काठमाडौं-नेपाल वायुसेवा निगमले चीनबाट ल्याएका जहाजको बिमा रकम उच्च भएको भन्दै घटाउन आग्रह गरे पनि चिनियाँ पक्षले ‘यसमा आफ्नो चासो नरहेको' बताएको छ।निगम व्यवस्थापन, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिकरण र चिनियाँ नागरिक उड्डयन प्राधिकरणका उच्च अधिकारबीच सोमबार भएको वार्तामा चिनियाँ पक्षले जहाजको बिमा रकम घटाउन नसक्ने बताएको हो।
‘बिमा रकम हाम्रो ध्यानाकर्षणको विषय होइन, जसले जहाज किन्छ बिमाको सम्पूर्ण जिम्मेवारी पनि उसैको हो,' वार्तामा सहभागी पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्यले चिनियाँ पक्षलाई उद्धृत गर्दै बुधबार नागरिकसँग भने, ‘जहाज सस्तो हुन्छ, त्यहीँ बिमा गर्ने हो।'
उनका अनुसार चिनियाँ पक्षले सस्तोमा बिमा गर्नका लागि चीनकै कुनै कम्पनी खोजिदिने बताएका थिए। त्यहाँको युआइएबी ब्रोकर कम्पनीमार्फत बिमा गरे केही कम हुने आश्वासन दिएका थिए। चिनियाँ जहाज धेरै उडाएपछि बिमा रकम पनि कम हुँदे जाने उनीहरूको भनाइ थियो।
निगमले बिमा रकम उच्च भएका कारण जहाज सञ्चालन गर्न अप्ठेरो भएको बताउँदै आएको छ। यसको बिमा शुल्क पनि एयरबस वा बोइङका ठूला जहाजका तुलनामा तीन गुणा बढी रहेको उसको भनाइ छ।
निगमले युरोपेली जहाज निर्माता कम्पनी एयरबससँग खरिद गरेको ‘ए३२०–२००' सिरिजका जहाज र अमेरिकी कम्पनी बोइङले उत्पादन गरी करिब तीन दशकदेखि सञ्चालनमा रहेका ‘बि७५७' सिरिजका जहाजको वार्षिक बिमा शुल्क जहाजको कुल मूल्यको डेढ प्रतिशतमात्र तिर्नुपर्ने भए पनि ५६ सिटे चिनियाँ ‘मोडर्न आर्क' (एमए–६०) को बिमा शुल्क चार गुणा बढी रहेको सम्बद्ध अधिकारीले बताए।
निगमका कर्पोरेट डाइरेक्टर तथा प्रवक्ता रामहरि शर्माका अनुसार एमए–६० को बिमा शुल्क जहाजको कुल मूल्यको ४ दशमलव ७ प्रतिशत रहेको छ। यो हिसाबले दैनिक २ लाख ४८ हजार रुपैयाँ बिमा शुल्क तिर्नुपर्छ। एक वर्षमा एमए–६० को बिमा शुल्कमात्र ९ करोड ५ लाख २० हजार रुपैयाँ तिर्नुपर्छ।
‘यो असाध्यै महँगो हो,' उनले भने, ‘हामी एक प्रतिशतभन्दा बढी तिर्नसक्ने अवस्थामा छैनौं। यति ठूलो परिमाणमा बिमा शुल्क तिरेर जहाज उडानको लागत पनि उठाउन सकिँदैन त्यसमाथि चिनियाँ जहाजको उडान क्षमता पनि उल्लेख गरिएभन्दा कम रहेको छ।'
बिमा शुल्क उच्च हुनुका साथै चिनियाँ जहाजको उडान क्षमता कम भएको भन्दै निगम सञ्चालक समितिले गत माघ दोस्रो साता पर्यटन मन्त्रालयलाई पत्राचार गरी समस्या समाधानका लागि चीनसँग वार्ता गरिदिन आग्रह गरेको थियो। निगमले गत चैत ११ को समयसीमा तोक्दै चिनियाँ जहाजका समस्या समाधान नभए चीनबाट ल्याउन बाँकी चार जहाज नल्याउने र यहाँ सञ्चालनमा रहेका दुई जहाज फिर्ता पठाउने निर्णय गरेको थियो।
चीनबाट प्राप्त जहाजबाट आन्तरिक बजारमा आफ्नो हिस्सा उल्लेख्य दरमा बढ्ने आशा गरेको निगम व्यवस्थापनले ‘ब्रान्ड न्यु' चिनियाँ जहाज उड्नेभन्दा थन्किने ‘धेरै' हुनु र समस्याका चाङ ज्युँकात्युँ हुन थालेपछि सञ्चालक समितिमार्फत बाध्य भएर उक्त निर्णय गरेको थियो।
