाको मात्र बाँकी होला,' उनले भने, 'यसले नयाँ उत्पादन गर्न अझ समस्या पर्छ।' काठमाडौं, चितवन र नवलपरासीका धेरै इँटाभट्टाका चिम्नी खसेको उनले बताए।
यही बेलामा इँटा भट्टामा मजदुर अभाव हुन थालेको छ। भूकम्पले गाउँघरमा रहेका मजदुरका घर भत्केका छन्। इँटा भट्टामा काम गर्ने धेरै मजदुर काभ्रे, सिन्धुपाल्चोक धादिङ, नुवाकोट लगायत जिल्लाका छन्। ती जिल्लाका मजदुरका आफ्नै घर भत्केका छन्। यसले गर्दा इँटा कारखानामा मजदुर अभाव हुन थालेको छ।
इँटा अभाव डेढ महिनाअघि नै सुरु भएको चित्रकारले बताए। उत्पादन पनि कम भएको र यही बेलामा नयाँ निर्माण पनि कम भएको उनले बताए। उपत्यकाको माग तराईबाट ल्याएर पूरा गरिएको छ। 'अहिले उपत्यकामा चाहिएको इँटाको माग तराईबाट पूरा गरिरहेका छौं,' चित्रकारले भने, 'उपत्यकामा दैनिक सय ट्रक इँटा तराइबाट आइरहेका छन्।'
नेपालमा माग हुने इँटा केही मात्रामा छिमेकी देश भारतबाट पनि आउने गरेको छ। धेरै कम मात्रामा आउने यी इटाको माग अब धेरै हुन सक्छ। यो भूकम्पले भारतको बिहार, उत्तर प्रदेश, दार्जिलिङ लगायत ठाउँमा पनि केही घर भत्केकाले भारतका इँटा उतै प्रयोग हुने सक्ने चित्रकारले बताए।
अहिले नै कति क्षति भएको छ र नयाँ इँटा कति आवश्यक छ, यकिन गर्न नसकिने चित्रकारले बताए। 'पुनर्निर्माण र नयाँ घर, बिल्डिङ बनाउन एकैपटक माग भयो भने इँटा पुर्या उन सकिँदैन,' चित्रकारले भने। नयाँ संरचना नबनाउने र पुनर्निर्माणको मात्र काम हुने हो भने नेपालभित्रै इँटाको माग पूरा गर्न सकिनेछ। त्यसको लागि भने अर्को सिजन पर्खनुपर्ने उनले बताए।
यही मौकामा इँटाको मूल्यवृद्धि भने नगरिने चित्रकारले बताए। कतिपय ठाउँमा इँटाको मूल्य बढेको गुनासो आइरहेको बेला मूल्य नबढाउने उनले बताए। 'अहिले हामीले मूल्य बढाएका छैनौं,' चित्रकारले भने, 'कतै डिपोहरूले बढाएको हुन सक्छन्।'