काठमाडौं-विनाशकारी भूकम्पले काठमाडौंमा जुर्मुराउँदै गरेको ‘मल कल्चर' लाई नराम्रोसँग धक्का दिएको छ। ७.६ म्याग्निच्युडको भूकम्पले काठमाडौंका मलमात्र होइन, त्यहाँ व्यापार व्यवसाय गर्नेलाई पनि हल्लायो। भूकम्प गएको दुई साता बितिसक्दा पनि त्यस्ता मल पूर्णरुपमा सञ्चालनमा आउन सेका छैनन्।केही मल तथा ठूला सुपरमार्केट पनि बन्द भएपछि दैनिक किनमेल गर्न त्यसमा भरपर्ने ग्राहक पनि समस्यामा छन्। नेपालको ठूलो सुपरमार्केटको चेन भाटभटेनीका पनि थुपै्र आउटलेट पूर्णरुपमा सञ्चालनमा आएका छैनन्।
त्यसैगरी काठमाडौंका नाम चलेका सिभिल मल, सिटी सेन्टर, केएल टावर, युनाइटेड वर्ल्ड ट्रेड सेन्टर, राइजिङ मल लगायत ठूला मलमा पनि भूकम्पले क्षति पुर्यानएपछि आंशिकमात्र खुलेका छन्। केही भने पूर्णरुपमै बन्द गरिएको छ।
‘हाम्रा ग्राहकलाई पूर्णरुपमा सेवा दिन असमर्थ छौं किनभने हाम्रा अधिकांश आउटलेटमा भूकम्पले क्षति पुर्या्एको छ,’ भाटभटेनीका कार्यकारी निर्देशक मीनबहादुर गुरुङले नागरिकसँग भने। उनका अनुसार भाटभटेनीका अधिकांश आउटलेटमा ठूलै मर्मतसम्भारको आवश्यकता छ।
‘काठमाडौंमा हाम्रा आठवटा आउटलेट छन्। एउटा पोखरामा छ,’ उनले भने, ‘यहाँका आठैवटा खुला भए पनि आंशिक मात्र सञ्चालनमा छन्। जहाँबाट अतिआवश्यक खाद्य सामाग्री मात्र बिक्री गरिएको छ।’
त्यस्तै चाबहिल चुच्चेपाटीस्थित केएल टावर पनि बन्द छ। ‘भवन व्यवस्थापन पक्ष मल खोल्न तयार छ तर यहाँका व्यवसायी पसल खोल्नै मान्दैनन्,’ केएल टावरका व्यवस्थापक रमेश कक्षापतीले भने, ‘भूकम्पले भवनको विभिन्न भागमा क्षति पुर्याछएकोले सबैमा त्राश छ।’
उनका अनुसार केही व्यापारीले पसल खोल्न नमाने पनि व्यवस्थापन पक्षले आंशिक रुपमा मल सञ्चालन गरिरहेको छ। केएल टावरका विभिन्न ठाउँका गारो चर्किएको बाहिरबाटै देख्न सकिन्छ।
अर्कोतर्फ काठमाडौंका सबैभन्दा धेरै चलेका सिभिल मल, सिटिसेन्टर, वर्ल्ड ट्रेड सेन्टर भने पूर्णरुपमै बन्द छन्। तिनीहरु कहिलेदेखि सञ्चालनमा आउने हो कुनै टुंगो छैन। ती सबै मलको संरचनालाई भूकम्पले नराम्रो धक्का दिएको प्रष्ट देखिन्छ।
यति हुँदाहुँदै पनि त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टर भने आइतबारबाट सञ्चालनमा ल्याउने त्यहाँका कार्यकारी निर्देशिक सन्दिप हिराचनले बताए। स–साना धक्का निरन्तर आइरहेपछि भने मल पन सञ्चालनमा आउन सकेको छैन। मलमा केही ममर्तसम्भार गर्न जरुरी भएकाले बन्द गरिएको हिराचनले बताए।
कमलादीस्थित राइजिङ मलको अवस्था पनि अन्यभन्दा भिन्न छैन। त्यहाँका व्यवसायी पनि आफ्ना पसल सञ्चालन गर्न चाहँदैनन्। व्यवस्थापन पक्ष भने सकेसम्म चाँडो मल खुल्नेमा ढुक्क देखिएको छ। ‘व्यापारीहरु भूकम्पका कारण डराएकाले मल बन्द भएको हो। भवनमा ठूलो क्षति पुगेको छैन। थोरै ममर्त सम्भारपछि छिटै मल सञ्चालनमा आउने छ,’ राइजिङ मलका अध्यक्ष गोविन्दबाबु श्रेष्ठले भने।
मल मालिकहरुले आफ्नो भवनमा व्यापार गर्ने व्यापारीलाई आश्वस्त पारे पनि भूकम्पका कारण त्रसित ग्राहकलाई भने अग्ला मलभित्र पुनः प्रवेश गराउनु ठूलै चुनौती छ। त्यसमाथि क्रमशः आइरहेको भूकम्पका स–साना धक्काले सर्वसाधारणलाई सामान्य दैनिक जीवनमा फर्कन केही समय भने लाग्ने छ।