दुईमध्ये एमए–६० २०७१ वैशाख १४ मा काठमाडौं ल्याइएको थियो भने १८ सिटयुक्त ‘वाई१२–ई' कात्तिक १७ मा आएको थियो। एमए–६० ले असार ११ तथा वाई१२–ईले पुस ३ बाट नियमित उडान सुरु गरेका थिए।
निगमले मन्त्रालयमा पठाए पत्रमा एमए–६० सञ्चालनमा आएको सात महिनामा साढे दुई महिना थन्किनु (ग्राउन्डेड), स्पेयर पार्ट्स (जगेडा पुर्जा) असाध्यै महँगो, ल्याउन परे सामान आइपुग्न धेरै दिन लगाइदिने, पाइलट, इन्जिनियर, क्याबिन त्रु्कलगायतको तालिम खर्च निगमसँगै रहेका बोइङ ७५७ (ठूला जहाज) को दाँजोमा एमए–६० मा तीनदेखि चार गुणा महँगो पर्ने र यसको बिमा शुल्क पनि एयरबस वा बोइङका ठूला जहाजका तुलनामा चार गुणा बढी रहेको उल्लेख छ।
त्यसैगरी चीनले जहाज पठाउनुअघि दिएको विवरण (स्पेसिफिकेसन) अहिले जहाजमा नमिलेको पनि पत्रमा उल्लेख छ। जहाज आउनुअघि जति भारवहन क्षमता भनिएको थियो, त्यो अहिले नमिलेको पत्ता लागेको थियो।
पत्रका अनुसार काठमाडौंबाट ५६ सिट क्षमताको एमए–६० उड्दा ५४ यात्रुमात्र राख्न मिल्छ। तापक्रम र धावनमार्ग लम्बाइका आधारमा काठमाडौं फर्किंदा यो जहाजले न्यूनतम ३६ (भद्रपुरबाट फर्कंदा) र बढीमा ४८ (धनगढीबाट फर्कंदा) जना यात्रुमात्र ल्याउन सक्छ। वाई१२–ईमा पनि स्पेसिफिकेसनमा उल्लेख भएभन्दा दुई सय किलो तौल कम बोक्नुपर्ने हुन्छ।
सोमबारको वार्तामा चिनियाँ पक्षले बिमाबाहेक अन्य विषयमा आफ्नो तर्फबाट केही कमजोरी भएको भने स्वकारेका थिए। आफ्ना जहाजको उडान क्षमता पुष्टि गर्न चीनले ती जहाज उड्ने नेपालका सबै विमानस्थल गएर अध्ययन गरी प्रतिवेदन तयार गर्ने र चिनियाँ उड्डयन प्राधिकरणबाट अनुमोदन गराई नेपाली उड्डयन प्राधिकरणलाई बुझाउने प्रतिबद्धता जनाएका छन्। जगेडा पुर्जा पनि समयमै आपूर्ति गर्ने बताएका थिए।
निगमले राष्ट्रिय बिमा संस्थानमार्फत बेलायतको एक कम्पनीसँग चिनियाँ जहाजको बिमा गरेको छ। ‘चिनियाँ पक्षले बिमा शुल्क एक प्रतिशतसम्म झारेनन् भने भएका फिर्ता पठाउने र बाँकी चारवटा पनि नल्याउने सम्भावना उच्च छ,' निगमका एक उच्च अधिकारीले भने, ‘केही दिनभित्रै यसबारे सञ्चालक समितिले निर्णय गर्ने छ।'
उनका अनुसार एमए–६० को बिमा तिर्ने अन्तिम मिति वैशाख १२ हो। चिनियाँले शुल्क कम नगरे जहाजको बिमा नवीकरण नगर्नेसम्मको तयारी अगाडि बढेको छ। ‘सेतो हात्ती पाल्नुको अर्थ छैन,' उनले भने।
पर्यटन मन्त्रालयका उच्च अधिकारीहरू भने सरकारको सम्झौताअनुसार जहाज आएका कारण ‘अहिले जहाज फिर्ता गर्छु भन्नु तर्कसंगत नुहने' बताउँछन्। ‘निगमका महाप्रबन्ध, पाइलट, इन्जिनियर साराका सारा चीनमै गएर जहाज हेरेका थिए, त्यही बेला किन भनेन्, देशको भौगोलिक अवस्था, मौसम तथा प्राविधिक कुरा?,' एक अधिकारीले भने, ‘अनि अहिले आएर उडान क्षमता भएन भन्दा कुटनीतिक समस्या हुनसक्छ।'